नुवाकोटमा सवारी दुर्घटना, एकको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नुवाकोटमा सवारी दुर्घटना, एकको मृत्यु

कपिलदेव खनाल

११ पुस, काठमाण्डौं । नुवाकोटमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बट्टार बजारमा मोटरसाइकलले ठक्करबाट विदुर नगरपालिका वडा ४ का विक्रम कुमालको मृत्यु भएको हो ।

कुमाललाई बा १० प ८२५१ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । पञ्चकन्या सामुदायिक अस्पतालमा उपचार पछि थपको लागि त्रिशुली अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो । मोटर साइकल चालक राइसिंगका दिपक तामाङ प्रहरीको नियन्त्रणमा छन् । उनी पनि गम्भिर घाइते भएका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु