९ पुस, काठमाडौं । नेपालमा उत्पादित छाला जुत्ताको प्रदर्शनी सोमबारबाट राजधानीमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा १५ गतेसम्म चल्ने प्रदर्शनीमा स्काई सुज, वि एफ डियर हिल र शिखर सुजसहितका नेपाली कम्पनीका ८० भन्दा बढी स्टल राखिएको छ ।
पछिल्लो समय नेपाली उत्पादनमा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको व्यवसायीहरु बताउँछन् । ‘अहिले नेपाली छाला जुत्ताको बजार ५५ प्रतिशत छ’ छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले भन्नुभयो-’अब धेरै नेपालीहरुले नेपालकै उत्पादन प्रयोग गर्न थालिसकेका छन् ।’ उहाँका अनुसार नेपालमा करिव ५ सय उद्योग छन् भने त्यसमा २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । ती उद्योगहरुमा करिव २ अर्बको लागानी छ ।
स्काइ सुज
स्काइले अल्लो र हेमबाट बनेको जुत्ता बजारमा ल्याएको छ । जारी प्रदर्शनीमा यो धेरैको आकर्षणको केन्द्र बनेको छ । ‘यसलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सके निकै राम्रो व्यापार हुनसक्छ’ जुत्ता हेरेपछि नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज कणिर्कारले भन्नुभयो । हाल पुरुषका लागि उपलब्ध यो जुत्ताको मूल्य २ हजारदेखि ३५ सयसम्म छ । तीन लेयरमा बनेकाले अन्य छालाका जुत्ताजतिकै बलियो हुने स्काइका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।
आफूहरुले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिएको भन्दै उहाँले भन्नुभयो-’बजारमा माग अनुसार सप्लाइ गर्न गाह्रो छ । हाम्रो जुत्ता स्माट, न्याचुरल र गुणस्तरीय छ ।’ स्काइले ११ सयलेखि ३५ सय मूल्य पर्ने छाला तथा सावरका विभिन्न स्टाइलका जुत्ता बजारमा ल्याएको छ ।
फिट राइट
नेपालमा चलेको ब्राण्डमध्येको एक फिट राइटले १४ सयदेखि ४ हजार ५ सय मूल्य पर्ने स्पोट्स, क्याजुअल, पाटेसुज, बुट ल्याएको छ । ‘हामी आफ्नो उत्पादनमा वारेन्टी दिने पहिलो नेपाली कम्पनी हौं’ बजार प्रमुख विष्णु पौडेलले भन्नुभयो-’गुणस्तरमा हामी विदेशी ब्राण्डभन्दा कम छैन । अझ राम्रो छौं ।’
देशभर करिव ५० बटा शाखा विस्तार गरिसकेको फिट राइटले उपभोक्ताहरुको मागअनुुसार नै उपलब्ध गराउने दाबी गरेको छ ।
शिखर सुज
शिखर सुजले जाडोलाई मध्यनजर गर्दै क्याजुकल स्पोट्स र सावरका जुत्ताहरु ल्याएको छ । यसको मूल्य १५ सयदेखि ३ हजारसम्म छ । यस्तै उसले बच्चाहरुलाई, युवतीहरु र पार्टी सुज ल्याएको छ ।
शिखर सुजका १ हजार ५ सयदेखि ६ हजारसम्मका जुत्ता रहेको छ । ‘दैनिक १ हजारदेखि १५ सयसम्म उत्पादन हुन्छ’ शिखर सुजका शोरुम म्यानेजर दिनेश श्रेष्ठले भन्नुभयो- ‘हाम्रो उत्पादनको गुणस्तर विदेशीभन्दा कम छैन । तर मूल्य कम छ ।’
वि एफ डियर हिल
नेपालमा चलेको ब्राण्डमध्येको एकले सबैखाले जुत्ता उत्पादन गर्छ । जाडोलाई लक्षित गरी १ हजारदेखि २५ सयसम्मका स्पोट्स तथा सावरका जुत्ता ल्याएको छ । ‘हाम्रो जुत्ता गाउँ गाउँसम्म पुगेको छ’ छाला जुत्ता तथा बस्तु उत्पादक संघका अध्यक्ष समेत रहेका वि एफ डियर हिलका प्रमुख उपाध्ययले भन्नुभयो-’हाम्रो जुत्तामा गुणस्तर छ । तर, विदेशी ब्राण्डका नाममा नक्कली जुत्ताहरुको बिगबिगी बढेको छ ।’ उहाँले आफूहरु देशभर नै एकै मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने प्रयासरत रहेको बताउनुभयो ।
j vaye npani nepali product ko ra foreign import ko difference sadhai dekhin6a maile pani nepali ra imported shoes haru dhekhako 6u .. nepali product le kahile pani ramro banna sakdina excepy Sherpa n north face ….
Like or Dislike:
0
12
[जवाफ फर्काउनुहोस्]
abata nepali jutta matrai lagaune ho ni. aafnai nepal ma bane ko lagauna chhodera kina mahango ra nakkali kinna jaane.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
हामीले आफ्नै स्वदेश मा भएका उत्पादन हरुलाई बढी भन्दा बढी प्रयोग गर्न आवोस्यक छ.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Try to give priority for our own products.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपाली जुटता चीनको भन्दा राम्रोनै होल . ब्रंदिग्गरी आब येसो बिदेस्मा नि निर्यात् पो गर्ने होकी खली इंडियन चीन र बंगलादेश को जुटा त किन्छ्नी यूरोप र अमेरिकामा
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
There are tremendous moncler down jacket discount the whole bunch with respect to Any party inside of Chestnut. I desired some length and width wider along with are finally waiting my own the latest set of. Still the fear of pleasant along with gentle, suited to faculty along with just about every day laid back take. I want to this Regular assortment, however are grateful I purchased these particular in its place. There are sort of hard wearing, even so, not available for unpleasant surroundings. are the most effective sort of moncler leon!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
na ta foreign productko jasto quality huncha na ta look na ta finishing, Nepali shoes really sucks, K fasltu news deko hola dwsai thagne gdha ho…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Keep in mind that fishing is meant to be a means to loosen up, see mother nature, and savor a wonderful working day. Should you be sensation oneself getting emphasized, you may be placing an excessive amount of emphasis on the action of catching the fish instead of ample on just experiencing and enjoying the day time and being exterior. Heukuk8ily
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]