चीनमा हराएका नेपालीको कथा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चीनमा हराएका नेपालीको कथा

सन् २००८ मा बेइजिङ ओलम्पिक आयोजना भैरहँदा चीनमा पाइला टेकेका एक नेपाली  दयाराम दाहाल वेइजिङ्ग छिरेलगत्तै हराएका थिए। उस्तै खालका घरहरु, उस्तैखालका रुख, बाटो र गाडीहरु देख्दा उनले खुट्याउनै सकेनन् र उनी हराए ।

आफ्नो भिसा थप्न एक्लै अध्यागमनसम्म पुगे पनि नजिकको प्रहरी कार्यालयमा बसोबास दर्ता गर्न प्रहरी थाना खोज्दै हिंडेका उनी वेपत्ता भएका थिए। अन्ततः प्रहरी थाना खोज्न पुगेका उनले प्रहरीलाई खोजेनन्, प्रहरीले चाहिं खोज्यो र थाना पुर्‍याइछाड्यो।

चीनमा कुनै पनि विदेशीले अनिवार्य बसोबास दर्ता गराउनैपर्छ, नत्र ठूलो दण्डमा पनि पर्न सकिन्छ। त्यसैले भिसा लागेको पासपोर्ट लिएर प्रहरी थाना खोजेका उनी थकित पाइलासँगै हराएका थिए। आफूलाई खोजिदिन धेरै भलाद्मी र अन्य बटुवालाई हार गुहार गरेपनि कसैले भाषा नबुझ्दा उनी मानिसहरुकै बीचमा हराए । एकजना अधबैँसे पुरुषले इशारा गर्दै एउटा गल्लीभित्र छिराएपछि उनी विश्वस्त भए कि कम्तीमा अपहरणमा परियो ।

जीवनको याचना गर्दै अधवैंसेको पछि लागेका उनी एउटा भवनिभत्र पुर्‍याइए। ५ महिला र दुईजना पुरुषबाट घेरिएका उनलाई पानी पिउने ईशारा गरियो । ओठतालु सुकेपनि उनी त्रासका कारण पानी पिउने हिम्मत गर्न समर्थ भएनन्। उनीले गुहार गरिरहे पुलिसथाना पुर्‍याइदेउ । उनीलाई कम्तीमा प्रहरी घरमा पुगेपछि जीवन बच्ने आशा थियो। तर, उनको भाषा बुझ्ने कस्ले ।

घुम्ने कुर्सीमा बसिरहेकी एक महिलाले कसैलाई फोन गर्नेवित्तिकै प्रहरी भ्यानको साइरन सुनेपछि उनमा अलिकति सास जाग्यो। प्रहरी भ्यानमा चढ्दा पनि भगवानलाई भेटेझैं जीवन पाएको महसुस गरेका उनलाई प्रहरीको जिम्मा लगाउने तिनै मानिसहरुले पछि उनलाई स्वयंसेवक बनाए र उनी परदेशमा स्वयंसेवाको क्षेत्रमा अग्रसर भए। आज उनले चीनमा धेरै प्रशंसा बटुलेका छन् र सामाजिक सेवावापत् असंख्य प्रशंसा पनि कमाए ।

सन् २००८ मा नयाँ चीन स्थापनाको टण् औँ वर्षगाँठको बेला देशव्यापी समारोहको लहर चलिरहेका बेला उनी के सुर चलेर सुरुमा झण्डै अपरहणमा परेको लागेको ठाउँमा पुगे र संवाद गरे। कुनै बेला एक शब्द नजान्दा पिसाव फेर्न नपाएर छटपटाएका तिनै दयाराम दाहाल पछि त्यही कार्यालयमा पुगेर स्वयंसेवकको भूमिका खोज्दै थिए।

सन् २००८ मा बेइजिङ ओलम्पिकताका सडकमा सेवा गर्न जुटेका मानिसहरुको काम देखेर उनलाई पनि रहर पसेको थियो। सडकमा जताततै पहेँलो टी शर्ट अनि त्यसमा स्वयमसेवकको लोगो लगाएका उम्रदेखि खुम्रेसम्मका मानिसहरू देखेपछि उनी पनि एकदिन आँट गरेर सामूदायिक कार्यालयमा गएका थिए। कुनै बेला हराएर आएको मानिस भाषामा सिपालु भएर स्वयंसेवाका लागि आवेदन गर्न आएको देखेर कर्मचारीहरु छक्क मात्रै परेनन्, तत्कालै उनको मनसायलाई स्वीकार गरे।

करिब दुई महिनासम्म आफ्नो फुर्सदको समयमा तोकिएको स्थानमा गएर ज्येष्ठ नागरिक अनि बालबच्चा तथा अन्य बटुवाहरूको सेवामा जुटेपछि उनलाई धेरै चिनियाँले चिन्न थालेका थिए, चीनको शुभेच्छुक नेपाली भनेर।

ठूलो देशको मानिसले मात्रै सेवा गर्ने भन्ने होइन । सानो देशको मानिसले पनि सेवा गरेर देशको नाम फिंजाउँन सक्छ भन्ने उनको अठोट थियो। कतिले नाम नसुनेको, सुनेर पनि त्यत्ति नचिनेको नेपालको बारेमा परिचय दिने क्रममा उनले दर्जनौ स्वयंसेवाको अवसर पाए । उनको कामको प्रचार प्रसार हुन थालेपछि उनी त्यस्तो कार्यमा संलग्न पहिलो विदेशीको रुपमा पनि परिचित भए। चीन सरकारको केन्द्रिय मुखपत्र मानिने चाइना रेडियो इन्टरनेश्नललगायत सरकारी टेलिभिजन पत्रिकामा समेत अन्तर्वार्ता दिएका उनलाई नेपाल पुगेर पनि समाजसेवामै खटिने अभिलाषा पलाएको छ। सामान्य सहभागिताबाट ठुलै प्रशंसा र राज्यको सम्मान पाएका उनी भन्छन् नेपालमा गएर निस्वार्थ सामाज सेवाको लहर फैलाउने रहर छ। हो, तिनै व्यक्ति चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न ज्ञड औँ महाधिवेशनका बेलामा पनि करिब दुई हप्तासम्म स्वयमसेवक बने ।

स्वयंसेवाको कुनै पनि अवसरमा वेइजिङ् शचिङ्गशान जिल्लामा कुनै बेला बेपत्ता उनी अचेल स्वयंसेवामा खोजिने एक विदेशी बनेका छन्।

13 Comments on “चीनमा हराएका नेपालीको कथा”
  • Yonzan wrote on 26 December, 2012, 13:21

    Welldone daya ram ji, Dherai Khusi Lagyo. Tapai lai SALAM.

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    /FD' Reply:

    सिना त सिनाजोरी- दयारामजी तपाई जस्तो काम-चोर र नमक हलाल पुरै विश्वमाकोही रहेनछ। फट्याई गर्ने पनि हद-हुन्छ। मलाई तपाईको विषयमा थाहा भए अनुसार तपाईँको सासु अम्विका महतको काईँली बैहिनीको श्रीमान कृष्ण केसीको पुरा शम्रक्षकत्वोमा चाईन जानु भएको ..

    Like or Dislike: Thumb up 6 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

  • MAYA SHRESTHA wrote on 26 December, 2012, 13:23

    great job well done

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Rajendra Prajapati wrote on 26 December, 2012, 14:17

    good job

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • shailesh kc dahal wrote on 26 December, 2012, 14:26

    THANKS GOD REALLY BEST NEWS.TAPAIHARU LE GARDA MATRA TA DESH BACHEKO 6 NATRA K KO BHAR BHAYO RA DESH MA.DESH TA SINO BANAI HALE KUKUR NETA HARULE.

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • उMेश wrote on 26 December, 2012, 14:42

    यो समाचारमा अलि िचत बुझेन-
    यो समाचार धेरै कुरा खुलेको छैन्
    # Mr.दाहाल कुन खेलका खेलाडी हुन्
    # चीनको बेजिङन्गमा कसैले पनि English बुझेन भन्नु,
    #फेरी अपहण भाको भनेको छ,
    अनि लास्टमा हराको भन्दा पनि भागेको हो जस्तो मलाई लाग्यो ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 28 Thumb down 24

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 26 December, 2012, 19:26

    विदेशमा गएर आफ्नो देशमा बस्न सक्दिन सबैको ताकेता भएँ,खान लाउन पाएन भन्दै नक्कली कथा बनाएर नक्कली केश दर्ता गरेर शरणार्थी बनेर बस्यो बस्यो पछि कागज बनेपछी चर्चा मा आउन लाइ फेरी नक्कली कथा रच्यो हरायो भनेर। आफुलाई ढटुवाँ को राजा सम्झेर अरुलाई मुर्ख सम्झ्या छ कि के हो जे भन्दे पनि पत्याउछन भनेर,यी नाम बिनाको खेलाडीले।

    Like or Dislike: Thumb up 20 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

  • Ghale Dhan wrote on 26 December, 2012, 19:48

    gaf lagauchha mula harako re dherai dhatnu pardaina ho deshko lagi k hi garchha ki vanera pathako tetai lukera kam garna thalyo ani ahil ali name dam kamayepachhi chai vanna thalyo harako huna ta bahun jat ta ho ani patrakar sathiho yesto waiyat news sampresan nagareko nai ramro pahile chor ahile thulo sor chin jasto thauma feri olympic ma haraunu waiyat

    Like or Dislike: Thumb up 4 Thumb down 24

    [जवाफ फर्काउनुहोस्]

  • Ramji Rai wrote on 27 December, 2012, 4:51

    Dherai ramro chha tapaiko Dayaram jee

    Like or Dislike: Thumb up 20 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • रबीन दर्लामी wrote on 28 December, 2012, 4:19

    चाइना जसतो विशाल देशमा एउटा नेपालीको गरेको समाज सेवको समम्मान हुनु राम्रो हो हो। प्रवासका नेपालि दाजु भाइका खबर लेखेकोमा अनलायनलाई धन्येवात। बेषट अफ ःलकऽ

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Pyuthan nayagaun-3 wrote on 28 December, 2012, 5:05

    Dayaram ji le je gare ekdam thik gare chaina ma gayara swayamsewa garera nepal ani nepali lai chinaya yo ekdam ramro kam ho euta ashal nagarik le nivaunu parne kartaeya(duty) pura gareko6n best of luck dayaram ji aagami din haru ma pani yastai kam gardai janu

    Like or Dislike: Thumb up 19 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sanu bhujel wrote on 29 December, 2012, 0:13

    एउटा नेपालीले चीनमा आयर सेवा गरेछ।नेपाल चिनायछ।यसमा किन आपत्ति परेको होला साथीहरलाय।खेलाडि भन्ने शब्द मैले कही पनि भेटिन तर सबैजना किन यही शबदको पछि लागेको होला ।यसता कुरालाई त प्रोतसाहन पो गरनु राम्रो हो त।हैन र ।

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • narayan wrote on 29 December, 2012, 0:53

    Its really god job. we are proud of you. I am now in China and facing the same problem of language. keep continuing your good job.
    Salute!

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु