११ पुस, नयाँदिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवले कुटनीतिक मर्यादा बिपरित भेटवार्ता गरेको भन्दै कुटनीतिका जानकारहरुले आपत्ति जनाएका छन् ।
पाँच दिने औपचारिक भ्रमणमा दिल्लीमा रहनुभएका राष्ट्रपति यादवले बुधबार राष्ट्रपति, प्रधानमन्त्री, बिदेशमन्त्री र बिपक्षी दलका नेताहरुलाई पनि भेट्नुभयो । प्रोटोकलमा प्रधानमन्त्रीभन्दा माथि नेपालका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई उहाँकै निवासमा पुगेर भेट्नुभयो ।
कुटनीतिज्ञहरुले प्रोटोकलमा तल रहेका प्रधानमन्त्रीलाई उहाँकै निवासमा पुगेर भेट्नु र भोजन गर्नुलाई मर्यादाविपरित भन्दै त्यसले मुलुकको बेइज्यत भएको प्रतिक्रिया दिएका छन् । सामान्यतयाः राष्ट्रपति बसेकै होटलमा प्रधानमन्त्री भेट्न जाननुपर्नेमा नेपालका राष्ट्रपतिले मर्यादा बिर्सेर प्रधानमन्त्रीकहाँ पुगेको उनीहरुको तर्क छ ।
‘राष्ट्रपतिको भ्रमणमा प्रोटोकल त भद्रगोल नै देखियो’ कूटनीतिज्ञ एवं पूर्वराजदूत डा. जयराज आचार्यले अनलाइनखबरसँग भन्नुभयो- ‘यस्तो मर्यादाविपरित काम गर्न सल्लाह दिने राष्ट्रपतिका बिदेश मामिला र प्रेस सल्लाहकारलाई निलम्बन गरिदिए हुन्छ ।’ उहाँले यस्तो भद्रगोलबारे आफुलाई टिप्पणी गर्न पनि लाज लागेको बताउनुभयो ।
परराष्ट्र मामिलाका जानकार एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका तत्कालिन बिदेश मामिला सल्लाहकार राजन भट्टराईले कुनै पनि देशका राष्ट्रपतिले प्रधानमन्त्रीलाई निवासमै पुगेर भेटेको आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।
भारतका लागि पूर्वराजदूत दुर्गेशमान सिंहले पनि राष्ट्रपति प्रधानमन्त्रीलाई भेट्न उहाँको निवासमा जानु सामान्य अभ्यास नभएको र यो राम्रो नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भारतमा नेपालका राजदूत नहुँदा पनि यस्तो समस्या आएको हुनसक्ने बताउनुभयो ।
यसअघि बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रमलाई पनि राष्ट्रपतिलाई पहिले भनिएको भन्दा फरक उपाधिबाट सम्मान गरिएको थियो । ‘डक्टर अफ लेटर्स’ दिने भनिए पनि ‘डक्टर अफ ल’ को उपाधि प्रदान गरिएको थियो । आचार्यले भन्नुभयो- उहाँले जे सम्मान थाप्नुभयो, त्यो कुनै पनि देशका राष्ट्रप्रमुलाई दिने चलनै छैन् ।’
भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
राष्ट्रपति डा. यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटमा यादवले भारतीय समकक्षी मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको हो ।
जवाफमा भारतीय राष्ट्रपतिले आफू नेपाल आउन इच्छुक रहेको र उपयूक्त समय मिलाएर आफू नेपाल आउने बताउनु भएको स्रोतले बताएको छ । नेपालका हरेक प्रधानमन्त्री र राष्ट्रपति भारत जाने गरेपनि भारतीयहरु नेपाल आएको भन्दै धेरै समय भइसक्यो । नेपाल मामिलाका जानकार समेत रहेकमा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन, नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राख्नु भएको थियो ।
भारत राष्ट्रिय सहमति बनाउने प्रयासमा
यसैवीच राष्ट्रपति डा. यादवसँग उपराष्ट्रपति हमिद अन्सारी, काग्रेस आई कि अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री सलमान खुर्सिद, राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठी, भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका बरिष्ठ नेता सीताराम येचुरी र कांग्रेस आईका महामन्त्री जनार्दन द्विवेदीले भेटवार्ता गर्नु भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, सहमतिको सम्भावना, निर्वाचन र राष्ट्रपतिको कदमको विषयमा चासो ब्यक्त गरेका थिए । सोनिया गान्धीले नेपालमा सहमतिमा निर्वाचन भएर राजनीतिक स्थायीत्व हुन्छ कि हुँदैन भनेर चासो राख्नुभएको थियो ।
भेटपछि भारतीय विदेशमन्त्री खुर्सिदले भारत नेपालमा राष्ट्रिय सहमति जुटाउन प्रयासरत रहेको बताउनुभएको छ । भारतले नेपालमा शान्ति र स्थिरता कायम भएको हेर्न चाहेको भन्दै उहाँले भन्नुभयो-’नेपालको राजनीतिक प्रक्रिया र राष्ट्रिय सहमति बनाउने प्रयासमा भारत छ । हामी सँधै भारतको पक्षमा छौं ।’ नेपाल र भारतको ऐतिहासिक सम्बन्धका कारण पनि नेपालको मामिलामा भारतको चासो स्वभाविक भएको उहाँको भनाइ छ ।
नेपालमा सहमतिमा निर्वाचन हुनुपर्छ भन्ने भारतको मत रहेको भन्दै उहाँले दलहरु मिल्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
Indian bidesh Mantri n Bharat nai ho sahamatiko badhak…
Like or Dislike:
16
6
[जवाफ फर्काउनुहोस्]
प्रणव दादा नेपाल आउने. ल राम्रो छ. स्वागत
Like or Dislike:
10
20
[जवाफ फर्काउनुहोस्]
Yo vanda beijet k hunxa nepal ko ! kasto hola
Dohoti na ho khayal nagaru vetna gaihalexa xixixi
Man,maryada,pratista birseko rastapati vanauda
Yesto pani hunxa ? afno position samalnu
Nasakne le desh ko lagi k garna sakxa ? Bichara
Nepali le rish garera k garnu gukhai halyo.
Like or Dislike:
16
8
[जवाफ फर्काउनुहोस्]
krishna Reply: December 27th, 2012 at 6:48 am
TOPI JASTO NADINALA TA BECHEKO CHHAINA NI
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
SAMEER Reply: December 28th, 2012 at 3:39 am
daure harule satabdiyoo dekhi desh becera kahyoo!!! yesta nic soach vaye ka kancha haru lain key vhanee>>>> oh sshb jeee haru>>>> bahadur giri garna bharat dhoti haru kai ma jane abasatha cha >>ehh dhake haru koo!!! thuka phake haruu>>>>
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो नेपाल को राष्टपतिको नाम को तोर्मे लाई के था राष्ट सम्मान ,
Well-loved. Like or Dislike:
43
7
[जवाफ फर्काउनुहोस्]
Mr nepal Reply: December 26th, 2012 at 7:34 pm
Good
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
आचार्यले भन्नुभयो- उहाँले जे सम्मान थाप्नुभयो, त्यो कुनै पनि देशका राष्ट्रप्रमुलाई दिने चलनै छैन् ।’
Do you have knowledge Mr. Acharya?
on May 3, 1961, President John F. Kennedy received an honorary Doctor of Laws degree from George Washington University.
JFK is american President Jan 1961-1963
Like or Dislike:
13
25
[जवाफ फर्काउनुहोस्]
ABC Reply: December 26th, 2012 at 6:40 pm
so what? he received from his own country. Our president is receiving from another country. Do you have knowledge on it Khanal?
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
suman joshi Reply: December 26th, 2012 at 10:24 pm
President John F. Kennedy received an honorary Doctor of Laws degree from George Washington University.
उनले त आफ्नै देशको विश्वविद्यालयले दिएकोपो लिएको हो त।
तर कुनै बिदेशी विश्वविद्यालयले दिएकोपो लिएको छैन भनेको त मित्र। समाचार राम्ररी पढेर मात्र कमेन्ट गरेको राम्रो हो नि।
धोतिले जे दिए पनि लिने बनि छाड्नु हाम्रा राष्ट्रका प्रतिनिधिहरुले।
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
Prashant Reply: December 26th, 2012 at 10:48 pm
Pitambar Khanal Jee,
Tapai ko comment ma 6 like 8 dislike aaye cha. Yi huun NEPALI JANTA.
Aba kasari banaunu desh? Janta jasta chan tei anusar ko neta chan ni hamro desh ma hoina ta?
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Naba Reply: December 26th, 2012 at 10:50 pm
That was the storey of a century ago and the university & president were american! Aafno desh bhitra ta doctoral degree hoina, SLC kai degree liye pani kasale kehi bhandaina ni Khanal bro!
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
kshiteez Reply: December 27th, 2012 at 12:36 am
JFK was American and the University was also American… it means any University in Nepal too, can Honor their Presidents… not only University…even people… ‘Rastrapati lai Nagarik Samman’ dina sakchhan afnai desh ka janata le… kunai pani primary school le samet afno ‘Alumni’ ko membership dina sakchhan… but if the country is different, then there should be clear clause that ‘honor’ can be or would be given to foreigners…
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
प्रधानमन्त्रि हुन् या रास्ट्रपति, नेपाल मा स्थायित्व भयन भनेर भारत पुगेर सबै संग भेटि बिलौना गर्नु राम्रो हैन / यसले दुरगामी राजनीति मा राम्रो प्रभाब पर्दैन / यसरि बिलौना गर्ने र टीको थाप्ने चलन को अन्त्य हुनु पर्छ /
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Nepalko ser jhukaauna kohi paxi parne vayena dhane ho nepalkaa rastrapati jyu
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Rastrapati le afno adhikar vanda bahira gayo.yo ramro abasya hoina.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
प्रोटोकोल राष्ट्रको शक्तिमा भर पर्छ. भारतको प्रधानमंत्री अमेरिका जांदा सानो सेक्रेटरीको आफिसमा पनी पश्छ. यस्ता कुरा अपरिपक्व हुन.
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
ram Reply: December 27th, 2012 at 2:58 pm
यो नेपाली शीर झुकाई नतमस्तक….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
KATHI NA BIDWAN HARU JASTO COMMENT GAREY KO GUYS!!!!!! speaking & commentinG shows ur abulity>>>> keep going!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nepal ko rstra pramukhle bidesh gayera aafno haisiyat manmaryada birsera bharat samu lampasar parnu, ekdamai thulo beijat ra bhul ho.yest kriya kalap le nepal ra nepali ko sir jhukne kam vako6.yeska sallaha kar harulai karbahi garnu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]