अक्सर हामी अण्डा खाएपछि त्यसको बोक्रालाई फोहोरका रुपमा फदिदिन्छौं । तर, एक चिनियाँ कलाकारले यसमा अविश्वसनीय चित्र तथा मूर्तिहरु बनाएका छन् ।
चीनको सान्जि प्रान्तमा बस्ने कलाकार वेनले अण्डाको बोक्रा कुँदेर उत्कृष्ट मूर्तिहरु बनाएका छन् ।
झण्डै १० वर्षदेखि अभ्यास गर्दै आएका वेनले विजुलीबाट चल्ने रोटरी टुलको मद्दतमा अण्डाको बोक्रामा विभिन्न मूर्ति बनाएका हुन् । उनी एक हातले अण्डाको बोक्रा समाउँछन् र अर्को हालले टुल प्रयोग गरेर मिहिन ढंगले चित्रहरु कोर्छन् ।
पहिले काष्ठकलामा संलग्न वेनले आफ्नो कौशल प्रयोग गरि खेर गइरहेका कुखुरा र हाँसका अण्डाको बोक्रामा अनौठा चित्र तयार पारिरहेका छन् । अण्डाको बोक्राजस्तो कच्चा वस्तुमा यस्ता कठिन चित्र बनाउन चानचुने मेहेनत र धैर्यताले पुग्दैन् ।–एजेन्सीको सहयोगमा
art and craft le jasto pani ramro dekhin6
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
महेनत चै सारै राम्रो
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
this is new art from the eggs so i like it
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]