अब दलहरु फुट्न नपाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब दलहरु फुट्न नपाउने

१२ पुस, काठमाण्डौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई फुट्ने नभई जुटेर अघि बढ्ने अध्यादेश मस्यौदा तयार पारेको छ । राजनीतिक दलहरुबीचको फुटका कारण देशमा राजनीतिक अस्थिरता बढेको भन्दै आयोगले दलहरुलाई फुट्न नपाउने गरी मस्यौदा तयार पारेको हो ।

निर्वाचन आयोगले राजनीतिक दलहसम्बन्धी अध्यादेश मस्यौदा २०६९ तथा निर्वाचन आचार संहिता २०६९ सम्बन्धी राय सुझाव लिन राजनीतिक पार्टीहरुसँग् अन्तरक्रिया गरेको छ ।

राजनीतिक दल सम्बन्धमा छारिएर रहेका विभिन्न ऐनहरुलाई एकीकृत गर्ने तथा राजनीतिक दलहको आर्थिक स्रोत तथा व्यवस्थालाई पारदर्शी बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारिएको आयोगले जनाएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

निर्वाचन आयोगले सबै निर्वाचनहरुमा लागु हुने प्रयोजनका लागि साझा निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेको हो । निर्वाचन आयोगले राजनीीतक दलसम्बन्धी कानुन संशोधन गर्न तयार पारेको मस्यौदामा राजनीतिक दलको गठन तथा दर्ता, समाबेशी संरचना, आन्तरिक प्रजातन्त्र, संस्थागत विकास, पारदर्शिता, जिम्मेवारी र कामकारबाही उत्तरदायी बनाउने कुराहरु समाबेश छन् ।

6 Comments on “अब दलहरु फुट्न नपाउने”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु