प्रचण्ड र प्रमसमक्ष ‘र’ले राख्यो यस्तो प्रस्ताव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रचण्ड र प्रमसमक्ष ‘र’ले राख्यो यस्तो प्रस्ताव

११ पुस, काठमाण्डौ । यतिबेला राष्ट्रपति डा. रामबरण यादव दिल्लीमा हुनुहुन्छ । आजैदेखि उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च नेताहरुलाई भेट्नुहुनेछ । बिश्वबिद्यालयको उपाधि लिन बनारस पुगेका राष्ट्रपति दिल्ली पुगेर किन राजनीतिक खुसामत गर्न खोजे भन्नेबारे टिकाटिप्पणी भइरहेका बेला उनैलाई सक्रिय पार्ने भारतीय प्रस्ताव खुलासा भएको छ ।

बिदेश मामिला हेर्ने भारतीय गुप्तचर संस्था ‘र’का प्रमुख सञ्जीव त्रिपाठी अर्को महिना प्रमुख बन्न लागेका आलोक जोशीसहित १५ दिन अघि नेपाल आएर एउटा प्रस्ताव गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेतालाई भेटेर राजनीतिक गतिरोधको गाँठो फुकाउने सम्बन्धमा केही प्याकेज प्रस्तुत गरिएको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ ।

समाचारमा उल्लेख भएअनुसार राष्ट्रपति डा. रामबरण यादवको नेतृत्वमा सेना, प्रहरीका भूतपूर्व हाकिमहरु र केही ब्युरोक्र्याटलाई राखेर सल्लाहकार समिति बनाई तत्कालका निम्ती शासन चलाउने दक्षिणको प्रस्ताव रहेको समाचारमा उल्लेख गरिएको छ ।

माओवादी पदाधिकारीको वैठकमा पनि यी प्रश्नमाथि बहस भएको थियो । अध्यक्ष प्रचण्डले समेत यस कुरालाई स्वीकार गर्दै भने- उनीहरु आएका हुन् तर हामीले अहिलेलाई त्यसरी जान सम्भव छैन भन्ने जवाफ दियौं ।’ वैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खासै नबोले पनि यसअघिको केन्द्रीय कार्यालयको वैठकमा भने केही कुरा राखेका थिए ।

उनको भनाई थियो- ‘उनीहरुका दशथरी कार्ड हुन्छन, त्यसमध्ये एउटा फालिदिएका हुन् ।’

 

5 Comments on “प्रचण्ड र प्रमसमक्ष ‘र’ले राख्यो यस्तो प्रस्ताव”
  • Kam na lagne neta. wrote on 26 December, 2012, 4:12

    Nepal ma kaile pani swatantra nirnaya na hune vayo.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Samikshya Giri wrote on 26 December, 2012, 5:08

    माओवादी पहिले देखी नै रअको एजेन्ट हो नि। एसडी मुनिले नै भन्या हैन र। बाबुराम जिको त कुरै नगरम। यसबारेमा एउटा मुद्धा पनि परेको थियो के हो, कसले लेखमा बाबुरामलाई रअको एजेन्ट भनेको भनेर, विश्वदीपले मुद्धा हाले झैं लाग्छ।

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Padam Kumar Rai wrote on 26 December, 2012, 6:26

    भारतको चाकरी नगरि नेपालको नेताहरूले राजनीती नै गर्न नसक्ने भए,
    नेपालमा ? कम्निस्ट, गणतंत्र, प्रजातंत्र, लोकतंत्र जो सुकै आए पनि अन्तिममा
    भारतको शरण लिन गईहाल्दोरहेछ, यस्ता नेताहरुको के काम अब नेपालमा ???

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • naren wrote on 27 December, 2012, 2:00

    as expected

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • arun wrote on 28 December, 2012, 2:11

    they are agent of raw so they are in exam yaar no thing new but most important issue is what can we do against to them

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु