काठमाडौंको सीतापाइलामा पनि बर्ड फ्लु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

काठमाडौंको सीतापाइलामा पनि बर्ड फ्लु

कसरी सावधानी अपनाउने ?

११ पुस, काठमाडौं । काठमाडौंको सीतापाइला-१ स्थित एक कुखुरा र्फममा बर्ड फ्लु संक्रमण भेटिएको छ ।

रामकोट-६ स्थित श्री मञ्जु फिड एण्ड पोल्ट्री फर्ममा बर्ड फ्लु भेटिएको दुई दिनपछि सितापाइला-१ स्थित सूर्यमोहन पोखरेलको लेयर फर्ममा बर्ड फ्लु संकक्रम भेटिएको हो । ‘अस्ती बर्ड फ्लु भेटिएको र्फमभन्दा खोल्सा पारी रहेको अर्को फर्ममा संक्रमण देखिएको छ’ पशु स्वास्थ्य निर्देशनालयका निर्देशक नारायणप्रसाद घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’हामीले आशंका लागेर हिजैबाट निगरानीमा राखेका थियौं । आज पुष्टी भएपनि नष्ट गर्न थालिएको छ ।’ उहाँका अनुसार डा. अबधेश झा नेतृत्वको र्‍यापिड रेस्पोन्स टिमले फर्ममा रहेका करिव ३ हजार कुखुरा तथा कुखुराजन्य बस्तुहरु नष्ट गर्न सुरु गरेको छ ।

श्री मञ्जु फिडका सञ्चालकले भने कुखुरा गायव गरेका थिए । सञ्चालकले सबै कुखुरा गाडेको बताएपनि बर्ड फ्लु लागेका कुखुरा बजारमा पठाएको आशंका गरिएको छ । कुखुरा नभेटिएपछि पुश सेवा विभागको टोलीले कुखुराजन्य बस्तुहरु नष्ट गरेको थियो ।

सावधानी अपनाउनुस्
काठमाडौंका दुई ठाउँमा बर्ड फ्लु भेटेपछि पशु स्वास्थ्य निर्देशनालयले सावधानी अपनाउन आग्रह गरेको छ । ‘आत्तिनु पर्ने कुनै अवस्था छैन’ घिमिरेले भन्नुभयो-’तर, सवधानी भने अपनाउनुपर्छ ।’ उहाँका अनुसार कुखुराको काँचो मासु तथा अण्डो छोएपछि सावुनपानीले राम्रो हात धुनुपर्छ भने राम्ररी पकाएर मात्र खानुपर्छ । यसैगरी सुलीजन्य बस्तुहरुको सम्पर्कमा नजाने र जानु पर्दा अवधानी अपनाउनु पर्नेछ ।

6 Comments on “काठमाडौंको सीतापाइलामा पनि बर्ड फ्लु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु