भारतले थप ४० देखि ५५ मेगावाट बिजुली दिने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भारतले थप ४० देखि ५५ मेगावाट बिजुली दिने

१२ पुस, काठमाण्डौं । राष्ट्रपति डा. रामवरण यादवको भ्रमणका क्रममा भारतले नेपाललाई थप बिजुली निर्यात गर्ने प्रतिबद्धता जनाएको छ । ६ दिने भारत भ्रमणका क्रममा सोमबार लखनउ हुँदै बुधबार राजधानी नयाँदिल्ली पुगेका राष्ट्रपति यादबलाई भारतीइ पक्षले थप विद्युतका लागि गि्रडको क्षमता बढाएर लामो समयका लागि विद्युत सहयोग गर्ने बताएको हो ।

नेपालमा अहिले भारतले ११५ मेगावाट विद्युत आयात गरिरहेको छ । अहिले ४० देखि ५५ मेगावाट विद्युत दिन गि्रडको क्षमता विस्तार भइरहेको भन्दै भारतीय विदेशमन्त्री सलमान खुर्सिदले गि्रड क्षमता थपेर मध्यकालसम्मका लागि विद्युत दिने प्रतिबद्धता व्यक्त गरेको खबर कारोबार दैनिकले छापेको छ ।

नेपालले भारतबाट १८० मेगावाटसम्म विद्युत आयात गर्न पहल गरिरहेको छ । कटैयाँ-कुसाहा १२५ केभिए प्रसारण लाइन निर्माण भएको भए थप ७० मेगावाट विद्युत भारतबाट आयात गर्न सहज हुन्थ्यो । प्रसारण लाइन निर्माण हुन नसकेको अवस्थामा पनि भारतले अहिले आपूर्ति भइरहेको गि्रडको क्षमता विस्तार गरी बिजुली दिन लागेको हो ।

3 Comments on “भारतले थप ४० देखि ५५ मेगावाट बिजुली दिने”
  • राजीव तामांग wrote on 27 December, 2012, 3:33

    भारतले दिन्छ. तर हामीले लाइन कसरी? नेपाल तरफ ट्रांसमिशन लाईन निर्माणमाँ ढिलाईको कारण भारतले दिन चाहे पानी लिन सकिने स्थिती छैन. मुजफरपुर-ढल्केबार तथा रक्सौल-पर्वानीपुर (१३२ केभीए) ट्रांस्मीशन लाइन छिटो तान्नु पर्छ.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 27 December, 2012, 4:22

    Ramro kura

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ashes wrote on 27 December, 2012, 4:37

    Thank you our Prez and Indian Govt.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु