११ पुस, वीरगञ्ज । बर्दियाकी शिवा हासमीलाई जलाएर हत्या गरेको घटना सेलाउन नपाउँदै बारामा अर्की युवतीको जलाएर हत्या भएको छ ।
बारा प्रस्टोका-५ का रामबहादुरकी १८ वषिर्या छोरी बिन्दुकुमारी ठाकुरको शव जलाएर हत्या गरिएको अवस्थामा भेटिएको हो । उनको शव घरबाट करिव ५० मिटर पर भेटिएको थियो । बिन्दु स्थानीय नेरामावि प्रस्टोका कक्षा १० मा अध्ययनरत थिइन् ।
उनको शव जलेको अवस्थामा रहेको भेटिएको थियो । तर, भेटिएको स्थानमा आगो लगाएको कुनै संकेत नदेखिएकाले घटना शंकास्पद भएको प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताउनु भयो । ‘शव भेटिएको माथिल्लो पट्टी सिमीको झाल छ, तर आगो लगाएको कुनै शंकेत छैन’ उहाँले भन्नुभयो-’घटना अन्तै घटाएर शव त्यहाँ ल्याएको पनि हुनसक्छ वा हत्या गरेर आगो लागेको देखाउन पनि त्यसो गरिएको हुनसक्छ ।’
विन्दुका आमाबाबुका अनुसार उनीसँगै ट्युसन पढ्न विहानै विद्यालय जाने गर्थिन । सधै झैँ बुधबार पनि ट्युसन गएको होला भन्ने सोचेको तर, बाहिर छोरीको चप्पल देखेपछि सोधीखोजी गरेको उनीहरुले बताएका छन् । विहान करिव ४ बजेसम्म छोरी घरमै रहेको उनीहरुको भनाई छ ।
घटनापछि प्रहरीले संकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ भने विन्दुको घर र गाउँमा निगरानी बढाएको छ । परिवारले छोरीको हत्या भएको भन्दै छानविनको माग गर्दै निवेदन दिएपनि कसैमाथि किटानी जाहेरी भने दिएका छैनन् ।
kada karbahi hunupar6
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
it is due to lack of strict law and good administration of the country…………
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
aparadilae phasi dine kanuna hunuparyo.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
no good fasi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
HATERIKA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यस्ता किसिमका क्रुर अपराध का प्रब्रिती लाई निर्मूल पर्ण किन सरकार पहल गर्दैन ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
we have to start new episode of women right so that mahila hinsako pidak harulai samajik rup ma bahiskaar ani faasi ko suru garou
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]