१२ पुस, दोहा । साउदी अरबस्थित नेपाली दूतावासले मंसिरमा ४७ जना घरेलु महिला कामदारको सकुशल उद्धार गरी स्वेदेश पठाएको छ । शारीरिक, मानसिक र श्रम शोषणका कारण काम गरेको घरबाट भागेका उनीहरुलाई दूतावासले आफ्नो सेल्टरमा राखेर उद्धार गरेको हो ।
उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर घर पठाइएको दूतावासले जनाएको खबर कान्तिपुर दैनिकले छापेको छ । साउदीका लागि नेापली राजदूत उदय पाण्डेले रियादबाट ७ सय किलोमिटर पर हलाल भन्ने ठाउँमा आफै गएर शारीरिक शोषणमा परेकी सानी घिमिरेलाई उद्धार गरेका थिए । ‘साउदी आएकी १० महिना भएको रहेछ । घर मालिकले धेरै पिट्ने गरेको थाहा पाएपछि उनलाई त्यस घरमा पठाउने एजेन्सी पत्ता लागेपछि उद्धार गर्र्यौ,’ उनले भने । उद्धार गरिएका सबैलाई अबैध रुपमा साउदी ल्याइएको थियो ।
हजुर लाइ धन्नेबाद राज दुध उदए पान्डे ज्यु । यो तपाइको सहयोग अझै धेरै येस्ता पिडित हम्रा चेलिबेटि सम्म पुगुन र सकुसल आफ्नो जन्म भुमि म पाइला टेकन पाइयोस म कामान गर्दै पुन तपाइ प्रति हार्दिक धन्नेबाद ब्यक्त गर्न चाहन्छु । नमस्कार ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]