लाम्पार्टलाई हटाएर भिल्लालाई भित्राउने तयारी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लाम्पार्टलाई हटाएर भिल्लालाई भित्राउने तयारी

११ पुस, काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीको अन्तरिम प्रशिक्षक राफेल बेनिटेज फ्राङ्क लाम्पार्टलाई निकालेर बार्सिलोनाका डेभिड भिल्लालाई क्लबमा भित्राउने तयारी गरेका छन् ।

बेलायती समाचार एजेन्सीहरुका अनुसार लाम्पार्डलाई आगामी जनबरीसम्ममा अर्को क्लब खोज्न भनिएको छ । स्टामफोर्ड ब्रिजमा एक दर्जन वर्ष विताएका लाम्पार्ड भने अझै चेल्सीमा नै रहन चाहन्छन् । ‘उनी अझै चेल्सीका लागि खेल्न चाहन्छन्, उनका लागि चेल्सी सबथोक हो । तर, उनलाई अर्को क्लब खोज्न भनिएको छ’ द सनले स्रोतलाई उदृत गर्दै लेखेको छ–‘उनले विश्वास नै गर्न सकेका छैनन् ।’

चेल्सीलाई च्याम्पियन्स लिग, तीन पटक इङ्गिलस प्रिमियर लिग, चार पटक एफ ए कप र दुई पटक लिग कप जिताउन लाम्पार्डले महत्वपूर्ण भूमिका खेलेका छन् ।

समाचारमा जनाइए अनुसार बेनिटेज फर्नाण्डो टोरेसलाई साथ दिन भिल्लालाई १२ मिलयन पाउण्डमा नाउ क्याम्पबाट स्टामफोर्ड ब्रिज भित्राउन चाहन्छन् । गत सिजन क्लब फुटबलको फाइनलमा खुट्टा भाच्चिएपछि मैदान बाहिर रहेका भिल्लाले यो सिजन पनि अधिकांश समय बेन्चमा नै विताएका छन् । बार्सिलोनाका प्रशिक्षक टिटा उनलाई एकाद खेलमा मात्र केही समय मैदान प्रवेश गराउँछन् ।

यद्यपी हालै मात्र आर्सनलले भिल्लालाई क्लबमा भित्राउन चाहेको समाचार सार्वजनिक भएपनि नाउ क्याम्पले त्यसलाई अस्वीकार गरेको थियो ।

8 Comments on “लाम्पार्टलाई हटाएर भिल्लालाई भित्राउने तयारी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु