९ पुस, काठमाडौं । अफगानिस्तानमा महिला प्रहरीले नेटो सेनाका सल्लाहकारको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा पहिला प्रहरी अधिकारीले नेटो सेनामाथि आक्रमण गरेको यो पहिलो पटक हो ।
पछिल्लो समय अफगानिस्तानमा अफगान सुरक्षाकर्मीहरुले नेटा सेनामाथि गोली चलाउने तथा आक्रमणको घटना बढ्दो छ । अफगान प्रहरीको ड्रेस लगाएकी महिला अधिकारीले काबुल प्रहरी मुख्यालयमा क्यान्टिनतर्फ जाँदै गरेका नेटो सैन्य सल्लाहकारमाथि गोली चलाएका थिए ।
घटनापछि उनलाई नियन्त्रणमा लिइएको नेटो सेनाका प्रवक्ताले जनाएका छन् । आक्रमणकारी महिलाको सम्बन्ध तालेवानसँग हुन सक्ने नेटोको आशंका छ ।
अफगानिस्तानमै अफगान सुरक्षाकर्मीले ६ सदस्यको हत्या गरेका छन् । मारिनेमा एक अमेरिकी सेना पनि सामेल छन् ।