प्रचण्ड नेतृत्वको गठवन्धनले फेरि पुनःस्थापनाको कुरा उठाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रचण्ड नेतृत्वको गठवन्धनले फेरि पुनःस्थापनाको कुरा उठाउने

१० पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास गर्ने भएको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको गठबन्धन सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि लचकता अपनाउने र त्यसो हुन नसके संविधानसभा पुनःस्थापना गरेर अगाडि जाने निष्कर्ष निकालेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

गठबन्धनले पटक पटक राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रयास गरे पनि विपक्षी काँग्रेस र एमाले आफ्नै अडान राखेर देशलाई सङ्कटतर्फ धकेलेको समेत निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो । विघटित संविधानसभाले पारित गरेका विषयलाई लिपिबद्ध गर्न त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको गठबन्धनले ठहर गरेको प्रवक्ता सिंहले बताउनुभयो ।

गठबन्धन सचिवालय बैठकले पूर्ण बैठकका लागि कार्यसूची मात्रै तय गरेको छ । ”राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा गठबन्धन सचिवालय बैठकले एजेन्डा तय गरेको र आज तयार भएको एजेन्डा गठबन्धनको पूर्ण बैठकमा राखिन्छ र सोही बैठकबाट पारित गरिन्छ ।” प्रवक्ता सिंहले भन्नुभयो । रासस

3 Comments on “प्रचण्ड नेतृत्वको गठवन्धनले फेरि पुनःस्थापनाको कुरा उठाउने”
  • Raj wrote on 25 December, 2012, 16:25

    चुनाब गर्ने मन छैन ….पुराना कुराहरु निकालेर बाझो हालनु पर्यो नि फेरी ….जनाताहरू संग डराउने कुरे छैन …सबै लाटा हुन कहिले केही गर्न सक्दैनन नेताहरुलाई राम्ररी थाहा छ ….जनताहरू संग नेताहरुलाइ चलाउने लगाम हुनु पर्छ अनि मात्र देशको केही हुन्छ नत्र जहिले नि नेता लुटने जनताहरू हेरेर बसि राख्ने …..अहिले सम्मको जस्तै ….!!!!!!!!!!

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 26 December, 2012, 12:12

    Maobadi le Je upaya nikale pani kangres,amale sahamati vadna matra janeko 6. Des bigarne ra jantako adhikar mathi khelwad garne bahek aru janeko 6aina.

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    People Reply:

    yo man6e baburam le je vane pani hun6 van6…..ab 1 din aafai dekhne 6…..!!!!!!!!!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु