आज मिति २०६९ साल पुस महिनाको ११ गते बुधबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले कांग्रेस सभापति सुशील कोइरालाले पार्टी सिद्धान्तमा घुँडा टेकेर आफु प्रधानमन्त्री नबन्ने घोषणा गरेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै राष्ट्रपति रामवरण यादबलाई बनारसको हिन्दु विश्व विद्यालयले मानार्थ विद्यबारिधि -डक्टरेट अफ ल)को उपाधि ग्रहण गरेको समाचारलाई पनि प्राथमिकताकासाथ छापेका छन् ।