लेखनाथ साहित्य पुरस्कार दीक्षितलाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लेखनाथ साहित्य पुरस्कार दीक्षितलाई

लेखनाथ साहित्य प्रतिष्ठान नेपालबाट यस वर्ष लेखनाथ साहित्य पुरस्कार साहित्यकार मदनमणि दीक्षितलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृतिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने राष्ट्रिय व्यक्तिलाई हरेक वर्ष ५० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिँदै आएको छ ।प्राडा रविलाल अधिकारीको संयोजकत्वमा रहेको चार सदस्यीय छनौट समितिले साहित्यकार दीक्षितलाई छनौट गरेको हो ।

यसैगरी प्रतिष्ठानद्वारा वितरण गरिने यस वर्षको कुन्तीदेवी शिक्षा पुरस्कार लक्ष्मी उच्च मावि अर्घौकी सपना दाहालले प्राप्त गर्ने भएकी छन् । उनले २०६८ सालको एसएलसी परीक्षामा लेखनाथ नगरपालिकाबाट छात्रामध्ये सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकाले उक्त पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । पुरस्कारको राशि दश हजार रहेको छ ।

One Comment on “लेखनाथ साहित्य पुरस्कार दीक्षितलाई”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु