हराएका पाँच किशोरी भेटिए :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हराएका पाँच किशोरी भेटिए

११ पुस, सोलुखुम्बु । आइतबार बिहानदेखि हराइरहेका सोलुखुम्बुको नेचाबतासेका पाँच किशोरी ओखलुङ्गाको हर्कपुरमा फेला परेका छन् ।

आफूहरु झापा हिँडेको बताउने किशोरीहरुलाई हर्कपुरमा जाँचका क्रममा प्रहरीले फेला पारेको प्रहरी नायब उपरक्षक सुदनसिंह बस्नेतले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएर थप सोधपुछ गरी आफन्तको जिम्मा लगाइने बस्नेतले जानकारी दिनुभयो ।

हर्कपुरमा पाँचजना किशोरी मात्र भेटिएकाले उनीहरुलाई अरू कसैले लगे नलगेको सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । कम शिक्षित रहेको बस्तीबाट किशोरीहरु किन एकैपटक हिँडे भन्ने कुरा गम्भीर रहेको र झापामा उनीहरुका कोही आफन्त नरहे पनि काम खोज्न झापा हिँडेको भन्ने जवाफले घटना शङ्स्कास्पद भएको प्रहरीले जनाएको छ ।

गत शनिबार बेलुकीबाट हराएका सोही ठाउँका चारजना किशोर भने हिजै सोलुखुम्बु र ओखलढुङ्गाको सीमा नजिक भेटिएका थिए । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु