आरपी सुवेदी
१० पुस, बझाङ । बझाङको भोपुरमा रहेको सत्यवादी उमाविको कक्षा ८ र ९ मा अध्ययनरत् छात्राहरुले भलिबल खेल्ने आफ्नो मनको धोको पूरा गर्न रमाइलो जुक्ति निकालेका छन् ।
भलिबल खेल्न रहर लागे पनि माथिल्लो कक्षाका विद्यार्थीहरुले मौका नदिएकाले उनीहरुले नयाँ उपाय निकालेका हुन् । छात्राहरुले विभिन्न पर्वहरुमा टीकोटालो गरी जम्मा पारेको दक्षिणाबाट जोगाएको पैसाले भलिबल त किने । तर, नेट -जाली) किन्न पैसा पुगेन । तैपनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं उनीहरुले जालीकै अभावमा भलिबल खेल्ने आफ्नो ईच्छालाई दबाएनन् । बरु, आफूहरुले ओढ्ने गरेको दुपट्टा (सल) जोडेर दुबै पोलमा बाँधे, अनि थाले भलिबल खेल्न ।
घरको कामधन्धा र विद्यालयको गृहकार्य सकेर उनीहरु दैनिक २ घण्टा भलिबल खेल्छन् । कक्षा ९ सेक्सन ए मा अध्ययनरत छात्रा रोशनी बोहरा औंशी, पूणिर्मा, सक्रान्ति, दशैं र तिहारमा टीकोटालो गर्दा पाएको दक्षिणाको पैसा संगालेर साढे ४ सयमा नजिकैको चैनपुर बजारबाट भलिबल किनेको बताउँछिन् ।
‘खेल्ने ईच्छा छ, सक्छौं भन्ने पनि छ, तर मौका र सुविधा नै पाउदैनौं ।’ बोहराले भनिन्-’कसरी हामीजस्ताको खेल्ने चाहाना पूरा होला त ?’
कक्षा-८ मा अध्ययनरत सुशीला खाती र सुनिता जोशी अनि कक्षा-९ एमा अध्ययनरत कमला जोशी अब आफूहरुले पनि सिनियर टिमसंग भिड्न सक्ने क्षमता बनाएको बताउँछन् । ‘भलिबल किने पनि जाली किन्ने पैसा नभएकाले आफ्नै दोपट्टा बाँधेर जाली बनाई दुई टिममा बाँडिएर खेल्ने गरेका छौं’-उनीहरुले एकै स्वरमा रमाउँदै भने ।
‘सुविधा सम्पन्न ठाँउमा खेल सामाग्री दिने र उपलब्ध गराउनेहरुको होडबाजी हुने तर, हाम्रोजस्तो विकट ठाँउमा त्यस्ता सहयोगी हात नआउने रहेछन्’-बोहराले भनिन् । उनले अवसर र मौका पाए आफूमा रहेको प्रतिभा देखाउन पछि नपर्ने बताइन् ।
well done Nepali sisters” Please provide me the proper postal address of that school ,i will buy volleyball and net for that school and send it as soon as possible.
Yi student haruko manobhawana lai hausala ra future ma kehi garne sahas dinu pardachha.wish u all the best..
Well-loved. Like or Dislike:
97
0
[जवाफ फर्काउनुहोस्]
kamal prasad adhikari Reply: December 25th, 2012 at 11:56 am
nice i also want to help ur all
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
janak joshi Reply: December 25th, 2012 at 12:39 pm
sarai man pani paro idea hamile ni teti bela khelna payeka thiyenau
anyway nice
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Keep it up gals, nice to see such commitment.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
lala badae cha kt haru khela jado ma good for health//////
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ma pani 1 ta volley ball kini dinchu let me know the postel address or call me 9841426612/9813626170 .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Brilliant ! I want to donate them Net & Volleyball, please let me know how I can reach to them…
Dhiraj
Bahrain
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
this is one an aperchinitues learn to game we help you sis ….send to ball and net your school address.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
aaf no chahan pura garna aafula dherai mahanat garera matra purahun6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जहाँ इच्छा त्यहाँ उपाय
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Well done girls…….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]