१२ पुस, नुवाकोट । दुई वर्ष अघि गणेस्थान गाउँ विकास समिति वडा नं. ४ फेदीबेशीमा पसल डकैती गर्ने पाँच जनालाई ६/६ वर्षको कैद फैसला भएको छ ।
स्थानीय व्यापारी ध्रुव अधिकारीको कपडा पसल लुटेका गणेशस्थान गाउँ विकास समिति वडा नं. ७ का विरेन्द्र तामाङ, वडा नं. ६ का राजकुमार थापामगर, कान्छा तामाङ, रसुवा धुञ्चेका नुर्वुछिरिंङ तामाङ, यार्साका तेञ्जिंगलाई थुनामा राख्नको लागि जिल्ला अदालत नुवाकोटले फैसला गरेको हो ।
जिल्ला न्यायधिश पदमराज भट्टको इजलाले फैसला गरेको बताइएको छ । उनीहरुलाई जनही छ बर्ष कैद र १२ लाख ८२ हजार पाँच सय रुपैयाँ जरिवाना हुने छ । २०६७ फागुन १० गते उनीहरुले अधिकारीको कपडा पसलबाट आठ लाख ५५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।