ध्रुवे समान्त नेताहरु चितवन जाने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

ध्रुवे समान्त नेताहरु चितवन जाने

१२ पुस, काठमाण्डौं । मान्छे मार्ने जंगली हात्ती मार्ने निर्णय भएको दुई साता वितिसक्दा पनि हात्ती नियन्त्रणमा आएको छैन । चितवनका दल र सर्वसाधारणले प्रशासनले हात्ती नमार्ने पो हो कि भन्ने शंका गर्न थालेका छन् । यो शंका मेटाउन प्रशासनले राजनीतिक दलका नेताहरुलाई नै जंगल लगेर हात्ती नियन्त्रणका प्रयास नियाल्ने मौका दिने भएको छ ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. महेश्वर ढकालका अनुसार आउँदो शनिबार दलहरु घरेलु हात्तीमाथि बसेर हात्ती नियन्त्रणमा लिन निकुञ्जले गरेको प्रयासको अनुगमन गर्नेछन् । बुधबार चितवन जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा यस्तो निर्णय भएको नागरिक दैनिकमा खबर छ ।

अनुगमनमा जाने टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी हिमनाथ ढवाडीले गर्नेछन् । ‘हात्तीलाई स्थायी नियन्त्रणमा लिने कुरा मंसिर १ को बैठकमा भएको थियो । त्यसपछि दुई जनालाई मारेपछि पुस १ को बैठकले हात्ती मार्ने निर्णय गरेको थियो । तर हात्ती नमरेपछि उत्पन्न आशंका निवारण गर्न अनुगमनमा जाने भएका हौं’ दवाडीले भने ।

12 Comments on “ध्रुवे समान्त नेताहरु चितवन जाने”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु