बाँसबारीले आरसीटीको अपराजित यात्रामा पूर्णविराम लगायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बाँसबारीले आरसीटीको अपराजित यात्रामा पूर्णविराम लगायो

११ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेलिगेशनबाट बच्न संघर्षरत  बाँसबारीले लिग लिडर रानीपोखरी कर्नर टिम आरसीटीलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा २-० को अप्रत्यासित नजिता निकाल्दै बाँसबारीले पहिलो जित दर्ता मात्र गरेन, आरसीटीको अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ । हारपछि आरसीटीले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दुरी बढाउने मौका गुमाएको छ ।

आरसीटीको ९ खेलबाट २० अंक छ भने दोस्रो स्थानमा रहेको थ्रीस्टारको ८ खेलबाट १९ अंक छ । बाँसबारी भने ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाँसबारीको जितमा विदेशी खेलाडी मोमोडू नायक बने । खेलको २७ औं मिनेटमा गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका मोमोडूले ४७ औं मिनेटमा अग्रता दोब्बर पारे ।

आरसीटीले खेलको ५४ औं मिनेटमा पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेन । युगलकिशोर राईको प्रहार बाँसबारीका गोरक्षक अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे । आरसीटीले खेलमा र्फकने प्रयास गरेपनि सकेन र पहिलो हार स्वीकार गर्न बाध्य भयो ।

अर्को खेलमा हिमालयन शेर्पाले बौद्धलाई १-० गोल अन्तरले पराजित गरेको छ । हिमालयन शेर्पाको जितमा हेमन गुरुङले ७० औं मिनेटमा निर्णायक गोल गरे । जितपछि हिमालयन शेर्पा ९ खेलबाट १० अंकका साथमा नवौं स्थानमा उक्लिएको छ भने बौद्ध १ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

4 Comments on “बाँसबारीले आरसीटीको अपराजित यात्रामा पूर्णविराम लगायो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु