ए डिभिजन लिग फुटबलमा पुलिसले आर्मीलाई हरायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ए डिभिजन लिग फुटबलमा पुलिसले आर्मीलाई हरायो

१० पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसले आर्मीलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितपछि पुलिस ९ खेलबाट १२ अंकका साथ आठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट १४ अंक जोडेको आर्मी छैटौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले १२ औं मिनेटमा योगेश श्रेष्ठको गोलबाट अग्रता लियो । खेलको १७ औं मिनेटमा भरत खबासले बराबरी गोल फर्काए । त्यसपछि आर्मीले केही राम्रो खेलेपनि गोल गर्न सकेनन् । खेलको ५७ औं मिनेटमा दीप लामा वान भर्सज वानमा गोल गर्न चुके । उनको प्रहार पुलिसका रक्षक रितेश थापाले रोके ।

६० औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा आर्मीका टंक बस्नेतको प्रहार बारमा लागेर फर्कियो । बाँकी समयमा पनि आर्मीले गोल फर्काउने प्रयास गरेपनि सकेन र पुलिसलाई २-१ ले नजिता सुम्पियो ।

अर्को खेलमा फ्रेण्ड्सले न्यूरोड टिम एनआरटीलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी खेल्दै अंक बाँडेकाको एनआरटी १५ अंकका साथ पाँचौं स्थानमा छ भने फ्रेण्ड्स ९ अंकका साथ नवौं स्थानमा छ ।

2 Comments on “ए डिभिजन लिग फुटबलमा पुलिसले आर्मीलाई हरायो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु