यसरी मजाकका पात्र बने भारतीय प्रधानमन्त्री :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यसरी मजाकका पात्र बने भारतीय प्रधानमन्त्री

९ पुस, काठमाडौं । सामूहिक बलात्कारबारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अन्ततः आफ्नो मुख खोले तर, सम्बोधनका क्रममा प्रयोग गरिएको दुई शब्दले सिंह सामाजिक सञ्जाल ट्वीटरमा मजाकको पात्र बनेका छन् ।

बस्तबमा के भएको थियो भने प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधनको अन्तिममा …. ‘ठीक छ’ भन्नु भएको थियो । शायद प्रधानमत्रीको भाषण रेकर्डिङको बारेमा सोध्दा ठीक छ कि छैन भनेर सोधिएको थियो होला । तर, त्यति प्रशारण भएपछि ट्वीटरमा भारतीयहरुले यसलाई समाए र प्रधानमन्त्रीलाई ब्यंग गरे ।

अब त्यो दुई शब्द Theekhai ट्रेन नै बनेको छ र मानिसहरुको ट्वीट पढ्न लायकको छ ।

रमेश श्रीवत्स @rameshsrivats लेख्छन्-पुटिन-मसँग गाडी छ, बंगला छ, रुस छ, तिमीसँग के छ ? मनमोहन-ठीक छ ।

जेबा Jeba ‏@Jeba लेख्छन्ः प्रधानमन्त्रीको कार्यालयमा भिडियो एडिटिंगको यस्तो हालत छ भने ….

राहुल देशपान्डेको ट्वीट छः Rahul Deshpande‏@mastanabail एक शब्द भन्न चाहन्न पीएमको भाषणको बारेमा । सबै दुर्इ शब्दमा समेट्न सकिन्छ । ठीक छ ।

विची वुमनिया witchy womaniya ‏@oxymoronic_me लेख्छन्ः मलार्इ सबै राजनेतालार्इ थप्पड हान्न दिनुस् …ठीक छ ।

वन डायरेक्शन इंडिया One Direction India ‏@1DCrewIndia भन्छन्ः पीएम तपार्इ चुप हुनुहुन्थ्यो राम्रो थियो …ठीक छ ।

8 Comments on “यसरी मजाकका पात्र बने भारतीय प्रधानमन्त्री”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु