केही समय पहिले गरिएको अध्ययनले महिलाहरुका स्तनको आकार पुस्तै पिच्छे बढ्दै गएको देखाएको थियो । बेलायतमा गरिएको सो अध्ययन विश्वभरीकै महिलाको हकाम लागु हुने भन्दै विभिन्न जैविक तथा भौतिक कारणहरुले गर्दा महिलाहरुको स्तनको आकार बढ्दै गएको विज्ञहरुले बताएका थिए । वास्तवमा स्तनको आकार बढ्नु भनेको स्तनमा बोसो बढि थुप्रनु हो । तर स्लिम महिलाहरुमा समेत वक्षस्थलको आकार अस्वभाविक रुपमा ठूलो बन्नुमा केवल बोसो मात्र जिम्मेबार छैन । महिलाहरुमा स्तन तन्तुहरुको मात्रा नै बढेको छ । आखिर किन यस्तो भैरहेको छ त ? भन्ने कुराको चुरो भने हालै मात्र पत्ता लागेको छ ।
एउटा सत्य के हो भने महिलाहरुमा बढ्दै गएको मोटोपना र बदलिँदो जिवनशैलीका कारण नितम्ब र वक्षस्थलमा बोसोको मात्रा बढेको छ, जसका कारण महिलाहरुका स्तन पहिले भन्दा ठूला भएका छन् । तर बोसो मात्र होइन आधुनिक महिलामा स्तन कोष तथा तन्तुको संख्या नै बढी हुने गरेको छ ।
वास्तवमा महिलामा स्तन तन्तुको वृद्धि हुने कार्यमा वेस्ट्रोजेन नामक हर्मोनको भूमिका हुन्छ । महिलाको सेक्स हर्मोनको रुपमा रहेको वेस्ट्रोजेनले केवल स्तन मात्र होइन जिउडालको आकार समेत निर्धारण गर्छ । यहीँ हर्मोनको उच्च उत्सर्जनका कारण युवतीहरुमा स्तनको आकार बढेको निष्कर्ष विज्ञहरुको छ । महिलाहरुले विभिन्न प्रकारका सौन्दर्यमूलक रसायनको साथै विभिन्न खाले गर्भनिरोधका औषधिहरु समेत प्रयोग गर्ने हुँदा यसले उक्त हर्मोनको उत्पादनमा प्रभाव पार्ने र सोही कारण महिलाको स्तन मात्र नभएर नितम्बको आकार पनि बढाउँदै लगेको निष्कर्ष शोधकर्ताहरुको छ ।
महिलामा स्तनपानले स्तनको आकार वृद्धि नियन्त्रण गर्ने भएपनि आधुनिकता सँगै महिलाहरुले उमेर ढल्किँदा सम्म पनि बच्चा नपाउने प्रवृत्ति बढिरहेकाले त्यो बेलासम्म प्रयोग गर्ने गर्भनिरोधका उपाय मात्र होइन प्राकृतिक रुपमै उत्पादन हुने सेक्स हर्मोनको मात्राका कारण महिलामा स्तनको आकार ठूलो हुनमा बल पूराउँछ ।
धन्द्यबाद नया कुरा को जानकारी को लगी !!!
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
aba k-k thula hune hun prakirtiko maatra hath ho ki bibinna prakarka cream ra paaudar ani bibhinna masajka tarikaharule ho,,
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
ए त्यसो रहेछ हाअाअाअाअाअाअा
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
बिष्वमा खाद्य संकट बढ्दै गैरहेकोले कही मात्रामा भएपनी आमाको दुधले काम गरोस भनेर प्रक्रितिले नै स्तन बढाउदै लगेको पो हो कि ………
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
पुरुषहरु का लागी. पुरुषहरुमा कामुकता बढ़ी रहेको छ. इभोल्युशन (विकास क्रम) अनुसार नै यो भई रहेको छ.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
thik cha thik
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dherai open gare ra tit luga lagyera hola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
deepak Reply: January 13th, 2013 at 6:37 am
wahiyat………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]