१० पुस, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले निकासको लागि सत्तारुढ गठबन्धनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्पमा एमाओवादीका अध्यक्ष प्रचण्डलाई अघि सार्न तयार रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा एमाओवादीका नेता समेत रहेका पौडेलले प्रधानमन्त्री भट्टराईलाई निषेध गरेर कांग्रेस सभापति सुशिल कोइरालालाई स्वीकार गर्न नसकिने बतानु भयो । उहाँले भन्नुभयो-’बाबुरामजीलाई दलित जस्तो ब्यवहार गरेर निकास निस्कन सक्दैन । हामीसँग बाबुरामजीको विकल्प छैन भन्ने कुरा होईन । काग्रेसले निषेधको राजनीति गर्ने हो भने सत्तारुढ गठबन्धनले प्रचण्डजीको नाम अघि सार्छ ।’
दुई चरणमा सहमति गरेर कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री तयार रहेको भन्दै उहाँले पहिलो चरणमा संविधानसभाको निर्वाचनको मिति घोषणा, रिक्त संवैधानिक आयोगमा पदपुर्ति र संविधान संसोधन लगायतका विषयलाई प्याकेजमै सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिमा रुपान्तरण गरेर कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने बताउनु भयो । उहाँले भन्नुभयो-’यदि कांग्रेस र एमालेले निकास खोजेका हुन् भने सरकारको सहभागितामा निकास खोज्नुपर्छ नभए बैशाखमा निर्वाचन हुन सक्दैन ।’
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच सुमधुर सम्बन्ध राखेको दावी गर्दै उहाँले विदेशी र सेनालाई विवादमा तानेर अनावश्यक बखेडा नझिक्न आग्रह गर्नुभयो ।
Debendra ji ko kura akdam jayaj ho. Kangres,amale lai chunab ki satta chahiyako ho ? Adi chunab chahiyako ho vane sahamati gara. Ani chunab bata jitera satta ma raj gara.hoina vane kunai halat ma paune 6ainau.
Like or Dislike:
16
8
[जवाफ फर्काउनुहोस्]
यो पौडेल नीकै बोल्न थालेको छ आजकल !!! मर्ने बेला कमीला को प्वाख़ पलौछ भन्थे हो की क्या हो !!!
Like or Dislike:
10
13
[जवाफ फर्काउनुहोस्]
सांचो अर्थमा भन्ने हो भने बाबुरामले राजीनामा दियर के हुन्छ ? के अब बन्ने प्रधान मंत्रिले यो मुलुकको समस्या समाधान गर्न सक्छ ? यदि सक्दैन भने यो बाबुरामलाई किन फेर्नु पर्यो ? नेपाललाई पटक पटक असफल प्रधानमंत्री उत्पादन गर्ने मुलुक हो भनेर बिश्व सामु नंगगाउन ? थुक्क . / ल ठीक छ, मानौ बाबुराम अहिलेको गत्याबरोधको मूल बाधक हो रे, यसलाई नहटाएसम्म मुलुक अगाड़ी नजाने भयो रे , यदि यसो हो भने प्रतिपछ्यहरुले मुलुकलाई निकास दिने गरी प्रस्ट एजेंडाहरु किन अगाड़ी ल्याउन सक्दैनन ? यदि यसो गर्दा पनी बाबुरामले प्रधान मंत्री नछाड़े आन्दोलन गर्न किन नसकेको नि ? आफुहरुले योजना, भिजन र प्रस्ट एजेंडाहरु दिन नसक्ने अनि, मलाई त्यही केटी चाहियो भनेर रुंचे गीत मात्र गाऊने ?
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Haina yee sale khate neta haru le ta desh ta chakana chur nai banaune vaye.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नखाऊ भने दिन भरिको सिकार,खु भने कान्छो बाउको अनुहार भनेको येही हो l
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Babramlai badanam bansuni kaam hudai6,yadi congress lai pm chahiyako vaya baby ram ko kurama sahamat hunu par6,yattikai babu ramle rajinama dini ani sahamatiko sarkarko naamma jas congress le Lina khojeko6,
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
देबेन्द्र जी अब प्रचंड हैन यसरी मंत्रिमंडल बनाउने प्रस्ताब गरु तेसो गरे कसो होला?
देवेन्द्र पौडेल – प्रधानमंत्री
हिसिला यमी – अर्थ
कयो देवी यमी- जन प्रशासन
तिमिला देवी यमी – खानेपानी
बिश्वदीप पाण्डे – संचार
अनि 2 / 4 वटा विजय गछ्दार लाई छोड़दिउं
देश त यसै बिग्र्यो उसै बिग्र्यो
बिग्रेको देशको भत्केको चाला
एउटा प्रयोग यो पनि गारी हालौं
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
यो देश को कि तोते बोलि भएको बच्चा चायो , कि बाबुराम नै चहियो ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आफू सधै सल्लाहाकार बन्न लाई कस्तो कस्तो आइडिया लगाउछन नेताहरु
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सुनिल जी,
यो चाही ‘र’ ले फ्याकेको कतिऔ कार्ड हो ??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]