नेपाली चेलीको बिक्रि: मुम्बईमा घट्यो, खाडीमा बढ्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली चेलीको बिक्रि: मुम्बईमा घट्यो, खाडीमा बढ्यो

११ पुस, काठमाण्डौं । मुम्बई कुनै बेला नेपाली चेलीहरु सबैभन्दा बढी बेचिने सहरका रुपमा चिनिन्थ्यो । तर, यतिबेला मुम्बईमा बेचिने नेपाली चेलीको संख्या घट्न थालेको छ ।

झन्डै दुई दशकदेखि चेलीबेटी बेचबिखन रोकथाम, कोठीहरुबाट चेलीहरुको उद्धार तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको रेस्क्यु फाउन्डेसन मुम्बईकी अध्यक्ष त्रिवेणी अचार्यका अनुसार बढ्दो जनचेतना, अधिकारवादी संघसंगठन र सुरक्षा निकायको सक्रियताका कारण नेपालबाट मुम्बईमा नेपाली चेली बेच्न लैजाने क्रम घटेको राजधानी दैनिकमा खबर छ । अशिक्षा, गरिबी, अभाव, अज्ञानताका कारण नेपाली चेलीहरु मुम्बईमा बेचिने क्रम नरोकिएपनि बेचिने नेपाली चेलीहरुको संख्या भने ह्वात्तै घटेको आचार्यले बताईन् ।

उनले भनिन् ‘केही समयअघि मुम्बईमा बेचिने ९९ प्रतिशत नेपाली चेली हुन्थ्ये । अहिले यो संख्या घटेर ५ प्रतिशतमा पुगेको छ ।’ चेलीबेटी बेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र प्रचारप्रसारका कारण यो क्रम घटेको उनले बताइन् ।

नेपाली चेलीहरु अहिले भने खाडी मुलुकमा बेचिने गरेको आचार्यले बताईन् । मुम्बई लैजान असफल भएपछि अहिले नेपाली चेलीहरुलाई दलालहरुले खाडी मुलुकहरुमा पुर्‍याउन थालेका छन् । वैदेशिक रोजगारको बाहना बनाएर खाडी मुलुक लगिएका चेलीहरु नै यौन शोषणमा पर्ने गरेको रेस्क्यु फाउन्डेसनकी अध्यक्ष आचार्यले भनिन् ।

5 Comments on “नेपाली चेलीको बिक्रि: मुम्बईमा घट्यो, खाडीमा बढ्यो”
  • Hoom shahi wrote on 26 December, 2012, 3:55

    Yesko lagi government nai sakriya hunu paryo sathai ngo ingo ra sabai nepali pani sachet hunu paryo.cheli bech bikhan garne lai sabsi dekhne thsuma jhundyaira mirtu danda dinu paryo. Yesto kam aaru kasaile pani garne aat nagaros.thanks

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aasthathapa wrote on 26 December, 2012, 4:49

    yo sab dekha sikhi samajh ma avab ra fashion le nimtyayako ho

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Thir wrote on 26 December, 2012, 5:34

    Sarkarlai roknu paro asanti janatalai dinuparyo aafnai dhaisma rojgar

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chhining lal thapa magar wrote on 26 December, 2012, 8:50

    all right.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • आनंद शाक्य wrote on 26 December, 2012, 13:43

    हाम्रो एक्सपोर्ट अरु के छ ? महिला एक्सपोर्टको रेमित्यांसबाट चेलेको देश हो हाम्रो. थुक्क…..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु