स्थायी सत्ता (गोर्खाली राष्ट्रवाद)को जन्म :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

स्थायी सत्ता (गोर्खाली राष्ट्रवाद)को जन्म

रुद्र चूडाल, भिएना, अस्ट्रिया

वास्तवमा पृथ्वीनारायण साहले नेपाल एकीकरण प्रारम्भ गर्दा नेपालका कुनै जात जाति बिरुद्द षड्यन्त्र गर्ने र तिनीहरुलाई दमन गर्ने नीति लिएका थिएनन् । उनका छोरा प्रतापसिंह शाहले मैजुरानी नामक नेवारकी छोरीसंग बिवाह गर्नु र उनीपटिबाट जन्मेका बिदुर शाह, शेरबहादुर शाह दरबारका हर्ताकर्ता हुनु , पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहले मधेसी बाहुनकी छोरी कान्तिवतीसंग बिवाह गरि उनीबाट जन्मेका छोरा गिर्वाण युद्द विक्रम शाहलाई आफू जीवित छदै राजा घोषणा गर्नु । प्रतापसिंह शाह र रणबहादुर शाहका शासनकालमा प्रतिमान राना मगर, सर्वजित रानामगर, मधेशीहरु गर्मु खवास, इन्द्रसिंग खवास , भिम खवास, त्रिभुवन खवास र नरसिंग गुरुङ जस्ता गैरगोर्खाली र गैरक्षेत्री समुदायका मानिसहरु नेपाली सेनाका सर्वेसर्वा हुनुले नेपाल एकीकरणमा जातीय दमनको नीति थिएन भन्ने प्रस्ट बुझ्न सकिन्छ । गोर्खालीहरुले षड्यन्त्र गर्लान र गिर्वाणयुद्द विक्रम शाहलाई राजा हुन नदेलान् भन्ने डरले रणबहादुर शाहले आफु जीवित छदै छोरालाई राजा बनाएका थिए ।

भीमसेन थापाको उदय हुनु अघिसम्म नेपाली सेनामा सबै जातजातिको सर्वेसर्वा हुने उत्तिकै अवसर थियो भन्ने कुरा त्यसबेला माथि उल्लेखित मगर ,गुरुङ , नेवार, मधेसी समुदायका व्यक्तिहरु त्यसबेलाको राज्यसत्ता ( सेना ) मा स्थापित हुनुले प्रस्ट पार्छ ।

पृथ्वीनारायण शाहको निधन संगसगै नेपाल दरबारमा गोर्खाली र अगोर्खाली गुटको निर्माण भएको थियो । प्रातापसिंग शाहकी भित्रेनी श्रीमती मैजुरानीले चौदण्डीका स्वरूपसिंह कार्की र रिसिंगका ब्रजनाथ पौडेल, सर्वजित राना, परशुराम थापा सम्मिलित एउटा अगोर्खाली गुट बनाएकी थिईन् । पछि भीमसेन थापाको उदय हुनु अघिसम्म सम्ममा अगोर्खाली गुट शक्तिशाली भैसकेको थियो । अगोर्खाली गुटमा मैजुरानीका दुइ छोराहरु बिदुर शाह र शेरबहादुर शाह ,त्रिभुवन खवास, भिम खवास, नरसिंग गुरुङ आदि व्यक्तिहरु शक्तिशाली थिए । छोरालाई राजा घोषित गरि बनारसमा जीवन व्यतित गरिरहेका रणबहादुर शाहलाई गोर्खालीहरुले अनेक षड्यन्त्र गरि जबर्जस्ति काठमान्डू ल्याएको देखिन्छ । रणबहादुर शाह बनारसबाट थानकोट आइपुगेको खबर पाउना साथ श्रीनाथ र कालीबक्स गण लिई चाँदीको हत्कडी सहित दामोदर पाण्डे थानकोट पुग्दा ‘’ मलाई मार्न ल्याइस ” भनि रणबहादुर शाहले भीमसेन थापासंग गुनासो गरेबाट गोर्खालीहरुले उनलाई जबर्जस्ति नेपाल भित्र्याएका थिए भन्ने प्रस्ट हुन्छ । रणबहादुर शाह संगसंगै भीमसेन थापा, रंगनाथ पौडेल, काजी दलभंजन पाण्डे प्राण शाह आदि महत्वपुर्ण गोर्खाली नेताहरुलाई देखे पछि कालीबक्स गण र श्रीनाथ गण उनीहरु संगै मिल्न पुगे । त्यहाबाट ज्यान जोगाइ भागेका दामोदर पाण्डेलाई गोर्खाली फौजले पिछा गरि भद्रकालीमा मारेको इतिहाँसमा उल्लेख छ । उनि संगसंगै भद्रकालीमा भिम खवास,उनका तिन भाइ छोराहरु, द्वारे समन सिंग, सुवेदार संखाधर, सुवेदार मानवध, सरदार इन्द्रमान आदिलाई मारिएको थियो । त्यो भन्दा पहिलेनै रणबहादुर शाहलाई रोक्न भनि सैन्य दल सहित चिसापानी गढी पुगेका नरसिंग गुरुङ्गलाई भीमसेन थापाले आफ्नो हातमा लिइसकेका थिए । सम्भवत नरसिंग गुरुङ्गकै आग्रहमा थानकोटमा पनि कालीबक्स गण र श्रीनाथ गण गोर्खाली गुटमा मिल्न गएको हुनसक्छ । त्यो अनुसन्धान गर्न सकेमा यथार्थ कुरा निस्कन्छ । सन् १८०४ मार्च महिनाको यो घटना पछि भीमसेन थापा सर्वे सर्वा हुन थाले । उनीबाल्यकाल देखिनै रणबहादुर शाहको सेवामा संगै भएका हुनाले उनलाई हरेक कुरा मनाउन फकाउन सक्थे ।

यसैवीच भीमसेन थापाले त्रिपुरासुन्दरी नामक थापाकी छोरीसंग रणबहादुर शाहको बिवाह गराए । त्यसपछि थापाले सन् १८०६ को १९ अप्रिलमा अर्को खतरनाक षड्यन्त्रको रचना गरे । यो षड्यन्त्रमा उनले रणबहादुर शाह उनका दाजु भाइहरु र अगोर्खाली गुटका सबैलाई जरै सहित निमिट्यान्न पार्ने योजना बनाए । आफु बलियो हुन गोर्खालीहरुले यो षड्यन्त्र गर्नु अत्यन्त जरुरि ठानेका थिए । रणबहादुर शाहका ससुराली मधेशी भएका हुनाले मनपरेकी श्रीमतीका माइती खलकप्रति उनले सद्भावनाको सम्बन्ध राख्नेनै भए । उता नेपाल एकीकरणमा मगर, गुरुङ्गहरुको भूमिकालाई बेवास्ता गरेर गोर्खाली क्षेत्रीहरुका मात्र कुरा सुन्न रणबहादुर शाह तयार भएनन् । अर्को कुरा गोर्खाले नेपाल जितेको होइन बरु गोर्खालाई नेपालमा मिलाएर आफ्ना हजुरबा काठमान्डू आएका हुन् भन्ने भावना रणबहादुरमा थियो । बुबा प्रतापसिंग शाहले ललितपुरका भूतपूर्व मन्त्रि वीरनरसिंहकी छोरी मैजुरानीसंग बिवाह गरेको, काठमान्डूमा इन्द्रजात्रामा लिङ्गो गाड्ने चलन चलाएको आदि भावनात्मक सम्बन्धका कारणले गोर्खालीका मात्र कुरा सुनेर नेवारहरुलाई बेवास्ता गर्न रणबहादुर सक्दैनथिए । फेरी मैजुरानी पट्टिका सौतेनी दाजु भाइहरु बिदुर शाह र शेरबहादुर शाहको नेपाली राजनीतिमा हरेक कुराले महत्वपुर्ण हुने उनि ठान्थे । उता नरसिंग गुरुङ्ग प्रति पनि रणबहादुर शाह नरम हुँदै गए पछि गोर्खालीहरु रणबहादुर शाहसंग ज्यादै रिसाए । त्यसकारण सबैलाई एकै चिहान बनाउने षड्यन्त्र भयो । अन्त भेला बोलाउदा सबै उपस्थित होलान नहोलान भन्ठानेर बिपक्षी त्रिभुवन खवासको घरमा कचहरी बोलाइयो । सो कचहरीमा सवालजवाफ हुँदा भाइ शेरबहादुरले दाजु रणबहादुर शाहलाई तरबार हानेर मारे अनि शेरबहादुरलाई बालनरसिंग कुँवरले मारे भनि कपोलकल्पित बहाना बनाइयो । त्यो हत्या काण्डमा त्रिभुवन खवास, बिदुर शाह, पाल्पाका राजा पृथ्वीपाल सेन, र नरसिंग गुरुङ्गको पनि हत्या गरियो । त्यतिमात्र होइन त्यो हत्या काण्ड लगत्तै बिदुर शाह, शेरबहादुर शाह, त्रिभुवन खवास, र नरसिंग गुरुङ्गका सम्पूर्ण केटाकेटीहरु समेतलाई गिरफ्तार गरि भीमसेन थापाले मार्न लगाए । बिदुर शाह, शेरबहादुर शाह र नरसिंग गुरुङ्गका १३ जना र पाल्पाली राजा पृथ्वीपाल सेनका १७ जना २ बर्ष देखि १५ बर्ष सम्मका बच्चाहरुको हत्या भयो । त्यसै गरि अरु सम्भावित सबैको खोजि गरि भीमसेन थापाले मार्न लगाए । सो हत्या काण्डमा ७७ जनाले ज्यान गुमाउनु परेको थियो । त्यतिले मात्र गोर्खाली गुटले चित्त बुझाएन । तिनका बिवाह भै सकेका छोरी, स्वास्नी र कुमारीहरुलाई समेत जाति च्युत गरि देश निकाला गरियो । मारिनेहरुका लाश गिद्द र कुकुरलाई खुवाउने व्यवस्था मिलाइयो ।

नेपाली राजनीतिबाट दिक्क भै हेलम्बुमा एकान्त जीवन ब्यतित गरिरहेकी, रणबहादुर शाहकी जेठी रानी राजराजेस्वरी समेतलाई हेलम्बुबाट झिकाई सति पठाइयो । रणबहादुर शाहको मृत्युमा १५ जना सति गएका थिए । यसरी रणबहादुर शाहको हत्यासंगै हत्या भएका र सति जानेहरुको जम्मा संख्या ९३ जना थियो भनि डि. आर. रेग्मीद्वारा लिखित मोडर्न नेपालमा उल्लेख गरिएको छ । त्यसपछि आफैले बिवाह गराईदिएकी थापाकी छोरी रणबहादुरकी कान्छी श्रीमती ललितत्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाणयुद्द विक्रमको नायबी भैइन्। भीमसेन थापा राजकाजमा सर्वेसर्वा भए र उनले ३१ बर्ष निर्धक्क राजकाज चलाए ।

यसरि अन्य जात जाती र भाषा भाषीले आफ्नो हक अधिकारका लागि चुइक्क बोल्न समेत डराउने गरि निर्मम हत्या काण्ड गरेर भीमसेन थापाले नेपालको इतिहासमा स्थाई सत्ताको जन्म गराएका थिए । लडाइमा युद्दमा गएको जुनसुकै व्यक्तिलाइ आफु मरिन्छकि भन्ने डर हुन्छ। तै पनि एउटा उद्देश्य लक्ष्य प्राप्तिका लागि मरिन्छ भन्ने हुदा हुदै पनि मानिस लडाइंमा जान्छ । आफु मरेत केहि छैन हारियो मरियो तर जब आफु हारेमा आफ्ना सन्तान र निर्वोध बाल बच्चा समेत मारिन्छन् भन्ने मानिसलाई थाहा हुन्छ तब कोहि पनि लडाइंमा जान तयार हुदैन । बरु परिवार सहित देश समाज छाड्छन् । सम्भवत भीमसेन थापाको ३१ बर्षे शासनकालमा नै नेपालमा सबै भन्दा ठुलो सामाजिक बिचलन भएको हुनु पर्छ । गोपाल बंशी राजाहरुका पालादेखि नै काठमान्डूमा बसोबास गरेका मैथिल समुदायका धेरै मानिसहरु यहीबेला बिस्थापीत भएका थिए । यसरि स्थाई सत्ता (गोर्खाली राष्ट्रवाद ) को जन्म हुन गयो ।

स्थाई सत्ताको उमेर

१८३७ मा भीमसेन थापाको पतन पछि १८४६ सम्म ९ बर्षमा नेपाली राजनीतिले अर्को बाटो पहिल्याउन नसके पछि जंगबहादुरले फेरी कोतपर्व हत्याकाण्ड मच्चाएर स्थाई सत्तालाई निरन्तरता दिए । गोर्खाको बोर्लांगमा बाल्य जीवन बिताएका जंगबहादुर पक्का गोर्खाली भावनाका थिए । आफ्ना बुबा बालननरसिंग कुँवरले १८०६ अप्रिलमा गरेको हत्याकाण्डबाट निर्माण भएको स्थाई सत्तालाइ उनी निरन्तरता दिन चाहन्थे । आफ्ना हजुरबा रामकृष्ण कुँवरको सैनिक नेतृत्वमा मकावानपुर् र पूर्वको किरांत प्रदेश एकीकरण भएको र बुबा बालनरसिंग कुँवरले स्थाईसत्ता कायम गरेको हुनाले पनि उनि आफुलाई नेपालको पक्का उत्तराधिकारी ठान्थे होलान् भन्ने विश्लेषण गर्न सकिन्छ । आफ्ना भाइहरु सबैलाई एकमत बनाइ उनले ज्यानको बाजी लगाई कोतपर्व गराएका थिए । यसरि सन् १८४६ देखि राणाहरुले स्थाई सत्तालाई सन् १९५१ सम्म १०४ बर्ष निरन्तरता दिए ।

१९५१ देखि प्रजातान्त्रिक अभ्यास हुँदा हुदै फेरी महेन्द्रले १९६० मा पंचायत व्यवस्था लगाइदिए । त्यसले ३० बर्ष स्थाई सत्ताले निरन्तरता पायो  ।१९९० देखि फेरी प्रजातान्त्रिक अभ्यास सुरु भएको थियो । त्यस बिरुद्द गोर्खालीहरु (स्थाई सत्ताका समर्थक) ले अनेक षड्यन्त्र गरे । एक थरि गोर्खाली (माओवादी)हरु हतियार लिएर भूमिगत हिंसामा उत्रिए । अर्काथरी गोर्खाली ( एमाले )हरु संसदमै गएर पनि संविधानलाई आलोचनात्मक समर्थन मात्र भने र बहुमतको सरकारलाई जबर्जस्ति राजिनामा गराउन बर्षौं संसद अवरुद्द बनाइरहे । गिरिजाप्रसादले प्रधानमन्त्री पदबाट राजिनामा गर्नैपर्छ भनेर एक वर्ष भन्दा बढी संसद चल्न नदिने एमालेहरुले त्यतिले पनि नपुगेर २०५८ साल जेठ १४,१५ र १६ तिनदिन नेपाल बन्द गराए । देश ठप्प भएको थियो । के हुनेहोला अब देशमा भनि अन्योल भैरहेकै बेला १७ र १८ गते दुइ दिनको पर्खाइ पछि एका एक यसै वीच दरबार हत्या काण्ड भयो । त्यो हत्याकाण्डमा अगोर्खाली पक्षधर र स्वभावका राजा बिरेन्द्रको परिवार सबै मारिए अब यो हत्याकाण्ड कसले गराएको हो भन्ने भन्दा पनि मुख्य कुरा कस्तो राजनीतिक परिस्थितिमा हत्या काण्ड भएको थियो भन्ने कुराले महत्व राख्दछ ।

यो हत्याकाण्ड पछि देशको राजनीतिक परिस्थिति पुरै फेरियो । एमालेहरुले पनि कांग्रेशको बहुमतको सरकार बिरुद्द्का सबै आन्दोलन स्थगित गरे । यसरि उनीहरुले आन्दोलन स्थगित गर्नुमा दरबारी षड्यन्त्रका बिरुद्द प्रजातान्त्रिक एकतालाइ बलियो बनाउनु थिएन । बरु उनीहरुले अब गिरिजाप्रसाद कोइरालाका दिन गए भनेर ढुक्क भएर आन्दोलन स्थगित गरेका थिए भन्ने कुरा एमालेका त्यसबेलाका गतिविधिबाट स्पष्ट हुन्छ ।

नभन्दै होलेरी काण्ड पछि गिरिजाप्रसाद कोइरालाले राजिनामा दिए । गोर्खाली गुट बलिया भए । एमालेहरु प्रतिगमन आधा सच्चिएको नाममा ज्ञानेद्रको सरकारमा सम्मिलित हुने, कान्ग्रेश भित्रका गोर्खाली गुटहरुको नेतृत्व गर्दै शेरबहादुर पार्टी फुटाएर ज्ञानेन्द्रलाई सहयोग गर्न जाने, भएको संसद बिघटन गराउने, माओवादीहरु पनि मालिक संगै वार्ता गर्ने भनि ज्ञानेन्द्रसंग वार्ता गर्न जाने लगायतका घटनाक्रम हुदै संबिधान सभाको चुनाव हुँदै देश अहिले यहाँ आइपुगेको छ ।

अहिले कसले गोर्खाली राष्ट्रवाद स्थाई सत्ता लाइ निरन्तरता दिने भन्ने विवाद मात्र कायम छ । राजा बिरेन्द्रको हत्या पछि देशमा कुनै चुनावनै भएको छैन भने पनि हुन्छ । प्रजातन्त्रनै सबै समाप्त भयो । संबिधानसभाको चुनाव त गोर्खालीहरु वीच कसले स्थाई सत्ताको नेतृत्व गर्ने भन्ने टुंगो गर्नका लागि गरिएको चुनाव मात्र थियो भन्ने अहिले छर्लंग भएको छ । दाहाल, नेपाल, खनाल, भट्टराई जस्ता बलिया, बलिया गोर्खालीहरुलाइ यसै संविधानसभाले प्रधानमत्री बनाइ सक्यो । “ भएको संसदलाई दरबारमा बुझाइ यो परिस्थिती ल्याउने सब भन्दा ठुलो गोर्खाली त म हुं । खोइ त मलाइ प्रधानमन्त्री पद ?” भन्दै संबिधानसभा पुनर्स्थापित गर्न शेरबहादुर देउवा तातेर हिडेका छन्। त्यो कुनै संबिधान बनाउने वा संघियता दिने भन्नकालागि गरिएको चुनाव थिएन भन्ने कुरा अहिले जग जाहेर छ । देशमा अहिले विभिन्न जात,जाति भाषा भाषी, मधेश,पाहाड, र उपत्यका पनि छ भन्ने कुरा समेत गोर्खालीहरुले पूर्णरुपमा भुलेका छन्। ज्ञानेन्द्रलाई जस्तै रास्ट्रपतिलाई पनि बेकुफ बनाएर सत्ता हात पार्न पाए हुने थियो भनि कांग्रेश एमाले, माओवादीहरु कुस्ती खेलेर बसेका छन् । यसरि इस्विसंवत १८०६, १९अप्रिलको हत्याकाण्डबाट स्थापित भएको स्थाई सत्ताको उमेर अहिले २०६ बर्ष भएको छ । आधुनिक विश्वको इतिहास पनि यतिमात्र हो । विश्वले उन्नति गरेको यहि अवधिमा हो ।

गोर्खालीहरुका उद्गार

“ हामी वजिरमध्ये ठुला बुद्दिमान वजिर भीमसेन थापा हुन् ।” _ जंगबहादुर

“ एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिडीसक्थ्यो ।”_ चन्द्र समशेर

“ म भीमसेन थापा जस्तै मर्न तयार छु ।” _ बाबुराम भट्टराई

“ यो देशले जंगबहादुर जस्तै मान्छे खोजेको छ ।”  मधेश आन्दोलनका बेला प्रचण्ड

यी नेताहरुले भने जस्तै भीमसेन थापा के साच्चिकै ठुला मान्छे थिए त ? त्यस्ता ठुला मान्छे थिए भने रणबहादुरको हत्या गरेको नाममा शेरबहादुर शाहलाई मारे रे तर त्यसका भोलि पल्ट रणबहादुरका दाजु बिदुर शाह, नरसिंग गुरुङ, त्रिभुवन खवास पाल्पाली राजालाई किन मारे भन्ने कुराको न्यायिक तर्क गर्नेकी नगर्ने ? तिनका साना साना बाल बच्चालाई समेत किन मारे ? रास्ट्रीय सुरक्षामा ती बालबालिकालाई किन खतरा ठाने भीमसेन थापाले ? नेपाल राष्ट्रलाई उनले खतरा ठानेका भए विचरा ति बच्चाहरुलाई तिनका आमा दिदीहरु संगै देश निकाला गरेको भए हुदैनथ्यो ? तिनलाई किन निर्मम तरिकाले मार्न लगाए ? इतिहासकारहरुले पाल्पाली राजाको हत्या गरि पाल्पालाई नेपालमा मिलाएको जस भीमसेन थापालाई दिन चाहेका छन् । तर वाताविकता त्यो थिएन । बास्तवमा पाल्पाली राजा त सल्यानी राजा, बझांगे राजा भने जस्तै रजौटा मात्र भैसकेका थिए । भन्ने तर्क म पछि पेश गर्नेछु । भीमसेन थापाले स्थाई सत्ताका आफ्ना सहयोगीहरुलाई कसरि उपत्यका बाहिर धपाए ? उनको कस्तो नीतिको कारण बहादुर शाहका पालामा एकीकृत भएको बिशाल नेपालको एकतिहाई भू-भाग गुम्यो ? नेपालको तराइ मधेश प्रति उनले कस्तो नीति अपनाएका थिए ? यो म पछि लेख्ने छु । नेपालको इतिहास पुन अनुसन्धान र पुनर्लेखन हुनु जरुरि छ ।

गोर्खाली र अगोर्खालीहरु उ बेलामा र अहिले

उ बेलामा स्थाई सत्ता हात पार्न गोर्खाका क्षेत्रीहरु कुंवर, बस्नेत, पाण्डे र थापाहरुको शक्ति संघर्ष थियो । थापाले बाजी जिते । अहिले देउवा, नेपाल, खनाल, दाहाल, पौडेल र कोइरालाहरु गोर्खाका भट्टराई भन्दा आफुनै उपयुक्त भएको जिकिर गरिरहेका छन् । उ बेलामा गोर्खाली क्षेत्री थापाद्वारा स्थपित स्थाई सत्ता अहिले गोर्खाली बाहुन भट्टराईका हातमा परेको छ । उ बेलामा गोर्खाली भने पछि गोर्खाका निवासी मात्र बुझिन्थ्यो । नेपाली भनेपछि पाहाड, मधेश, उपत्यका सबै तिरका बासिन्दालाई बुझिन्थ्यो । तर अहिले गोर्खाली भनेपछि पहाडिया मूलका सबैलाई बुझिन्छ । गोर्खाली र नेपाली एकअर्काका पर्यायवाची शब्द भएका छन् । चाहे त्यो सिक्किमे होस्, चाहे त्यो भुटानी होस्, चाहे त्यो उत्तरपुर्बी भारतीय होस् वा बर्मेली होस् गोर्खाली र नेपाली शब्दले भिन्नताको अर्थ दिदैन । अगोर्खाली मधेसीहरुलाई सजिलोसंग नेपाली भन्न सबै हिचकिचाउछन् । उ बेलामा अगोर्खालीहरुको नेतृत्व काठमान्डूका नेवारहरु, रिसिंगका पौडेल, लमजुंगका रानामगर, गुरुङ्ग,मकवानपुर र चौडन्डीतिरका भारदारहरु कार्की, खावास र झाहरुको हातमा थियो । यसै गरि गोर्खालीहरुको नेतृत्व गोरखाका कुंवर, बस्नेत, पाण्डे, थापा, पौडेल र अर्यालहरुले गरेका थिए ।

तर अहिले अगोर्खालीको नेतृत्व २००७ साल पछि प्रजातान्त्रिक शक्ति र त्यस भित्र पनि कोइरालाहरुले गरेका थिए । दरबार हत्याकाण्ड पछि समाप्त भएको सो गुटको नेतृत्व अहिले मधेश आन्दोलन पछि निर्माण भएको मधेशी मोर्चाले गरि रहेकोछ ।उ बेलामा गोर्खालीहरुले राजकाज त्यागि बनारस बसेका रणबहादुर शाहलाई काठमान्डू ल्याई हत्या गरेका थिए । अहिलेको दरबार हत्याकाण्डमा श्री ५ छोडी बेलायत बसेका धिरेन्द्र शाहलाई समेत यहाँ बोलाइ मारियो । उ बेलामा रणबहादुर शाहको हत्या उनैका भाइ शेरबहादुर शाहले गरेका हुन् भनियो । अहिले राजा बिरेन्द्रको हत्याको दोष उनका छोरा दीपेन्द्रलाई लगाइयो । उ बेलामा आफ्नो स्थाई सत्ता जोगाइ राख्न भीमसेन थापाले पाहाडी क्षेत्री र जनजातिहरुलाई अंग्रेजसंग जबरजस्ती लडाई ठुलो संख्यामा तिनको नास गरे र देशको ठुलो भूभाग गुमाए । अहिले दाहाल, भट्टराई र बैध्यहरु कुनै संकोच नमानी यो बीसौं हजार नेपालीको बलिदान र १० बर्षे जनयुद्दको उपलब्धि हो र यसको रक्षा गर्ने भनि तातेर बोलिरहेका छन् ।उ बेलामा भीमसेन थापाले योग्य व्यक्ति आफ्नोलागि खतरा होला भनि संधै उपत्यका बाहिर मात्र पठाऊथे । रणबहादुर हत्याकाण्डका प्रमुख व्यक्ति बालनरसिंग कुँवरलाई उनले बझांग,जुम्ला र धनकुटामा पटक पटक खटाएका थिए । भक्ति थापा, अमरसिंग थापा, र बलभद्र कुंवर जस्ता योग्य भारदारलाई उनले संधै उपत्यका बाहिरमात्र राखे । अहिलेका प्रचण्ड र बाबुरामले पनि आफ्नो पार्टीका धेरै योग्यहरुलाई बैदेशिक रोजगारीमा पठाउने गर्छन ।

निस्कर्ष – अप्रिल १९ र जेठ १९ को रहस्य

उ बेलाको हत्याकाण्डमा मारिएका राजा रणबहादुर शाह हँसिला, चिटिक्क परेका राम्रा, मोठो स्वरका धनि, सितार राम्रो बजाउने,गाउन जान्ने कुरा केहि इतिहासकारहरुले बताएका छन् । उनि अगोर्खाली र गोर्खाली भनि भेदभाव गर्दैनथे । देशका सबै जातजाति भाषा भाषी मिलेमात्र देश बलियो हुन्छ भन्ने उनको नीति थियो । आफु बनारस जानु अघि आफ्ना दाजु नेवारका भानिज बिदुर शाहलाई चौतारा पदमा नियुक्त गर्नु, प्रतिमान रानामगरलाई मूलकाजी, र गोर्खालीहरु रणकेसर पाण्डे र जहारसिङ्ग बस्नेतलाई काजी पदमा नियुक्त गर्नुले यो कुरा प्रष्ट हुन्छ । उनि कुनै पनि विवाद भारदारी सभामा सबैसंग छलफल गरेर मात्र टुंग्याउन चाहन्थे । गोर्खालीहरुले षड्यन्त्र गरि हत्या गर्न विष्णुमती किनारमा पुर्याएका त्रिभुवन खवासलाई समेत उनले फिर्ता गर्न लगाई खवासकै घरमा भारदारी कचहरी डाकेका थिए । तर भारदारी सभाको छलफल आगाडी बढ्दा नबढ्दै हत्याकाण्ड भयो । भनिन्छ भारदारी सभाको राय बमोजिम रणबहादुरले शेरबहादुरलाइ माफी दिएका थिए । तर गोर्खालीहरु यसरी माफिदिन्नु हुन्न भनि तात्दै गएर हत्याकाण्ड मच्चाएका थिए ।

अहिलेको हत्याकाण्डमा मारिएका राजा बिरेन्द्र पनि हँसिला राम्रा अशल स्वभावका थिए । उनि पनि जुनसुकै समस्याको समाधान पनि संसदले गर्छ भन्नेमा बिस्वास गर्दथे । तर संसद एमालेहरुले बर्षदिन देखि चल्नदिएका थिएनन् । एमालेले जेठ १४, १५, १६ नेपाल बन्द गरेर ठप्प पारेका थिए । संसदमा हस्तछेप गर्न बीरेन्द्रलाई ठुलो दबाब दिइएको थियो । गिरिजाप्रसादले राजिनामा दिएनन । १७ र १८ गते २ दिन बाटो हेरियो । जेठ १९ मा दरबार हात्याकाण्ड भयो । उ बेलामा अप्रिल १९ को हत्याकाण्ड हुनुअघि शेरबहादुर शाहले ठुलो भ्रस्टाचार गरेका छन् । उनका सबै राजनीतक अधिकार खोसिनु पर्छ भनि गोर्खालीहरुले रणबहादुर शाहलाई दबाब दिईरहेका थिए । तर रणबहादुर शाह आफुले हस्तछेप नगरी भारदारी सभाबाटै टुंगोमा पुग्न प्रयत्नरत थिए । अहिले जेठ १९ को हत्याकाण्ड हुनु अघि गिरिजाप्रशाद कोइरालाले ठुलो भ्रस्टाचार गरेका छन् उनलाई प्राधानमन्त्रि पदमा हटाउनु पर्छ भन्ने गोर्खालीहरुको ठुलो दबाब थियो । राजा बिरेन्द्र आफुले हस्तक्षेप नगरी संसदबाटनै समस्या समाधान हुने आशामा थिए ।

कस्तो संयोग यी दुवै हत्याकाण्डका पृष्ठभूमिमा भ्रस्टाचारगर्नु अपराध हो भन्ने कुरामा जोड दिइएको छ । तर के यी दुवै हत्याकाण्ड भैसकेपछि देशमा भ्रस्टाचार नियन्त्रणका काम भएका छन् त ? के त्यो बेलामा त्रिभुवन खवासलाई विष्णुमति खोलाबाट नफर्काइ कन हत्यागर्न दिएका भए १९ अप्रिल मा रणबहादुर शाहको हत्या हुनेथियो कि थिएन होला ? के अहिले एमालेको ३ दिन बन्द पछि जेठ १७ र १८ गते भित्रमा बिरेन्द्रले हस्तक्षेप गरि गिरिजाप्रसाद कोइरालालाई हटाएका भए १९ जेठमा त्यो हत्याकाण्ड हुने थिएन होला त ? के त्यो हत्याकाण्डका बेला ज्ञानेन्द्र त्यहा भै दिएका भए उनको परिवार पनि सबैको हत्या हुन्थ्यो कि हुदैनथियो होला ? त्यसपछि के उनलाई पनि शेरबहादुरलाई जस्तै दाजुमारा भनिन्थ्यो होला ? यी सबै प्रश्नहरु नेपालको इतिहासमा संधै अनुसन्धान र अनुमानका बिषय हुन् ।के यी दुइ राजनीतिक परिस्थितिहरु उस्ता उस्तै छैनन् र ?

30 Comments on “स्थायी सत्ता (गोर्खाली राष्ट्रवाद)को जन्म”
  • Bimal Giri wrote on 24 December, 2012, 7:33

    E sai kura aam nepali janu perne kura ho.

    Like or Dislike: Thumb up 10 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    PUSHPA NEUPANE Reply:

    Rudra chundalka naame bata prakasit sthai satta gorkhali rastabadko janma sirsakko lekh le itihaska tathya harulai mitthya banayako 6, gorkhali ra agorkhalika namema baburam dekhi prithvi naranayan ra pahadi madhesi bichko yo antar dekhauna thupariyaka kutarka sanga kunai tuk china kebal nepali samaajko manobigyan bibhajit garne kosis nai yas lekkhko maksad ho

    Like or Dislike: Thumb up 11 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Aalok singh Reply:

    Thank,, Ho sahi gorkhali Itihas riyal vane ko bujin chha yadi ahile ka rajnitik patr haru le nepal lai sahi bato r nepali janta lai sahi tarika le lai janu par cha ,Hami gorkhali , gair gorkhali , fheri hami lai ladnu chhahin hami nepal ka janta Hami bivajit vayer hoinau , Yekirit hun chahan chhau. hami teo pani nepal ko nam ma garv sath Hamro Nepal , Hami Nepali Hau .van chahn chhau.?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sudip wrote on 24 December, 2012, 7:52

    Baburam ra prachanda ko quotation halera tapaile lekh namitho banaunu vayo.baburam ra prachanda ma k rastiyeta chha ra bhimsen thapa ko gun gan gaune .pahila bhimsen thapa jasto ko rastiyeta hunuparyo ne.

    Like or Dislike: Thumb up 7 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Dipak wrote on 24 December, 2012, 8:12

    Itihas ko galat byakhya !

    Like or Dislike: Thumb up 12 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • sakusal wrote on 24 December, 2012, 8:35

    ईतीहास जान्ने मौका भयो Thanks तपाई हरु लाई !!!

    Like or Dislike: Thumb up 9 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • ram krishna wrote on 24 December, 2012, 9:29

    very very thank you for share this real story. I like you

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    Tilak Reply:

    ए गाठे होइन कसरी सत्य कथा लाग्यो तपाईलाई रामकृष्णजी यस्तो बकम्फुसे लेखलाइ

    Like or Dislike: Thumb up 13 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Sarthak wrote on 24 December, 2012, 10:41

    यी रुद्र बाजेले खुबै जान्ने ईतिहासकार भएर नयाँ बिबाद निकाले है फेरि ।

    Like or Dislike: Thumb up 16 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Tilak wrote on 24 December, 2012, 14:14

    ल हेर ईतिहासको मनगणन्त कहानी। हिन्दी जासुसी उपन्यास धेरै पढिन्छ की के हो लेखक महासय।

    Like or Dislike: Thumb up 13 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 24 December, 2012, 16:30

    E sabai galat etihas hun. Yo auta banaoti matra ho. Asto etihas lekhnelai ta jel halnu par6.

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Maheshwor wrote on 24 December, 2012, 18:40

    chhetri Jaatko naam liyera thuloo bnna khojjdaii chhabahun. Chhetrilaai Nraamro prrna khojeeko. bahun aafu Naraamro, arulaai pni Naraamroo paarna khojjdaii chha. tesaile,bahunle lekheko Boook pni, 5% maatra Biswassgreehunnchha. 95% ta bahun fataaaa r jhutoooo, bollchha,lekkchha. Tesaile, ” jnnnmaa jaayeeeteeSudraBahun” vnedoo rachha. Yetrraakoo mujhii Bahun ko hoo ra haamro ? Aaja Chhetri laai grrchha,Voliii Haamlaai grrchha. tehi vyera, I hate bahun.

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Raj Gautam wrote on 25 December, 2012, 0:05

    नेपाल को जातीय र सामाजिक सध्भाव बिगार्न बिदेशिहरूले हरसंभव प्रयास गरिरहेका छन। ऐले नेपालको इतिहास लाई उनीहरूले हाम्रो इतिहासको मानहानि हुनेगरी उल्था गरेर पुस्तकहरु प्रकाशन गरेका छन। सायद यो लेख का लेखले पनि नेपलिहरुलाई गोरखाली र गैर्गोर्खालीमाँ बिभाजित गरेर उनिहरुबाट ब्यात्तिगत फाईदा लिएकै हुनुपर्छ। या त यिनै पुस्तक पढेको हुनुपर्छ। जातीयता र छेत्रियाताले हामी अघाई सकेका छौ।. गोरखाली र गैर्गोर्खाली बनेर फेरी हामीलाई लड्नु छैन। हामी बिभाजन होइन, एकत्रित हुन चाहन्छौ हामी, त्यों पनी मात्र नेपालिका नाममा।

    Like or Dislike: Thumb up 19 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Ihin wrote on 25 December, 2012, 6:46

    DallitRudra chudddal, tanlaai, Vimsen Thapa ko baareemaa,kina testo riss ? Kina testoo Naraamro Banaaotti lekhekoo ? tan bahun hooss, Teroo kunaai Auuukaaattt Hudaina, Mahaaan Chhetri harulai, tesrrri, Banaaotaii paaarera lekhna laai. Tero Ekkmuthi khaanako Samssyaalee lekhiss holaaa.

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • अमृता छन्त्याल wrote on 25 December, 2012, 6:49

    ऐतिहासिक बिष्लेषण गर्दा एउटा तर अत्यन्तै महत्वपूर्ण बिषय छुटेछ । प्रिथिबी नारायण शाह सबै जात-जाती, धर्म सँस्कृतिको प्रेमी भएकोले नेपाल खाल्डो आउँदा गोर्खामा भएको सँस्क्रिती सबै काठमाडौंमा पनि भित्र्याएका थिए । बिभिन्न जात-जातिको बिउ लिएर काठमाडौं आउँदा गोर्खाली कवँर पनि सँगै लिएर आए जस्ले कानमा मुन्द्रा लाएर मध्य रातमा “फेरी लाउँदै आकाशै बाँधम, पातालै बाँधम” भन्दै हिँडदथे हो त्यही कामको लागि ल्याएको जोगी कवँर समयले कोल्टो फेर्दै गर्दा कुवँर बने र कालान्तरमा राणा बनी ठकुरी खान्दान सँग सोलि-डोली अर्थात विवाह-वारी चलाए । यिनै राणाको दाजुभाइ अहिले पनि रातिमा गोर्खामा फेरी लाउँदै हिँडेको सबैलाई जगजाहेर नै छ । रातमा फेरी लाउने जोगिलाई अहिले पनि भेटेर घर सोध्नुस्, उनिहरुले घर गोर्खा बताउँछन र थोरै मात्र काभ्रेतिर पनि बस्दछन ।

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • shera wrote on 25 December, 2012, 7:40

    PRACHAND KO PACHHILO BYABAHAR HERDA YO LEKHA SAHI HO KI JASTO LAGCHHA.

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Arati Gurung wrote on 25 December, 2012, 9:24

    रुद्रजी आफैमा इतिहासको एक कुशल अध्येता हुनुभएको हुँदा मेहनत गरेर धेरै तथ्यलाइ एकसाथ प्रस्तुत गर्नुभएको छ। हार्दिक बधाइ।

    Like or Dislike: Thumb up 8 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • suresh wrote on 25 December, 2012, 11:28

    इतिहासका धेरै कुराहरु छलङ्ग पार्नुभएको जस्तो लाग्यो धेरै नयाँ कुरा थाहा पाउने अवसर मिल्यो हजुरको यो लेखबाट ।

    Like or Dislike: Thumb up 6 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Aryan wrote on 25 December, 2012, 11:31

    “गोर्खाको बोर्लांगमा बाल्य जीवन बिताएका जंगबहादुर पक्का गोर्खाली भावनाका थिए ” गोर्खाको बोर्लांगमा जंगबहादुर ले नभै भीमसेन थापाले बाल्य जीवन बिताएका थिए .

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhisma koirala wrote on 25 December, 2012, 11:51

    Des chhader bahir basne Chudel lai Bhimsen thapa lai gali garne himmmat ? bakbas, muji Chudel

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Ila Sharma wrote on 25 December, 2012, 13:08

    विचारोत्तेजक लेख। सांप्रदायिक सद्भाव बढने कुरो हो यसरी हेर्न सकेमाँ। इतिहासली सबै पक्षबाट हेर्न सक्नु पर्छ सबै कुरा सेतो रा कालो मात्र हुन्दैन

    Like or Dislike: Thumb up 5 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Iuzuu wrote on 25 December, 2012, 13:57

    Hey, jnnma jaayetee sudrabahun, Dallitbahun, teroo yestoo haaalatt maa, Puraaaune chhu.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Ganesh Prasai Reply:

    It is high realist critical appreciation and constractive analysis of between past and present history of nepal.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Durga rumdalee wrote on 25 December, 2012, 15:39

    Teslai le a euta bhasha bana ko ta Martha haru le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gaule Jetho wrote on 26 December, 2012, 7:50

    समय को सत्यानास !!! काइते कुरा!!!
    लेख पानी अलिकति सामजिक राजनितिक परक हओसन !!!
    बकुम्फुशे चिया गफ मात्र!!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sushil paudel wrote on 26 December, 2012, 9:45

    Waighaat

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • shiva sapkota vienna wrote on 27 December, 2012, 20:17

    chudaal jee bada ramro chha lekh. khusi lagyo

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बिश्वाश wrote on 3 January, 2013, 21:19

    ह्या रुद्र जी पनि यार,
    खान नपाएका एमाले भुखमरुवा हरुलाई केको गोर्खालीहरु भनेर सम्बोधन गरेको नि तपाईले ?? देश बिग्रेकै तिनकै ढिपीले भन्ने कुरा`नबुझ्ने अझै को होला र ? सत्तामा पुग्न नपाएपछि विरोधकै लागि बिरोध गरेर सारा सत्यानाश पारेको कसले बुझ्न बाँकी छ र अब ??

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रुद्र चूडाल wrote on 4 January, 2013, 11:02

    लेख पढेर प्रतिक्रिया ब्यक्त गर्नुहुने सबै पाठकहरुलाइ धन्यवाद दिन्छु |Aryan जीले ‘गोर्खाको बोर्लांगमा जंगबहादुरले नभै भीमसेन थापाले बाल्य जीवन बिताएका थिए .’भनेर लेख्नुभएछ | कुरा के भने जंगबहादुरका पिता बालनरसिंग कुंवर घरज्वाईं भै बोर्लांगमा बस्दा जंगबहादुरको बाल्य जीवन पनि बोर्लांगमा नै बितेको कुरा इतिहासकारहरुले उल्लेख गरेका छन् | सन्दर्भ: आधुनिक नेपालको इतिहास- देवीप्रसाद शर्मा पृष्ठ १४५.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    upendra ija Reply:

    तुलनात्मक इतिहास, त्यसको यथार्थ चित्रण र रहस्योदघाटन गर्नु भएकोमा तपाईंलाई धन्यवाद । गुण दोषको आधारमा समर्थन र विरोध आवश्यक छ । एकल चिन्तनले नै देशको राजनीतिलाई गोलचक्करमा फँसाइएको सबैलाई थाहा छ । देश आधिकारिक रुपमा सबैको साझा हुनु पर्दछ, कुनै एकजात वा एकवर्गको हुनु हुदैन । लेखको निष्पक्षताका लागि फेरि पनि धन्यवाद । उपेन्द्र झा

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु