बीबी एयरवेज जहाजबिहीन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बीबी एयरवेज जहाजबिहीन

१० पुस, काठमाण्डौ । गैरआवासीय नेपालीको लगानी रहेको बीबी एयरवेज जहाजबिहीन भएको छ ।

बीबीलाई बिमान भाडामा दिइरहेको ताइवानस्थित टोन्लेसाप कम्पनीले आन्तरिक समस्याका कारण जहाज फिर्ता लगेपछि एकमात्र बिमानका भरमा चलेको बीबी बिमानबिहीन भएको हो ।

आइतवार र सोमबार साँझ मलेसियाको क्वालाम्पुर उड्नुपर्ने बिमान शनिवार साँझ अचानक फिर्ता गएको बीबी एयरवेज स्रोतले बताएको छ । जसका कारण आइतवार साँझको क्वालालम्पुर उडान स्थगित हुँदा यात्रु त्रिभुवन बिमानस्थलमै अलपत्र परेका थिए । क्वालालम्पुरबाट काठमाण्डौ आउने केही यात्रुलाई नेपाल एयरलाइन्सबाट पठाइएपनि केही यात्रु क्वालालम्पुर बिमानस्थलमा अपलत्र परेको बताइएको छ । पूर्व सूचनाबिनै बिमान फिर्ता लगिदिएपछि टिकट लिएका यात्रुहरुलाई एयर एसियाको बिमानमार्फत पठाउने तयारी गरिरहेका छ ।

बीबी एयरवेजले नियमित मर्मतसम्भारका लागि फिर्ता गएको भन्दै सूचना जारी गरेको छ । तर सेल्स एजेन्टहरुलाई भने कम्पनीले नयाँ बिमान किन्ने योजना बनाएको र त्यसका लागि समय लाग्ने सूचना दिइसकेको छ । स्रोतका अनुसार बीबी एयरले ड्राइ लिजमा अर्को बिमान कम्पनीको बिमान ल्याउने योजना बनाएको छ ।

यसअघि पनि नेपालबाट अन्तराष्ट्रिय उडान थालेका बिमान कम्पनीहरु असफल हुँदै आएका छन् । यति एयर फ्लाई यति र एयर नेपाल इन्टरनेशनल बिमान भाडामा दिने कम्पनीसँगको असमझदारी र कमजोर ब्यबस्थापनका कारण बन्द भएका थिए । बीबीले पनि उडान सुरु गरेको तीन महिनामै खराव दिनको सामना गर्नुपरेको छ ।

बीबी एयरवेजमा जापानमा कार्यरत गैरआवासीय नेपाली भवन भट्टको लगानी रहेको छ । बीबीले टोन्लेसाप कम्पनीबाट वेट लिज (बिमानसहित चालकदलका सदस्य र परिचारिकासमेत) मा बिमान ल्याएर चलाइरहेको थियो ।

 

2 Comments on “बीबी एयरवेज जहाजबिहीन”
  • krishna pokharel wrote on 25 December, 2012, 16:57

    Ma from saudi arab bata ke Aaba sabai lagani ma yestai hune ho ta ? yo naramro sandesh ho oct 11 -2012 ka din ma pardhan mantri lagayat sabai bisista haru bata udghatan bhaya ko BB Airways NRNA ko lagani matry nabhai sampurna Nepali ko lagani bhaya ko le sarkar ra sorakar wala sabai ko dhan jana jaruri 6 kina ra kasari yesto huna pugo turunga investation huna jaruri 6.Puna BB air ways ko suru huna parchha natra Nepal ma kunai pani kam safal huna garo parchha. BB Airways ko udghatan ma Pardhan Mantry/Uddan Mantry/ Upendra Mohoto/Jiva Lamichhane/Bhuban Bhatta/Ses Ghale/sathai desh ka thula thula baktito haru bata udghtan bhaya ko BB Airways kina yesto bhayo ta? Ma pani tyo udghatan ma bhaya ko ra dekhe ko huda yasari name nai lekhera tipanni gare ko jana kari garauchhu.

    krishna pokharel
    saudi Arab bata

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mahes wrote on 27 December, 2012, 3:17

    yakuzaa ko dan ta ho ni.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु