काम खोज्दै सवा दुई लाख विदेशिए, फर्केपछि ऋण लिनै सास्ती :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

काम खोज्दै सवा दुई लाख विदेशिए, फर्केपछि ऋण लिनै सास्ती

११ पुस, काठमाण्डौं । विदेशबाट फर्केकालाई ऋण लिन कठिन रहेको छ । सरकारले वैदेशिक रोगारीबाट फर्केकालाई दुई लाख रुपैयाँ दिने भने पनि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले भने बैंकबाट ऋण दिने र व्याजवापतको ६० प्रतिशत मात्रै बोर्डले दिने बताएपछि कामका लागि विदेशबाट फर्केका थप समस्यामा परेको सौर्य दैनिकमा खबर छ ।

त्यस्तै उदाहरण बनेका छन् । दोलखाका हरि श्रेष्ठ । उनले साउदी अरबमा दुई बर्ष काम गरेर ६ महिना अघि फर्किएका हुन् । विदेश जाँदा लागेको ऋण तिरेर उनले ५० बाख्रा पालनको योजना बनाए पनि सरकारले भने जस्तो ऋण पाएनन् । गाउँमा उत्पादनमूलक क्षेत्रमा काम गर्ने मनस्थिति बनाएका उनी अहिले पुनः साउदी अरब जाने तयारीमा छन् ।

काम खोज्दै सवा दुई लाख विदेसिए

चालू आर्थिक बर्षका पाँच महिनामा वैदेशिक रोजगारीका लागि २ लाख २० हजार ७४ नेपाली युवा विदेसिएका छन् । यो संख्या गत बर्षको भन्दा १५ प्रतिशत अर्थात २३ हजार ६ सय ३६ बढी रहेको कारोबार दैनिकमा खबर छ ।

पाँच महिनामा सवैभन्दा बढी मलेसियामा ६५ हजार २ सय ८१ जना गएका छन् । त्यस्तै साउदीमा ३२ हजार एकसय ३०, कतारमा २६ हजार ४ सय १६ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै आजको नागरिक दैनिकले बाग्लुङका कृष्णप्रसाद पौडेलले गाइपालनबाट राम्रो आम्दानी लिएको खबर छापेको छ । उनले महिनामा तीन लाख रुपैयाँको दूघ बेच्ने गरेका छन् । उनले यो कमाई परदेशको भन्दा राम्रो रहेको बताए । पौडेलले जग्गा भाडामा लिएर १४ गाई र २४ भैंसी पालेका छन् । उनले चाँडैनै गाइ भैसीको संख्या ६० पुर्‍याउने लक्ष्य राखेका छन् ।

इलामको जमुना गाविसको एकै परिवारका सात दाजु भाई वैदेशिक रोजगारीमा गएका छन् । उनीहरु कमाउन खाडी मुलुक गएपछि परिवारको आर्थिक स्तरपनि माथि उठेको छ ।

जमुना ८ का खोमबहादुर गुरुङ, रोम, ज्ञानबहादुर, भक्तबहादुर, रेखमान, मनबहादुर र रुद्रबहादुर एकै आमा बाबुका सन्तान हुन् । उनीहरु सवैको गरी मासिक आम्दानी तीन लाख रुपैयाँ बराबर हुने गरेको ज्ञानबहादुरले बताए ।

24 Comments on “काम खोज्दै सवा दुई लाख विदेशिए, फर्केपछि ऋण लिनै सास्ती”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु