१२ पुस, काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी मानिने एमाओवादी अध्यक्ष प्रचण्डले केही दिनयता फेरि संबिधानसभा पुनर्स्थापनाको कार्ड फ्याँकेका छन् । आफैले सुशीललाई प्रधानमन्त्री प्रस्ताव गरेपछि गठवन्धनभित्र देखिएको विवाद मिलाउने क्रममा सोमबारबाट उहाँले पुनर्स्थापनाको प्रस्ताव दोहोर्याएका हुन् । बहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकले पुस २५ सम्म सहमति नभए २६ गतेबाट पुनस्थापनाको पक्षमा उभिने औपचारिकरुपमै निर्णय गरेको छ ।
सरकारको नेतृत्व सुशील कोइरालालाई सुम्पने विषयमा सत्तारुढ गठबन्धनभित्र मत बाझिएपछि गठबन्धनलाई एउटै नारामा गोलबन्द गर्न प्रचण्ड आफैंले संविधानसभा पुनर्स्थापनाको विकल्प दोहोर्याएका हुन् । प्रचण्डले यसअघि पनि सार्वजनिकरुपमै संविधानसभा पुनर्स्थापनाको पक्षमा वकालत गरिसकेका थिए । एमाले र कांग्रेसले पुनर्स्थापनाबारे आ-आफ्नो दलभित्र बहसमा प्रतिबन्ध लगाएपछि चार दलले निर्वाचनमा जाने सहमति बनाएका थिए ।
पुनर्स्थापनाको पक्ष र विपक्ष
संविधानसभा पुनर्स्थापनाको चाहना राख्ने प्रचण्ड एक्ला नेता होइनन् । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल घोषितरुपमै संविधानसभा पुनस्थापनाका पक्षपाती नेता हुन् । नेपाली कांग्रेसका ७० भन्दा बढी सभासद्हरुले संविधानसभा पुनस्थापना हुनुपर्छ भन्दै पार्टी सभापति कोइरालालाई यसअघि नै लिखित ज्ञापनपत्र बुझाइसकेका छन् । उपसभापति रामचन्द्र पौडेल, रत्ना शेरचनलगायतले चुनावका लागि छोटो समय संविधानसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गर्दै आए पनि सभापति सुशीलको जोडबलमा केन्द्रीय कार्यसमितिले पुनर्स्थापनाबारे नबोल्न कांग्रेस नेताहरुलाई निर्देशन दिइसकेको छ ।
कांगेसमा जस्तै नेकपा एमालेमा पनि संविधानसभा पुनस्थापना हुनुपर्छ भन्ने मत बलियो छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व अर्थमनत्री सुरेन्द्र पाण्डे लगायत एमालेका अधिकांश युवा नेताहरु पुनर्स्थापनाको पक्षमा छन् । पुनर्स्थापनाबारे नबोल्न पार्टीले निर्देशन गर्दागर्दै पूर्व सभासद् रवीन्द्र अधिकारी खुलेर पुनर्स्थापनाको पक्षमा लागिसकेका छन् ।
एकीकृत माओवादी र नेकपा माओवादीका अधिकांश सभासद् पुनर्स्थापनाको पक्षमा छन् । सरकारमा रहेका मधेसी दलहरुले घोषितरुपमा निर्वाचनको कुरा गरे पनि अधिकांश सभासद्हरु पुनर्स्थापना होस् भन्ने चाहन्छन् ।
सत्ता गठबन्धनमा रहेका साना दलका नेताहरु संविधानसभाको पुनर्स्थापना चाहन्छन् । नेपाः राष्ट्रिय पार्टी का बुद्धरत्न मानन्धर भन्छन्- ‘नयाँ चुनावमा जानका लागि पनि पुनस्र्थापना आवश्यक छ । खास गरी संविधान संशोधन गरेर आवश्यक ऐन कानुन बनाउनुपर्ने भएकाले पाँच मिनेटका लागि भए पनि पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीको जोड हो ।’ मन्त्रीसमेत रहेका संघीय सद्भावनापार्टीका अनिलकुमार झाभन्छन्- ‘जानुपर्ने चुनावमै हो । तर, अहिले चुनावमा जाने वातावरण नबनिरहेको अवस्था छ । त्यसैले यतिबेला पुनर्स्थापना बाध्यता हो । तर, हाम्रो पार्टीको पहिलो जोड भनेको चुनाव नै हो ।’
त्यस्तै मन्त्रीसमेत रहेका साना दलका अर्का एक नेताले अनलाइनखबरसँग भने- ‘मुलुक अब संविधानसभा पुनस्थापनाको पक्षमा गयो, यसले रामचन्द्र पौडेललाई प्रधानमन्त्री हुने सम्भावना बढाउँछ भने वैद्य पक्षका समानुपातिक सभासद्लाई कारवाही गर्न प्रचण्डका लागि बाटो खुल्छ ।’
सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरु पुनःस्थापनाको पक्षमा लागे पनि विपक्षी गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने पुनस्र्थापना कुनै हालतमा संभव नरहेको बताउनुहुन्छ । ‘पुनस्र्थापना गर्ने आधार पनि छैन, कसले गर्ने ? त्यसैले चुनावको विकल्प छैन ।’ केसीको कथन छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भन्नुहुन्छ-’पुनस्र्थापनाको हैन, निर्वाचन नै उपयुक्त विधि हो ।’ नेकपा मालेका महासचिव सीपी मैनालीको तर्क छ- ‘हाम्रो पार्टी पुनस्र्थापनाको पक्षमा छैन । अहिलेको राजनीतिक निकासका लागि चुनावमै जानुपर्छ । नयाँ जनादेशमा जानुपर्छ । पुरानो जनादेशको अब औचित्य छैन ।’
प्रचण्ड किन चाहन्छन् पुनर्स्थापना ?
सत्तारुढ गठबन्धनमा मंगलबारबाट एकाएक संविधानसभा पुनर्स्थापनाको नाराले प्रवेह पाउनुमा एमाओवादी अध्यक्ष प्रचण्डको पहिलेदेखिकै योजनाले काम गरेको छ । निर्वाचनमा जानका लागि र सरकार परिवर्तन गर्न एवं रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्न संविधानसभा पुनस्थापनापछि बाटो खुल्नेमा कांग्रेस, एमाले र माओवादीका अधिकांश नेताहरु सहमत देखिन्छन् र यो तर्क उतिसाह्रो निराधार एवं तर्कहीनजस्तो पनि देखिँदैन ।
तर, सत्तारुढ गठबन्धन औपचारिकरुपमै संविधानसभा पुनर्स्थापनाको पक्षमा गयो भने यसले नेपाली कांग्रेसभित्र अप्ठ्यारो स्थिति ल्याउन सक्छ । संविधानसभा पुनर्स्थापना भएको खण्डमा संविधानसभा सदस्यबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने हुनाले सुशील कोइराला प्रधानमन्त्री हुने सम्भावना तत्कालका लागि सकिने छ र रामचन्द्र पौडेल या शेरबहादुर देउवाका दिन खुल्न सक्छन् । तर, यो भन्दा बढी पुनर्स्थापनाबारे बहस हुँदा कांग्रेस र एमालेभित्र पुनः आन्तरिक एवं वैचारिक किचलो बढ्न सक्ने अनुमान पनि माओवादी अध्यक्ष प्रचण्डले लगाएकै हुनुपर्छ । उता पार्टी फुटाएका तर औपचारिक रुपमा दल दर्ता नगराइसकेका वैद्यपक्षीय माओवादीका समानुपातिकतर्फका सभासद् प्रचण्डको निस्कासन कारवाहीमा पर्ने सम्भावना भयो भने वैद्य पक्षलाई पनि कमजोर पार्ने र केही सभासद्लाई आफूतिर तान्ने अवसर एमाओवादीले पाउने अनुमानलाई पनि त्यतिबेला निराधार मान्न सकिँदैन । यस्तो समस्या एमालेको अशोक राई समूहमा पनि पर्न सक्छ ।
अड्को-पड्को तेलको धूप
सत्तारुढ गठबन्धन पुनस्थापनाको पक्षमा लाग्नु भनेको एकप्रकारले आगामी बैसाख यता चुनाव हुन सक्दैन भन्ने टुंगोमा पुग्नु पनि हो । तर, चुनाव नहुने अवस्थामा कमसेकम संविधानसभा पुनर्स्थापनासम्म भयो भने सरकार परिवर्तन गर्न, रिक्त रहेका संवैधानिक निकायहरु भर्न अनि कानूनी एवं संवैधानिक समस्या समाधान गर्न एउटा आधार भने पक्कै पाइने छ भन्ने अनुमान प्रचण्डले पक्कै पनि लगाएकै हुनुपर्छ ।
Bujhnelai srikhanda nabujhnelai kath,sayad prachandale srikhanda nai samjheko hunu par6,i Like
Like or Dislike:
20
5
[जवाफ फर्काउनुहोस्]
Sura Sundari Reply: December 27th, 2012 at 3:49 pm
पूर्णिमा नजिक भए संसद पुनस्थापना
औंसी नजिक भए बाबुराम पुनस्थापना
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
punarsthapan hunu vaneko ekdam ramro ho.baishak ma chunab hune sambhawana ek damai kam dhekhen6.rajnitik sahamiti huda punsthapanai ramro hun6.des ko dukuti pani jogin6.punsthapan garna saknu vayo vane prachanda lai dharai thanks din6n jantale desh le chitai nikas pau6.
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
सिक्किम का राजालाई येस्तै संकट माँ पुर्यायेर तात्कालिक राजा लाइ जनता बाट टाढा पुर्ययेर बिदेशी बरु ठीक बनाएर देश खर्लाप्पाई खाए को इतिहास सुनिन्छ तेहि बाटो माँ नेपाल लाइ हिडाएको त हैन भन्ने तीर सोच्न बाध्य बनायो अब /
Well-loved. Like or Dislike:
32
3
[जवाफ फर्काउनुहोस्]
यो सरकारको आयु लम्ब्याउन प्रचण्डको यो अर्को जाल हो यसको कुनै तुक छैन / सर्बदलिय सरकार (सहमतिको सरकार ) सहित ताजा जनादेश नै आजको आबस्यकता हो /
Well-loved. Like or Dislike:
36
15
[जवाफ फर्काउनुहोस्]
सहमतिको सरकार सहित ताजा जनादेशको पहल गर्नुस प्रचण्ड जी/ सरकारको आयु लम्ब्याउने यो नौटंकी जनतालाई पाच्य हुदैन
/
Like or Dislike:
22
13
[जवाफ फर्काउनुहोस्]
yo lekh lekhne patrakar pakka pani maobadi hunu parchha. yesto fataha lai nepali rajniti ko chatur khiladi re…….yo ta nepali rajniti ko sakuni ho sakuni….bigarna matra janeko chha..
Like or Dislike:
12
9
[जवाफ फर्काउनुहोस्]
परिणाम जे भए नि, कुरा फेर्दै हिड्नु राम्रो कुरा हैन / यसले प्रचण्ड को छबि र राजनीतिक भबिस्य तेती राम्रो हुने संकेत दिदैन / काग बढी बाठो भयो भने …. खान्छ रे …. प्रचण्ड धेरै बाठो भए अहिले को राजनीति मा / एक दिन उनको कन्तबिजोग हुने कुरा निश्चित छ / यो देश तिम्रो पेवा हैन प्रचण्ड !!!
Well-loved. Like or Dislike:
45
16
[जवाफ फर्काउनुहोस्]
chhetri Reply: December 29th, 2012 at 3:26 pm
natra congress yemale ko pewa ho ta yo desh?timiharu lutna napayera kurlidai chau…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
4sal ma garna na sakeko kam timi harule kehi din sambhidhan sabha punarsthapana garera kasari garna sakchhau timi haruko yo bichar desha lai nikas dinako lagi na bhai rajya kos ko durupayog garera sworojgar banna ko nimti swartha kendrit bichar ko prastab matrai ho
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
punarsthapanako maag garne jati chunaab ma jana daraayakaharu hun. Jantako aggadi kasari mukh dekhaoune baru suttukka punarsthapana bata khatra khutru garera yaouta sambhidhan banaayara dekhaoune paaripancha matra ho yo.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
griha kaarya bina 2047 ko sambhidhan hataayara hataar hataar ma antarim sambhidhan ghoshna gari ganatantra lyaayako hunale yo raajnaitik gatorodh utpanna bhayako ho.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
सिद्दान्त र बिचार स्थिर दुरदर्शी एबं दीर्घकालीन हुनुपर्ने हो । केवल त्यसतर्फ निर्देशित एबं अग्रगमन यात्राको तौर तरिका र साधनको प्रयोग मात्र देश काल परिस्थिति र साधनको उपलब्धताको आधारमा गतिशील एबं परिबर्तित हुनु स्वभाबिकैहो हो तर कुनै दूरगामी उद्देश्य र ठेगान नै नभए जस्तो गरि काम र कुरालाई बिना तुक क्षण क्षण मा परिबर्तन गरिरहदा प्रचण्ड आफैमा एक परिपक्क नेता नभएर कसैले भूमिगत रुपमा एसोगर उसोभन भनेर सोही बमोजिम गर्ने एउटा प्रबक्ता वा प्रतिनिधि पो रहेछ क्यारे |
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Hahahah,,ee mathikakura sunda pani haso lagcha, aba sala hatyara balatkari, danka haru ko part ko barema kura garnu bhaneko bekar ho, bharat lai gali gare jasto garne tetai bata monthly talab khane prachanda ra baburam ko politics nabujne baburaharu ko party aba ko cunab ma size ma aaucha.
aafno ama ra bahini lai balatkar garne haru lai chutkara dine ee danka haru ko barema jati kura gare pani testai ho.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
मलाई हिजो गगन थापा ले आली बदी आवेस्मा आएर प्रच्न्द लाई सङ्का बढी गरे जस्तो लगेको थियो र राजनीतिमा अलि पाके यिनी अब सहमती गर्लान जस्तो लगेको थियो तर उस्तै खेलादी रहेछन यिनी लाई नेपाली जनता हैन आफ्न कार्यकर्ता भए पुग्ने रहेछ यो चला हो भने आउदो चुनाब मा सतहा म आइपुग्नेछन यिनी किअनकी बिपक्छी तुलुतुलु हेरेर बस्दैनन अब अनि आर्कको घर बिगर्न खोज्ने यिन्को आफ्नो घर आझै सखाप हुने छ ।मवोवदी युवा नेताहरु यस प्रती होसियार रहे राम्रो
puspa rijal now Norway,,,,
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
नेपाल लाई भारतमा औपचारीक रुपमै विलय गरे हुन्छ । कम से कम सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा…. भनेर गित गाउने र सस्तोमा सामान किन्न ता पाउथ्यौ । यि नेताहरुले अनौपचारीक रुपमा बेचेकै छन र मोज गरेका छन् । यदी औपचारीक रुपमै विलय गरे जनताले समेत केही भाग पाउथे ।
Like or Dislike:
10
10
[जवाफ फर्काउनुहोस्]
बद्री ढकाल Reply: December 27th, 2012 at 6:06 am
क़े कुरा गरेको होला यो अजय बाबूले ? रास्ट्रीयताको लागी प्राण दिउ न बरु !
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
Aba sahamati na vaya pa6i punarsthapana ma janu pani thik ho.
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
italic alert(‘wow’)
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Pprachanda ji yo hajur ko kasto khal ko chal ho ta paila afaila bhanne susisl koirala lai pradhan mantri ko laggi aaila afula nai fari khuta tanne wa gajab cha aghai aru khal khalnus aba aaila ko abasta la desh lai kun desh ma ghaalo cha bichar puraunu bhako nai cha hola ne hoian ta …. ani tapiharu jasto lai khatam garne arko jana uddduha chaiykao cha ra yo nepali janata hun
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रस्तुत परिस्थितिहरूमा संविधान-सभा र संसद (दुबै) पुनर्स्थापना नै उपयुक्त विकल्प हो जस्तो लाग्छ. एमाले र नेका प्रतिगमनको पक्षमा उभियेका छन.
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
जसले जे भनेपनि संबिधानसभा पुनर्स्थापना बाहेक अरू कुनै बिकल्प नै छैन । संबिधानसभाको चुनाब भनेको के भैंसी व्याएजस्तो पटक पटक भैरहने हो र ? यहि संबिधानसभाले नै संबिधान बनाउंछ, चाहे त्यो १० वर्ष नै किन नलागोस् ।
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
Nikas ko lagi PRACHANDA le je kura gare pani bipakchhi harulai birodh matra garnu chha tesaile meroo sujhab ma ta Satta kabjaa/satta kabjaa bhanthee baru tetai try gare hunchha.CHUMBAK KO UTTARI DHURBA R DAKSHINI DHRUBA KO KAILE PANI MILAN HUNDAINA BHANNE NEPALI JANATA LAI PAKKA THAHA CHHA,CHUNAB GAREA KHARCHHA GARNU BHANDAA TEYOO NAI UTTAM BIKALPA HUNCHHA
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
सत्ता, सरकार,संबिधान,चुनाव सबै प्रचण्ड कै गोजिमा छ। जहाँ जे बोलेपनी हुन्छ। राम्रो बोले पनी बिरोध नै हुन्छ नराम्रो बोले पनी बिरोध नै हुन्छ। अखिर थाक्ने बिपक्षी नै हुन र दु:ख पाउने जनता न हुन ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
सबै भन्दा उपयुक्त विकल्प नया चुनाव हो. तर संविधान सभा भित्र रहेका राजनीतिक दलहरुलाई थाहा छ की चुनाव भए उनीहरुको प़ता साफ़ हुनेछ. यस कारण येनकेन प्रकारेण आफ्नो सत्तामाँ बस्ने अवधि लम्याउन थरी-थरी नाटक भई रहेका छन. राष्ट्रपतिले आफ्नो अभिवावाक्त्वमा नया निर्वाचन संपन्न गराउनु पर्दछ. बाबुरामको ईतिहास, शैली, नियत सबै शंकाको घेरामा छन.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
k bolnu huncha k bolnu hudaina van ne thaha navyako mancha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sambidhan sabha puna jage pachhi ti pratinidhiharule sajilai pm bata bisthapit garne chha , yedi ulnlai bisthapit garna manchhaina chunab ma jana manchhaina bhane nagara, baburam lai kunai halatma bisthpit garna pune chhainau. lau ja aemale kangress!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]