११ पुस, काठमाडौं । काभ्रेको साँगामा मल्लकालिन निर्माण शैली झल्काउने घरहरुको बिशेष नमूना गाउँ बन्ने भएको छ ।
काभ्रेको साँगास्थित सरस्वती डाँडामा रहेको ५४ रोपनी क्षेत्रफलमा मल्ल कालको झल्को दिनेगरि ५० वटा घर बनिरहेका छन् । जसको बाहिरी स्वरुपमात्र हैन, भित्री निर्माण पनि मल्लकालको जस्तै हुने छ । काठमाण्डौमा बनेका पश्चिमा शैलीका हाउजिङको बिक्रि निराशाजनक रहेका बेला पुराना शैलीका घरहरुको बिक्रि थालिएको छ ।
‘अब बन्न लागेका घरहरुमा चोटा, दलिन, थाम, बुईगल, पिढिको स्वरुप सृजना हुनेछ ।’ योजनाका संयोजक रविन्द्र पुरीले भने-’नमूना गाउँमा ढुङ्गेधारा, पाटी, चैत्य, मन्दिर, चौतारो पनि हुनेछन ।’ बिभिन्न पाटीपौवा, बिद्यालय, मन्दिर पुननिर्माण गरेर भिन्न नाम बनाइसकेका पुरीले यो वस्तीमा परम्परा र सम्पदाका कुरा मात्रै रहने बताए ।
स्पेनी नागरिक फर्नान्डो पालाजुयेलोसंगको सहकार्यमा नमुना गाउँ बनाउन जुटेका पुरीले यही शनिबार गाउँमा बनेका तीनवटा नमूना घरको प्रदर्शनी तथा बुकिङ आरम्भ गर्ने भएका छन् । ७० लाखदेखि १ करोड १० लाख रुपैंयासम्म पर्ने यी घरमा ५ आनादेखि ११ आनासम्म जग्गा रहने उनको योजना छ ।
पहिलो चरणमा २० वटा मात्रै घर बुकिङ गरिने जानकारी दिंदै पुरीले बुकिङ गरेको एक बर्षपछि घर जिम्मा लगाइने बताए । ढुङ्गा, इटा, माटो र डाँचीका भिन्न स्वरुपमा बन्ने अढाइ तले घर ‘लोड बेरिङ’ पद्दतीमा आधारित हुनेछ । ‘व्यवसायभन्दा बढी सेवा र नमूना कामको अर्थमा यो योजना अघि सारेको हुँ,’उनले भने-’हाउजिङका नाममा आफ्नोपना र बास्तु शिल्पीलाई भुल्ने काम गरिनुहुन्न भन्ने मान्यता मैंले राखेको छु ।’
जीर्ण घरलाई पुनःनिर्माण गरेर परम्परागत स्वरुपमा ढाल्न पुरी निपूर्ण छन् । भक्तपुरको दत्तात्रयमा उनले निर्माण गरेको बास्तुकलायुक्त नमूना घरले सन् २००४ मा ‘युनेस्को अवार्ड’ पाएको थियो ।
good
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Ramro6 But Ali Expensive vayo.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
i like the way that Mr. puri does. we should preserve our sculpture as well as traditions. culture, mother language . Which r our identification that can explore to others proudly.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
पहिलेका पुराना घरहरु बाहेक अहिले बन्न थालेका घरहरु साच्चै नै कुरुप नै लाग्छन् हाम्रा पारम्परिक डिजाईनका घरहरुको शौन्दर्य तुलनामा । असाध्यै खुशी लाग्यो हाम्रो नेपाली सस्कृति परम्परालाई सजिब राख्ने हेतु निर्माण हुन गईरहेको यी घरहरु घर बस्ति देख्दा तर उतिकै चुकचुक पनि लाग्यो कि यो योजना मात्रै पहुच हुने बर्गलाई लिएर गरिएकोमा । यस्तो योजना निम्न मध्यम बर्गको लागि पनि भईदिए सुनमा सुगन्ध हुने थियो । नेपालमा अझै पनि धेरै प्रतिशत त निम्न बर्ग हुदै निम्न मध्यम बर्ग नै बढी छन् । यस बर्गको छेमताले पनि भ्याउने गरि / साकार रुप लिने गरि योजना बन्न सके अबका भाबि दिनमा निर्माण हुने यस्ता घरहरुले नेपालको स्वरूप कति उदाहर्णीय़ हुँदो हो संसारमै ।
Like or Dislike:
10
1

घर – भबन निर्माण कम्पनिहरुलाई यस्ता योजनामा अग्रसर गराउन हाम्रो सरकारले पनि अहम भूमिका खेल्न जरुरि छ । यस्ता योजना निर्माणकर्ताहरुलाई प्रोत्साहन दिन जरुरि छ ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
prachin ra aadhunik yuga ko design lai sangsai laijane ho bhane saharharu aditiya ra aakarshak huna sakchan..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Puri Sir, hajurko design ra kam ek dam man paryo.. hajurko email ID pauna sakinchha hola… ghar bhaneko yesto hunu parchha..salut to you..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]