वैतडी र पोखरा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

वैतडी र पोखरा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

११ पुस, काठमाडौं । क्षेत्र नम्बर ६ वैतडी र क्षेत्र नम्बर ८ पोखरा राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

३ खेलबाट ६ अंक जोडेको वैतडी समूह बीको विजेताका रुपमा तथा २ अंक जोडेको पोखरा उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । जनकपुर र नेपालगञ्जको समान २/२ अंक भएपनि राम्रो रन रेटका आधारमा पोखरा सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा स्थान बनाउने क्रममा वैतडीले नेपालगञ्जमाथि १० विकेठको जित हात पार्‍यो । त्रिवि कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको नेपालगञ्जले १७ दशमलव ३ ओभरमा १ सय रन जोड्दा सबै विकेट गुमायो । उसका लागि महेश क्षेत्रीले सर्वाधिक २५ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा सन्तोष भट्टले २ तथा चन्द्र साउदले २ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको वैतडीले म्यान अफ दि म्याच विनोद भण्डारीको ७६ रनको मदतमा १४ दशमलव ४ ओभरमा विकेट नगुमाई भेट्टायो । विनोदलाई सरोज रावलले २० रनमा साथ दिए ।

अर्को खेलमा क्षेत्र नम्बर ७ जनकपुरले पोखरालाई ५ विकेटले पराजित गरेपनि रन रेटमा पछि पर्‍यो र अन्तिम चारमा स्थान बनाउन असफल भयो ।

पहिले व्याटिङ थालेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । उसका लागि राहुल विश्वकर्माले अर्धशतक बनाए । जनकपुरका अनिल मण्डलले ३ तथा गोपाल सिंहले २ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको जनकपुरले १३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जनकपुरको जितमा आक्रामक ब्याटिङ गरेका म्यान अफ दि म्याच अनिल मण्डलले ५४ बलमा ३ छक्का र १० चौकाको मदतमा ९४ रन बनाए । पोखराका राहुलले ३ विकेट हात पारे ।

One Comment on “वैतडी र पोखरा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु