युवक मृत फेला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

युवक मृत फेला

११ पुस, चितवन । चितवनको शारदा नगरका एक किशोर मृत अवस्थामा फेला परेका छन् । पश्चिम चितवनको पार्वतीपुरका २२ वर्षीय सन्तोष शाही मृत अवस्थामा आज बिहान फेला परेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सहिद स्मारक कलेज शारदानगरमा कक्षा १२ मा अध्ययन गर्ने शाही कङ्काली डाँडामा पिक्निक खाएर गएराति शारदानगर साथीको घरमा बास बसेका थिए । शौचालय गएको एक घन्टासम्म पनि नफर्केपछि ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु