अब ‘माओवाद’ भन्न छाड्ने हो कि ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब ‘माओवाद’ भन्न छाड्ने हो कि ?

अरुण बराल

डिसेम्बर २६, अर्थात् चिनियाँ नेता माओत्सेतुङको १ सय १९ औं जन्मजयन्ती । चिनियाँ नेता भए पनि नेपालका कम्युनिष्टहरुले आफ्नो पार्टीको नामै ‘माओवादी’ राखेका हुनाले डिसेम्बर २६ लाई पवित्र दिनका रुपमा लिने गर्छन् । चीनले माओको जन्म दिन पारेर संसारकै द्रुत गतिको रेल सञ्चालनमा ल्याएको छ भने नेपालका कम्युनिष्ट नेताहरुचाहिँ वक्तव्यमार्फत् माओलाई सम्झिरहने छन् ।

माओवाद र विचारधाराको विवाद

कम्युनिष्ट आन्दोलनमा माओको योगदानलाई ‘माओ विचारधारा’ भन्ने कि ‘माओवाद’ कै रुपमा ग्रहण गर्ने भन्नेमा निकै ठूलो झगडा छ । एमाओवादी, नेकपा-माओवादी, मात्रिका यादवको समूह र मणि थापाको पार्टीले ‘माओवाद’ मान्दै आएका छन् भने नेकपा मसाल, नेकपा एकीकृतलगायतले ‘माओविचारधारा’ मान्दै आएका छन् । नेकपा एमालेले ०२८ सालको झापा आन्दोलनका बेला ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ भन्दै आएको थियो । ०३५ सालदेखि ०४६ सालसम्म उसले ‘माओ विचारधारा’ लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मानेकोमा हाल ‘माओविचारधारा’ छाडेर माक्र्सवाद-लेनिनवाद मात्रै मान्दै आएको छ ।

माओवादीले छाड्न थाल्यो ‘माओवाद’

जनयुद्धबाट विचलित भएको आरोप लगाउँदै एमाओवादीबाट विद्रोह गरेको नेकपा-माओवादीले आगामी पौष २५ को महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको मस्यौदा दस्ताबेजमा ‘अर्धसामन्ती-अर्ध औपनिवेशिक’ भन्ने माओको व्याख्यालाई छाडेर नेपाललाई ‘नवउपनिवेशिक’ बताएको छ । वैद्यपक्षीय माओवादीले यसरी माओको आधारभूत व्याख्यालाई नै परिवर्तन गरिसकेपछि अब माओवादको साटो माओ विचारधारा मान्नेतर्फ आफूलाई अग्रसर गराएको देखिन्छ । माओवादीले विगतदेखि भन्दै आएको के हो भने नेपाल पनि चीनको जस्तै ‘अर्ध सामन्ती-अर्धऔपनिवेशिक’ देश भएकाले नै यहाँ ‘माओवाद’ जरुरी छ ।

त्यसैगरी नेकपा एकीकृत माओवादीको गत भदौमा भृकुटीमण्डपमा सम्पन्न विस्तारित बैठकमा पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपाल नयाँ जनवादी क्रान्तिको चरणबाट समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ । नेपालमा नयाँ जनवादी चरण सकिएको हो भने झनै माओवादी भनिरहनुको कुनै अर्थ र औचित्य देखिन्न ।

चीनले माओवाद मान्दैन, नेपालमा मात्रै पूजा

चीनले आफ्ना नेता माओत्सेतुङको योगदानलाई ‘माओवाद’का रुपमा लिँदैन । स्वयं माओत्सेतुङले नै आफ्नो योगदान ‘माओवाद’ नभएको बताएका थिए । तर, नेपालमा चाहिँ माओलाई अति मूल्यांकन गरिँदै आएको छ । भारतमा चारु मजुम्दारको पालामा माओलाई आफ्नो पार्टीको अध्यक्ष मान्दै कुनै पनि कार्यक्रममा माओको तस्वीरलाई सभापति मान्ने चलन थियो, त्यहाँका कम्युनष्टिले अहिले ‘माओवाद’ भन्नु त्यति अनौठो होइन ।

माओबाट सिक्ने कुरो

माओत्सेतुङले आफ्नो देशका लागि क्रान्ति गरेका थिए । माओको त्याग, समर्पण र जनताप्रतिको निष्ठाबाट विश्वका जो कसैले शिक्षा लिनु नराम्रो होइन । तर, स्रोत नखुलेको सम्पत्तिबाट महल ठड्याउनेहरुले नै ‘माओको सादगीपनबाट सिकौं’ भन्नुचाँहि नेपालमा देखिने एक प्रकारको आडम्बर नै हुने गरेको छ । विचार, सिद्धान्त र संस्कृति सबैथोकमा माओलाई छाडिसकेपछि आफूलाई ‘माओवादी’ भन्न पनि छाड्ने हो कि ? नाममात्रै कतिञ्जेल भजिरहने ?

 

13 Comments on “अब ‘माओवाद’ भन्न छाड्ने हो कि ?”
  • om belbase wrote on 26 December, 2012, 12:00

    Nepal ma kunai pani communist party chhainan. Chhan ta kewal bivinna bad tyo pani kitab ma matra. Real ma Nepal ka communist party bhanauda haruko bad chai SATTABAD, CORRUPTIONBAD, TENDER KABJA BAD bhayeka chhan. Yiniharu sabai DRABYA PICHAS Bhaisake

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Hang Wanem wrote on 26 December, 2012, 12:16

    Kursibad natagotabad rajyako sampati lutnebad matrai chh Nepalma.

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • जिमिरे wrote on 26 December, 2012, 12:35

    कुरो सहि हो / काम नगरे पछि जे बाद माने नि तेस्तै हो /

    Like or Dislike: Thumb up 16 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 26 December, 2012, 12:39

    Maobad jindabad.

    Like or Dislike: Thumb up 4 Thumb down 23

    [जवाफ फर्काउनुहोस्]

  • सूर्य लम्साल wrote on 26 December, 2012, 13:04

    म त लेख संग सहमत छु

    Like or Dislike: Thumb up 13 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • आनंद शाक्य wrote on 27 December, 2012, 6:31

    चीनले माओ साहित्य नेपाली भाषामा अनुवाद गरेर नेपालीहरू बीच प्रचार-प्रसार गरेको कुरा कसरी बिर्सने. चीन सामर्थ्यवान छ, उसले माओका गलतीहरुलाई मेटन सक्छ. तर सरल सहज नेपालीहरु को दिल र दिमागमा जून माओवादको हिसक कीटाणुहरु तत्कालीन चिनिया प्रशासनले भरी दिएको छ, त्यसलाई कसरी सफा गर्ने. हिंसालाई माओवाद अथवा जूनसुकै वादले जायज ठहराउने प्रवृति नै गलत हो.

    Like or Dislike: Thumb up 20 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • GWW wrote on 27 December, 2012, 17:21

    माओको त्याग, समर्पण र जनताप्रतिको निष्ठा???????? MY ASS!!! Read the Chinese history again, with a different angle which is not plagued with the “communist” glass.

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • nanibabu wrote on 28 December, 2012, 12:58

    Nepali le :”LUTBAD “nam rakhe hun6,kina bhane 10 barsa luteko luker,aahile khulleyam. natra bhane hundai na va ka purba des mara ko nam ma nikasi va ko 5 kharba khai kata go? 1 citamol napayer manis himali jillam mareka 6n,tetro rakam kun bank ma 6?des ra janta ka krantikari ho??????????

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kedar gautam wrote on 29 December, 2012, 6:27

    कुरा ठीकै हो, सधै बिचार र वादहरूका ठेली च्यापेर हिड्दैमा र रटान लगाउदैमा अाफूलाइ महान क्रान्तिकारी ठान्नेले व्यवहारमा पनि क्रान्तिकारीता देखाउनु परयो नी

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kedar upadhyay wrote on 29 December, 2012, 10:48

    सिधान्त मा माओबाद तर खान बस्न पर्ने पुराना राज खराना सरह नाम काम मा निकै अन्तर लाई हामी सबै ले भुझ्नु जरुरि छ

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shiva wrote on 30 December, 2012, 5:08

    yiniharu kaha maobadi ho ra yini haru ta khao badi hun.mistakely KH ko thau ma M lekhina puge cha tyasaile sabai le maobadi bhan thane.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विनय यादव wrote on 31 December, 2012, 4:20

    मार्क्सको विचार परम्पराको चिनिया परिस्थीतीमा निरंतरता नै माओवाद हो. पार्टी, मोर्चा र जनसेनाको हतियार प्रयोग गर्दै राजनीतिक अभीष्ट हासिल गर्ने दर्शन हो माओवाद. तर नेपालका माओवादीहरू अमेरिकन र स्केंदेवीय्न्न एजेंट हून.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रकाश घले wrote on 14 January, 2013, 9:08

    म लेखक सँग सहमत छु

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु