स्तन निचोर्दा क्यान्सर खल्लास :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्तन निचोर्दा क्यान्सर खल्लास

नियमित रुपमा हल्का स्तन मुसार्ने र निचोर्ने गर्दा स्तन क्यान्सरको खतरा कम हुन्छ । सायद यो कुरा उल्टो लाग्नसक्छ, किनकी आमा बनिनसकेका हरुको स्तन नियमित रुपमा निचोर्दा त्यसले स्तन क्यान्सरको जोखिम बढाउने आम मान्यता हामीकहाँ छ ।

तर अमेरिकामा गरिएको अध्ययनले भने नियमित स्तन निचोर्ने कामले स्तनमा क्यान्सर कोषको वृद्धि रोक्ने तथ्य पत्ता लगाएको हो ।

प्रयोगशालामा गरिएको अध्ययनले नै के देखाएको छ भने स्तनमा नियमित रुपमा हल्का दबाब दिइयो भने त्यसले क्यान्सरको कोषको निर्माण रोक्ने मात्र होइन सुरुवाती अवस्थामा रहेका क्यान्सर कोषलाई समेत सामान्य अवस्थामा ल्याउँछ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले यस्तो देखाएको छ । अनुसन्धानकर्ता मध्येका एक गटह्याम भेनुगोपालन भन्छन्, ‘ भौतिक बलले हाम्रो सरीरलाई प्रभावित गर्छ भन्ने कुरा मानिसहरुले सदियौँदेखि बुझेको कुरा हो, भारत्तोलकहरुका मांसपेशी मजबुत बन्छन्, यो नियम स्तन कोषको मामिलामा पनि लागु हुन्छ, त्यसैले शारीरिक बलको प्रयोगबाट स्तन कोषको विकाश र क्यान्सर कोषलाई साधारण अवस्थामा ल्याउन सम्भव हुन्छ ।’

अनुसन्धानको यो निष्कर्षपछि अब स्तनलाई नियमित दबाब सिर्जना गर्ने विशेष प्रकारका ब्रा कामयाबी हुने भन्दै विज्ञहरुले यसबाट स्तन क्यान्सरको उपचारमा नयाँ ‘क्लु’ प्राप्त भएको बताएका छन् ।

13 Comments on “स्तन निचोर्दा क्यान्सर खल्लास”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु