१०, पुस, काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार नयाँ दिल्लीस्थित श्रीराम सेन्टरमा उद्घाटन गर्नुहुने अन्तरराष्ट्रिय मैथिली नाट्य महोत्सवमा भाग लिन नेपाली नाट्यकर्मीको २१ सदस्यीय टोली जनकपुरबाट बुधबार स्थलमार्ग हुँदै दिल्लीतर्फ लाग्नेभएको छ ।
राष्ट्रपति यादवले उद्घाटन गर्ने उक्त नाट्य महोत्सवमा नेपालका तर्फबाट मिथिला नाट्य कला परिषद् (मिनाप) ले रंगकर्मी रमेश रञ्जन झाद्वारा निर्देशित एवं महेन्दर मलंगियाद्वारा लिखित ‘ओकरा आगनक बाह्रमासा’ (उसको आँगनको बाह्रमहिना) नामक नाटक मञ्चन गर्दैछ । दिल्ली जान लागेको टोलीमा रामनारायण ठाकुर, मदन ठाकुर, रवीन्द्र झा, परमेश झा, पि्रयंका झा, मदन ठाकुर, विष्णुकान्त मिश्र, अनिलचन्द्र झा, सुनील मल्लिक, सपना श्रेष्ठलगायत छन् ।
नेपालका राष्ट्रपतिले उद्घाटन गर्ने उक्त नाट्य महोत्सवमा जनकपुरकी नाट्यकर्मी अनितारानी मण्डल ‘मैलो रंग’ले स्थापना गरेको अन्तरराष्ट्रिय ‘प्रमिला झा नाट्यवृत्ति पुरस्कार’बाट सम्मानित हुने भएकी छन् । मण्डल यो पुरस्कार पाउने तेस्री नेपाली नाट्यकर्मी हुनेछिन् । यसअघि बम काण्डमा मारिएकी चर्चित मिथिला नाट्कर्मी रञ्जू झा र अर्की नाट्यकर्मी प्रियंका झाले यो पुरस्कार पाइसकेका छन् ।
तेस्तै गर्न ता गएको हो नी , तेत्रो ६७ लाख रुपैयाँ नेपाल बाट लीएर !!!
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Sarkarko dhukuti ma moj garnu ta 6 ni.chor kangresi rastrapati lai.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
कला साहित्य सीमातीत हुन्छ. देशको राजनीतिक सीमाले कला र संस्कृतिलाई बाँधेर राख्दैन. दिल्लीमा नेपाली रंगकर्मी द्वारा खेलीने नाटकको सफलताको शुभकामना.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
@Bhim Lamichane- Yesto nirgina ra ghatiya sochai bhayeka manche ta bau ko thegan nabayeka sadak ra nali ma janmeka ko matrai huncha , samchar aali ramro sanga padne garau.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
chor haru moj ghara.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Best of luck Nepalese (JANAKPUR) team.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हो सुनयन जी ले ठीकै बन्नू भयो देसको राष्ट्रपति देखि लिएर सबै नेता नौटंकी मा समेल हुने अणि नौटंकी गर्नु जानेकोले गर्द खेरी नै कला रा संस्कृति को जोगेड़ बयेरा देस र जनता को खुनपसिना को पैसा मथि चयेन गरेर अनि देसर जनता लाई आज देखि दिनको १२ घन्टा लोडसेडिंग दिनु सकिंछा नभए देसले थोरै बाये पनी बिकसको को बाटो तीर लम्किन्थियो होल होइन ता
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]