बिश्वकै अग्लि किशोरी, ब्याईफ्रेण्डलाई किस गर्न आधा निहुरिनुपर्छ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बिश्वकै अग्लि किशोरी, ब्याईफ्रेण्डलाई किस गर्न आधा निहुरिनुपर्छ

यो माया भन्ने चिजै यस्तै हो-जहाँ जात, धर्म, बर्ण केही कुराले पनि रोक्दैन् । प्रेमी वा प्रेमिकाको उचाईले त पबित्र मायालाई कसरी बन्देज लगाउन सक्छ र ?

तस्वीरमा देखाएको ब्राजिलीयन जोडीलाई हेर्नुस् । किशोरी हुन् १७ बषिर्य एलिसानी डा क्रुज सिल्भा । उनको उचाई छ-६ फिट ८ इन्च । अनि उनको हात समाएर हिड्ने युवक हुन् २२ बषिर्य उनका प्रेमी, जसको उचाई छ ५ फिट ४ इन्च ।

आफूभन्दा एक फिट ६ इन्च होचो उनका प्रेमीलाई चुम्बन गर्न यी किशोरीलाई बाँसझैं निहुरिनुपर्छ । हालै ब्राजिलको समुद्री किनारामा रोमान्स गर्दै गरेको अबस्था यो अनौठो जोडी भेटियो । एलिसानी बिश्वकै अग्लि किशोरी हुन् ।

तर यसले उनीहरुको मायामा कुनै असर गरेको छैन् । एलिसानी भन्छिन-’अरु मानिससँग उसले गर्ने ब्यबहार निकै मन पर्छ, अझ उसले मसँग गर्ने ब्यबहारले त म साँच्चिकै भुतुक्क हुन्छु ।’

‘एउटै समस्या के हो भने जव हामी हात समाएर हिड्छौं, उ मेरो सानो भाई वा छोराजस्तो देखिन्छ ।’- मोडल बन्ने सपना बोकेकी यी किशोरीले भनिन् । प्रेमी फ्रान्सिनाल्डो निर्माण मजदुर हुन् । प्रेमीका अग्लि भएपनि उनलाई खासै समस्या छैन् । ‘उनी अग्लि त छिन तर खासै फरक पर्दैन, किनकी उनी निकै सुन्दरी छिन, मायालु छिन ।’

एक अर्कालाई कसरी अंकमाल गर्नुहुन्छ भन्ने प्रश्नमा फ्रान्सिनाल्डो भन्छन-’सवै काम गर्ने हाम्रा आफ्नै तरिका हुन्छन, उनीसँग हुँदा म निकै रिल्याक्स महसुस गर्छु, बाँकीले के भन्छन मलाई मतलव छैन् ।’

उचाई निर्धारण गर्ने पिट्यटरी ग्ल्याडमा आएको ट्युमरका कारण उनको उचाई अस्वभाविक तरिकाले बढेको चिकित्सकहरुले बताएका छन् । अहिले उनको ट्युमर निकालिसकिएको छ र उचाई बढ्ने क्रम पनि रोकिएको छ । धेरै उचाईकै कारण सानोमा उनी स्कुल बस चढन सक्दैनथिइन, स्कुलमा साथीहरुले जिस्काउँथे । जसले गर्दा उनले बिचमै पढाई छाड्नुपर्‍यो । उनी अहिले एउटा सानो घरमा आमा, बहिनी र सौतेलो बाउसँग बस्छिन् ।

किस खाँदै एलिसानी र उनका प्रेमी । एलिसानी अधिकांश समय प्रेमीलार्इ किस गर्न रूचाउँछिन् ।

यो जोडी निकै खुसी छ । एलिसानी आफ्नो प्रेमीलाई निकै माया गर्छिन ।

१७ वषिर्या यी युवती मोडर बन्न चाहन्छिन् ।

एलिसानी जतिकै अग्लो हुन उनको प्रेमीले अपनाएको उपाय र आमा र बहिनीसँग

भिडियो हेर्नुहोस

एजेन्सीको सहयोगमा ।

 

10 Comments on “बिश्वकै अग्लि किशोरी, ब्याईफ्रेण्डलाई किस गर्न आधा निहुरिनुपर्छ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु