१० पुस, धादिङ । काठमाण्डौंबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको एउटा गाडी आज बिहान पृथ्वीराजमार्गको गजुरीबाट त्रिशूली नदीमा खस्दा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
एनपी ०२ के ४३३८ नम्बरको टेलर गाडी गजुरी गाविस वडा नं १ कालीकास्थानमा ब्रेक फेल भएर सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
गाडीमा सवार भरतीय नागरिक शंकर यादव र गाडीका सहचालक नदीमा परेर हराइरहेका छन् भने गाडीका चालक नन्दकुमार यादव गम्भीर घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको गाडीको केही भाग मात्र देखिएको छ । नदीको पानी अत्यधिक चिसो भएकाले हराइरहेका व्यक्तिको खोजीका लागि समस्या भएको स्थानीय राजमार्ग उद्धारकर्ता चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
garni k
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]