धरान अमेरिका समाजको अध्यक्षमा आचार्य :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

धरान अमेरिका समाजको अध्यक्षमा आचार्य

विजय थापा

भर्जिनिया । धरानवाट अमेरिका पुगेका धरानेहरुको साझा संस्था धरान अमेरिका समाजको अध्यक्षमा विमल आचार्य चयन भएका छन् । आइतवार अमेरिकाको भर्जिनिया राज्यको मनाससमा भएको बार्षिक अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा प्रकाश कटुवाल, महासचिवमा राधाकृष्ण धमला, सचिवमा होम बहादुर आले, कोषाध्यक्षमा सुमन मानन्धर, र सहकोषाध्यक्षमा दिपक गौतम रहेका छन् । यस्तै कार्यकारी समितिका सदस्यहरुमा पशुपति घिमिरे, राजेन्द्र राज भण्डारी, भरत पौडेल,मोहन उप्रेती र मोहन घिमिरे रहेका छन् ।

नयाँ कार्यकारी समितिको घोषणा प्रमुख निर्वाचन आयुक्त समाजसेवी तथा अमेरिका नेपाल सोसाईटीका पुर्व अध्यक्ष खेम भट्टचनले गर्नु भयो भने नयाँ पदाधिकारीलाई खादा ओढाई स्वागत गरिएको थियो ।कार्यक्रमको संचालन महासचिब आर के धमलाले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष बिमल आचार्यले गर्नु भएको थियो । मन्तब्य गर्नेहरुमा अमेरिका नेपाल सोसाईटीका ,वाशिंगटन डिसीक नवनिर्वाचित अध्यक्ष ठाकुर पुडा सैनीले शुभकामना दिदै समुदायको कार्यलाई प्राथमिकता दिनु पर्ने र सामुदायिक कार्य प्राप्ति गर्दै जानु पर्छ भन्ने विचार पोख्नु भयो ।संस्थापक अध्यक्ष विजय थापाले अमेरिकाका ख्यात्ति प्राप्त अमेरिकन पत्रकारकारहरु र आन्तरिक राजश्व कर बिभागसंग धरान अमेरिका समाज नाम परिवर्तनबारे भलाकुसारी गरेको प्रशंग उल्लेख गर्दै हामी आफ्नो कुरामा बढ्ता ध्यान दिन पर्ने र अमेरिकामा अरुको चियो चर्चो तिर समय खेर नफाल्नु भन्दै फलानाको नाम भएन अर्को परिवर्तन गर्नु पर्यो आदि ईत्यदिमा कदापी समय फाल्न नहुने भन्नु भयो ।

कार्यक्रममा वाशिंगटन डिसी महानगरीय क्षेत्र वरिपरिका अतिथिहरु क्रमस अनेसासका संस्थापक होमनाथ सुबेदी ,जनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केशब बराल ,अनेसास डिसी शाखाका अध्यक्ष प्रकाश नेपाल ,अमेरिका नेपाल समाजका अध्यक्ष ठाकुर पुडासैनी ,पुर्व सचिब मुक्ति दवाडीलगायतको उपस्थित रहेको थियो ।धरान अमेरिका समाजका अध्यक्ष श्याम लिम्बुले अहिले सम्म गरेका कार्यहरु बाल आश्रम ,बृद्द आश्रम र यातायात मजदूर संगठन द्वारा संचालित शिपमुलक कार्यक्रमलाई लुगा सिउने यन्त्र दिएको कुरा उल्लेख गर्दै नेपालका नेताहरुको क्रियाकलापबाट बितृष्णा जागेको विचार व्यक्त गर्नु भयो भने उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

3 Comments on “धरान अमेरिका समाजको अध्यक्षमा आचार्य”
  • bidur wrote on 25 December, 2012, 12:46

    bimal jee lai badhai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhawani Baral wrote on 25 December, 2012, 13:35

    bimal bhai sahit karya samitilai badhai cha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Fdr Nepal wrote on 27 December, 2012, 9:37

    नहुने के चमकिन्छ भने झै , आज धरान, भोली इटहरी, पर्सि दमक गर्दै जाऊ अमेरिकामा / कत्ति न ठुलो राष्ट्रका मान्छे जस्तो / एक मुठी चामल पनि थरि थरि का बन्दै जाओ, तिमिहरुलाई भूटानबाट लखेटे जस्तै अमेरिकाले लाखेट्छ कुनदीन / अनि त्यतिबेला तिमिहरुको नेपाली नागरिकता पनि खारेज भएको हुनुपर्छ / अनि थाहा पाउछौ तिमीहरूले /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु