अष्ट्रेलियामा नेपाली भाषा बिद्यालयको बाषिर्क उत्सव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अष्ट्रेलियामा नेपाली भाषा बिद्यालयको बाषिर्क उत्सव

सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुका सन्तानलाई नेपाली भाषा र नेपालको संस्कृतिबारे पढाउन स्थापना गरिएको शब्दमाला नेपाली भाषा बिद्यालयले बाषिर्क उत्सव मनाएको छ । बाषिर्क कार्यक्रममा शब्दमाला बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले सक्रिय सहभागीता जनाउँदै प्रतिभा प्रर्दशन गरेका थिए । उनीहरुले देशभक्तिका गीत, कविता तथा छोटा कविताहरु नेपाली भाषामा बाचन गरेका थिए । अभिभावक तथा अन्य आमन्त्रित पाहुनालाई मनोरञ्जन दिनका लागि बिद्यार्थीहरुद्वारा नृत्य तथा अन्य रचनात्मक सांस्कृति प्रस्तुती पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बर्षभरिका आर्थिक, संचालन तथा शैक्षिक गतिबिधिसँग सम्बन्धित प्रतिबेदनहरु प्रस्तुत गरिएका थिए । कार्यक्रमको अर्को मुख्य अंशका रुपमा बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।साथै शब्दमालाको स्थापनादेखि आजसम्म चन्दा तथा अन्य बिभिन्न किसिमले सहयोग पुर्‍याउनुभएका चन्दादाता, शिक्षक, शिक्षिका, संचारकर्मी तथा बिशिष्ट स्वयंसेवकलाई सम्मानार्थ प्रशंसापत्र बितरण गरिएको थियो । यसै कार्यक्रमका साथ शब्दमालाको तेस्रो शैक्षिक बर्ष २०१२ सफलरुपमा सम्पन्न भएको छ ।

तेस्रो शैक्षिक बर्ष २०१३ आगामी फेब्रुअरी ३ तारिखबाट सुरु हुनेछ । अष्ट्रेलियामा रहनुभएका नेपालीहरुले आफ्ना सन्तानलाई नेपाली भाषा र संस्कृतिबारे सिकाउन शब्दमालाले आह्वान गरेको छ । आगामी फेब्रुअरी ३ तारिखदेखि प्रत्येक आइतवार १० देखि १२ बजेसम्म गि्रनभील पब्लिक स्कुल वा क्याम्पसी पब्लिक स्कुलका शाखाहरुमा सिधै गई शब्दमालाका स्वयंसेवकहरुसँग सम्पर्क राख्न अनुरोध गरिएको छ । अन्य बिस्तृत जानकारीका लागि शब्दमालाको वेबसाइट हेर्न वा समितिका अध्यक्ष समिन्द्र श्रेष्ठलाई ०४३१ ६०८ ७७२ मा जुनसुकै बेला सम्र्पक राख्न अनुरोध गरिएको छ ।

 

5 Comments on “अष्ट्रेलियामा नेपाली भाषा बिद्यालयको बाषिर्क उत्सव”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु