अशोक राईलाई ‘भाइ एमाले’ भन्दै आइतबार अर्को पार्टी जन्मने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अशोक राईलाई ‘भाइ एमाले’ भन्दै आइतबार अर्को पार्टी जन्मने

११ पुस, काठमाडौं । जनजातिहरुको नयाँ पार्टी ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’को घोषणा आगामी आइतबार हुने भएको छ । सामाजिक लोकतन्त्रलाई मूल सिद्धान्त एवं बहुल राष्ट्रवाद र आदिवासीबादलाई सहसिद्धान्त बनाएको यो पार्टीले पहिचानसहितको संघीयताका लागि पहल गर्ने नेताहरुले बताएका छन् ।

नयाँ पार्टीमा कांग्रेसबाट छुटि्टएका कुमार राई, एमालेबाट अलगिएका पासाङ शेर्पा, जनजाति अगुवाहरु चैतन्य सुब्बा, कृष्ण भट्टचनलगायत छन् ।

‘१५ गते आइतबार हामी पार्टीको घोषणा गर्दैछौं’ सुुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’त्यसका लागि विभिन्न समूहहरुसँग अन्तिम चरणको वार्ता गर्दैछौं ।’ उहाँका अनुसार एकीकृत संघीय समाजवादी पार्टी र संयुक्त जातीय मुक्ति मोर्चासँग सहमति भइसकेको छ भने पूर्व सभासद राजकुमार नाल्बोले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग अन्तिम चरणको वार्ता भइरहेको छ ।

‘तराईका साथीहरुसँग पनि व्यक्तिगत रुपमा कुराकानी भइरहेको छ’ सुब्बाले भन्नुभयो-’खस क्षेत्री समाजका साथीहरुसँग पनि सहकार्य गर्न सकिन्छ कि भनेर छलफलमा छौं ।’

अध्यक्षमण्डल प्रणाली अङ्गकिार गर्ने सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीको अध्यक्षमण्डल भने ठूलो हुने देखिएको छ । पार्टी गठनमा सक्रिय कुमार राईले अनलाइनखबरसँग भन्नुभयो-’३/४ सदस्यीय बनाउने प्रयास भइरहेको छ । तर, एकता प्रयासमा आएका साथीहरुलाई समेट्दा ९ सदस्यीयसम्म हुनसक्छ ।’ अध्यक्ष मण्डलमा रहेका नेताहरुले पालै पालो पार्टीको नेतृत्व गर्नेछन् । यस्तै केन्द्रीय तदर्थ समिति बढीमा ६७ सदस्यी हुने बताइएको छ । कांग्रेस र एमालेबाट बाहिरिएका र आदिवासीवादलाई स्वीकार गर्ने बहुसंख्यक जनता आफ्नो पक्षमा रहने भन्दै नेताहरुले आफूहरु नयाँ शक्तिका रुपमा आउने दावी गर्छन् ।

‘अशोक राईको पार्टी भाइ एमाले’

एमाले परित्याग गरेका अशोक राई समूहसँग सैद्धान्तिक विवाद भएपछि जनजाति अगुवाहरुले नयाँ पार्टी खोल्न लागेका हुन् । राई समूहले माक्सवादलाई नछाडेपछि जनजातिहरु दुई खेमामा बाडिएका हुन् । एमाले परित्याग गरेकाहरुले हालै मात्र अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गरिसेकेका छन् । तर, नयाँ पार्टी गठनमा सक्रिय नेताहरुले भने उक्त पार्टी ‘भाइ एमाले’ मात्र भएको बताउँछन् । पहिचानसहितको संघीयताको मुद्धा उठाएर एमालेमा विद्रोह गरेको तर, फेरि माक्सबादलाई काखी च्यापेर आफ्नो एजेण्डा छाडेको उनीहरुको आरोप छ । तर, अशोक राई समूहमा रहेकाहरु भने कांग्रेसमा असफल भइसकेको समाजिक लोकतन्त्र स्वीकार गर्नु पर्ने अडानका कारण एउटै पार्टी बनाउन नसकिएको बताउँछन् ।

10 Comments on “अशोक राईलाई ‘भाइ एमाले’ भन्दै आइतबार अर्को पार्टी जन्मने”
  • eejan wrote on 26 December, 2012, 11:59

    Kam ta kehi garne hoinou party banau
    Neta bhanaudaharu beihatiharu .timiharu
    Lai dhikarxa nepali vannuma.

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • roshan wrote on 26 December, 2012, 12:22

    aba ASshok Rai lagayatka janjati nara lagauneharu siddhine palo ayechha.

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bijay wrote on 26 December, 2012, 12:26

    Dr. Battachan President
    Dr. Chitnaya Vice President
    Kumar Rai General Secretary
    Pasang Sherpa Secretary.
    I think this would be the future of this party.

    Like or Dislike: Thumb up 1 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • आनंद शाक्य wrote on 26 December, 2012, 13:22

    उत्तरको छिमेकीको आशीर्वादले नया पार्टी खोलीन लागेको जस्तो छ.

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 26 December, 2012, 13:32

    sakti kendra ma rahane chahana.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ANUP wrote on 26 December, 2012, 15:03

    NEPAL MA HALKA BOLNA SAKE NETA PAISA VAYE HERO HEROIN KE HUNA LAGEKO XA NEPAL MA SABAI PARTY MATTRA OPEN GARXAN BA SABAI VANDA SANO COUNTRY NEPAL GARIB NEPAL SABAI VANDA DHERAI NETA RA HERO HEROIN VAYEKO PANI NEPAL

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Paluwa Upadhyaya wrote on 26 December, 2012, 15:50

    Way of fulfilling desire of getting power and earning money. Dollars may be earned by this deed.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • को भन्दा को कम | जुनै जोगी आए पनि लास्टमा त्यहि हो क्यारे ,केहि गर्छन कि भनेको त सुरु देखि नै भाग बन्द नमिलेर लाप्पा पर्ला जस्तो पो छ | सहमति भन्ने चिज यिनीहरुलाई थाहा छैन कि कसो? आफ्नै मात्रै कुरा ठिक, अरुको चाही बेठिक? केहि पाउनुको लागि केहि गुमाउनु पनि सक्नु परयो नि |

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    shera Reply:

    Khimdunge mailako koment ekdam sahi kagyo. Ab yi naya partyharule kehi neparne wala chhainan uhi ho party kholne ani bilayer jane matra hun herdai jaung na.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhumiraj Tamang wrote on 27 December, 2012, 9:11

    आदिबासी जनजाति नेत्त हरु जो कांग्रेस र एमाले परित्यक गरेर आएको भन्ने गर्छन तर यिनी हरुमा सिधान्त र विचार अनि मन्तर चाही त्यो पार्टी हरुकै बोकेर आएको छ भने तेस्त व्यक्ति हरुले आदिबासी जनजाति को लागि केहि गर्दैन,बरु उल्टो आदिबासी जनजाति हरु लाइ भाड्ने मात्र होकी?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु