जैविक विविधताको नक्सा १३६ वर्षपछि ‘अपडेट’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जैविक विविधताको नक्सा १३६ वर्षपछि ‘अपडेट’

पृथ्वीमा भएका जीव तथा वनस्पती र समग्र जैविक विविधताको नक्सा १३६ वर्षपछि पहिलोपटक नविकरण गरिएको छ । सन् १८७६ मा बेलायती प्रकृतिविद् अल्फ्रेड रसेल वालेसले तयार पारेको जैविक विविधताको नक्शा झण्डै डेढ सताब्दीपछि नविकरण भएको हो ।

आधुनिक प्रविधि तथा पृथ्वीमा पाइने २० हजार भन्दा बढि प्रजातिका जिवको आधारमा वैज्ञानिकहरुले विद्यमान जैविक विविधताको नक्सा र सोही अनुरुप पृथ्वीलाई गरिएको विभाजनमा सुधार गरेका हुन् ।

वैज्ञानिकहरुले २० हजार प्रजातिलाई विभिन्न ११ वटा जिवभौगोलिक क्षेत्रमा विभाजन गरेर जैविक नक्सा तयार पारेका छन् । क्रमविकाश तथा भौगोलिक सूचनाका तथ्यलाई एकत्रित पारी यस्तो नक्सा तयार पारिएको हो । विश्वका १५ जना अन्तराष्ट्रिय अनुसन्धानकर्ताले २० वर्ष लगाएर वालेसको पूरानो नक्सालाई नविकरण गरेका हुन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु