मंसिरमा मात्रै १६ महिलाको हत्या :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

मंसिरमा मात्रै १६ महिलाको हत्या

१६ दिने अभियानकै क्रममा १२ मारिए

१० पुस, काठमाडौं । महिला हकअधिकारको चर्चा बढी भएकै समयमा हिंसाको घटना बढेको पाइएको छ । अझ महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलेकै अवधिमा १२ जना महिलाको हत्या भएको महिला अधिकारका क्षेत्रमा कार्यरत् एक संस्थाले बताएको छ ।

महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालले अभिलेख गरेका तथा बिभिन्न सञ्चारमाध्यमबाट प्राप्त तथ्यांकका आकारमा मंसिर महिनामा ८८ जना महिलाहरुमाथि हिंसा भएको जनाएको छ । ओरेकका अनुसार मंसिरमा ४९ जना महिलामाथि घरेलु हिंसा भएको पाइएको छ । जसमा ३९ जना महिलाहरु आफ्नै श्रीमान्बाट हिंसामा परेका छन् भने १० महिला घरपरिवारका सदस्यबाटै हिंसा खप्न बाध्य भएका छन् ।

२७ जना महिलाहरुमाथि शारीरिक यातना, ५ जना महिलामाथि बहुविवाह गरी यातना दिइएका, ११ जना महिलामाथि मानसिक यातना,४ जना महिलालाई घरनिकाला गरिएको र २ महिलाले श्रीमान्को यातनाका कारण आत्महत्या गरेको घटना अभिलेखीकरण गरिएको छ ।

मंसिरमा भएका महिला हिंसाका घटना

3 Comments on “मंसिरमा मात्रै १६ महिलाको हत्या”
  • Abiral sharma wrote on 25 December, 2012, 14:22

    Aba mahila lai dukha dine hos wa purus lai dukha dine hos duby hai fashi hunu par6

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • L N Dhakal wrote on 25 December, 2012, 16:19

    नेपाली महिलाहरूको सशक्तिकरणका लागि मरिमेट्नेहरूले छोरा सरह अंश पाउने भन्ने कुरालाई प्रमुख ठान्दछन् । तर महिलाको वास्तविक उत्थानका लागि शिक्षा पहिलो कुरा हो । त्यसैले छोरीलाई उच्च मा. वि. सम्मको शिक्षा अनिवार्य गर्ने कुरा हुनुप¥यो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna ghimire wrote on 26 December, 2012, 15:35

    यो बाबुराम सरकार को सबै भन्दा ठुलो उपलब्धी हो , अर्थात सबै बढ़ी महिला हिंशा हुदा का प्रधानमन्त्री बोर्ड फस्ट प्रधानमन्त्री .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु