यस्तो छ न्यूजविकको अन्तिम अंक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यस्तो छ न्यूजविकको अन्तिम अंक

८० वर्ष पूरानो अमेरिकी पत्रिका न्यूज विकले आफ्नो अन्तिम अंक प्रकाशन गरेको छ । अब न्यूज विकका पाठकले कागजी पत्रिका पढ्न पाउनेछैनन्, न्यूजविकका समाचार पढ्न अनलाइनको भर पर्नुपर्नेछ ।

न्यूजविकको अन्तिम संस्करणको कभर पेजमा ब्लाक एण्ड ह्वाइट तस्वीरमा म्यानहटनस्थित पत्रिकाको मुख्यालयको तस्वीर छ र त्यसको माथि लेखिएको छ- अन्तिम पि्रन्ट संस्करण ।

पत्रिकाका प्रधान सम्पादक टिना ब्राउनले न्यूजविकको अन्तिम अंकमा भनेकी छिन्, ‘न्यूज विकको अन्तिम संस्करण तपाइँको हातमा छ । अब अर्को हप्ता अर्थात् जनवरीको पहिलो हप्ता न्यूजविक तपाइँको आइप्याड, किन्डल तथा मोबाइलमा उपलब्ध हुनेछ । फेब्रुअरीबाट पूर्ण रुपमा विकशित डिजिटल न्यूजविक प्राप्त हुनेछ ।’

लगातारको घाटासँगै न्यूजविकले पि्रन्ट संस्करण बन्द गर्ने निर्णय गरेको हो ।

One Comment on “यस्तो छ न्यूजविकको अन्तिम अंक”
  • राजीव तामांग wrote on 27 December, 2012, 17:57

    25 वर्ष पछि कान्तिपुर, नागरिकको पनि यही हविगत हुन्छ.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु