नेपालमा छाडा सेक्स विक्दैछ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपालमा छाडा सेक्स विक्दैछ

अमेरिकाबाट भर्खरै नेपाल आउनुभएको छ, कस्तो चल्दैछ अमेरिकाको बसाइ ?

 एकदमै ठीक चलिरहेको छ । केफएसी र टाकबेलको म्यानेजरको रुपमा काम गर्दैछु ।

 नेपाल सधैंका लागि नर्फकने तपाई ?

 रहर छ र संभव पनि छ । तर, अर्को वर्षदेखि धेरै नेपाल र कम अमेरिकामा बस्ने तयारीमा छु ।

 सरोज खनालले नेपाली सिनेमालाई र दर्शकलाई धोका दियो भन्छन् नि ?

 मैले मात्र धोका दिएको हो भन्न मिल्दैन । समय र परिस्थितिले धोका दिएको हो । म एकदमै उचाइमा पुगेको हो । म वास्तवमा अमेरिका कार्यक्रमका लागि गएको थिएँ । र, त्यहाँ रहँदा रहँदा घुम्दै घुम्दै बसें म ।

 अबको योजना के छ ?

म सिनेमा बनाउँछु, यही काम गर्छु ।

सिनेमा बनाउने चर्चा छ नि तपाईको ?

हो, म सिनेमा बनाउने तयारीमा छु । तर, कथाबस्तु तयार भइरहेको कारणले अन्य कुरा केही पनि नखोलौ ।

मानव नामक सिनेमामा अभिनय गर्नुभयो, कस्तो सिनेमा हो मानव ?

यो मसलेदार सिनेमा नै हो । अहिले जे परिपाटी चलिरहेको छ, मानव यस्तै कथावस्तुमा निर्माण भएको छ ।

अब कस्तो सिनेमामा अभिनय गर्ने रहर छ तपाईलाई ?

मैले मात्र सोचेर हुँदैन । मैले बनाउने सिनेमामा त म खोजेको भूमिका गरौंला । तर, अरुको सिनेमामा सबै मैले भनेको कहाँ हुन्छ र ।

कस्तो पाउनुभयो अहिलेको नेपाली सिने क्षेत्र  ?

अहिले छाडा प्रवृति निक्कै बढेको पाए मैले । पहिलाको भन्दा धेरै राम्रो हुनुपर्ने हो तर सिनेमाको गुणस्तर झनै खस्किएको रहेछ । अमेरिकामा सेक्स खुल्ला छ, हामी परिवारसँग बसेर त्यहाँको सिनेमा हेर्न सक्छौं । तर, नेपाली सिनेमा परिवारसँग बसेर पनि हेर्न नसक्ने भएछ ।

अब तपाईलाई नेपालको कुन नायिकासँग रोमान्स गर्न मन लागेको छ ?

म नयाँ अनुहारहरु नामले खासै चिन्दिँन । तर, नयाँ नायिकासँग अब मेरो जोडी सुहाउँछ भन्ने पनि लाग्दैन । यसैले नयाँ नायिकासँग रोमान्स गर्ने चाहना छैन ।

तपाईको समयमा कुन नायिकाको बढि याद आउँछ ?

म गौरी मल्ललाई धेरै संझन्छु । उहाँको अभिनयको म पनि फ्यान हुँ । सौन्दर्य र चर्चाको हिसावले करिश्माको पनि धेरै याद आउँछ ।

नेपाली सिनेमामा अहिले यौनजन्य सिनेमा हाबी हुँदै छन्, तपाई यसबारे के भन्नुहुन्छ ?

यो मलाई समयको मागजस्तो लाग्दैन । चपली हाइट र लुट चलेपछि सबै यसका पछि लागे । छाडा शब्द राख्दैमा सिनेमा एडभान्स हुन सक्दैन । अब यो एकबर्ष भन्दा बढी जान्छ जस्तो मलाई लाग्दैन ।

आजको समयमा सरोज खनाल नेपाली सिनेमामा भएको भए के यस्ता दृश्य दिन्थ्यो होला ?

म यस्तो दृश्य कहिले पनि दिन्न थें । यो छाडा हो भन्ने लाग्छ मलाई ।

यस्ताखालका सिनेमा निर्माण हुनुमा कसको बढी दोष देख्नुहुन्छ तपाई ?

सबैभन्दा बढी त निर्माता निर्देशकको नै हात छ । दुबैजनाले भनेपछि कलाकार अभिनय गर्न बाध्य भैहाल्छन् नि ।

सिनेमा निर्देशन गर्ने सोच छ या छैन ?

म अहिले तत्काल यसका लागि परिपक्क छैन । सिनेमा निर्देशन गर्नु र अभिनय गर्नुमा धेरै फरक छ ।

दर्शकले सरोज खनाललाई सम्झिए कि बिर्सिएजस्तो लाग्छ ?

 अहिलेसम्म सम्भिmरहनुभएको छ मलाई दर्शकले । मलाई एकदमै खुशी लाग्यो । धेरै दर्शकले तपाई गएपछि नेपाली सिनेमा नै हेर्न छोडे पनि भन्नुभयो, मेरो आँखा पनि रसाए ।

दर्शकको यति धेरै माया पाउँदा सिनेमा क्षेत्र छोडेर गल्ती गरेजस्तो लाग्यो या के लाग्यो ?

मैले सिनेमा क्षेत्र छोडेर निक्कै ठूलो गल्ती गरेको हो । मेरो कर्ममा नै यस्तो लेखेको रहेछ त म के गर्नु । मैले गर्नु नपर्ने कुरा गरेको हो त्यतिबेला ।

अहिले सिनेमामा पनि धारको बहस छ, के तपाइलाई लाग्छ त्यस्तो ?

सिनेमाको कुनै पनि धार हुदैन । सिनेमा राम्रो बनाउनुपर्छ, चल्छ ।

राजनीतिमा आउने सोचाइ छ या छैन ?

राजनीतिमा मेरो आवश्यकता पर्यो भने म अवश्य आउँछु । अहिले म कुनै पनि पार्टिप्रति आबद्ध छैन । व्यक्तिको हिसावले अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मलाई मन पर्छ । तर, उहाँलाई पनि सफल हुन दिएनन् । बाबुराम जी असफल हुनुमा जनता, आफ्नै पार्टी र अन्य पार्टीको दोष छ जस्तो लाग्छ मलाई ।

बाबुराम असफल हुनुमा जनता किन दोषी ?

हैन, नेपालमा धेरै पार्टी भएर नै देश विगि्रएको हो । म त भन्छु, चुनावमा एउटा मात्र पार्टीलाई वहुमत दिनुहोस् । उसले काम गर्न सकेन भने अर्को पटकको चुनावमा अस्तित्व नै नरहने गरी हराउनुपर्छ । यहाँ धेरै पार्टी हुँदा सबै सत्ताको लुछाचुडीमै दौडिएका छन् । जसले गर्दा कसैले पनि सत्तामा पुगेर काम गर्न पाउँदैन ।

10 Comments on “नेपालमा छाडा सेक्स विक्दैछ”
  • Ganesh chand wrote on 27 December, 2012, 5:54

    yo ta fuskiya6 america gayar halka jamma gareko hola .. ahile aayar aabesakata parda neta hune re ani janata doshi re .. jati bela nepali cinema ma yasko aabesakata thiyo hario dollar tir lagyo ahile ice cream bikri huna chadyo hola ..nepal ma aayar thula kura garna thalyo … kati chhito bhuleko hola thela gada ma ice cream becheko ………. desh ma kati dukkha gareka le ta neta hune abasar payaka chhainann rajnitiko ra najane ko le neta …. eeeeeeee dekhaidiula ..

    Like or Dislike: Thumb up 21 Thumb down 27

    [जवाफ फर्काउनुहोस्]

  • Anish wrote on 27 December, 2012, 6:10

    Saroj Khanal dai ko Baburam prati ra nepali rajnitik abastha prati ko dharana ek dum uttam lagyo malai.

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • Abiral sharma wrote on 27 December, 2012, 7:48

    Saroj dai ko kura 1 dam sai ho nepal ma nepal ra nepali ramro sang chinne neta dhery kam 6n dr. baburam sachhiky ramro man6e hun

    Like or Dislike: Thumb up 11 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • krishna,Bkk wrote on 27 December, 2012, 10:58

    ghumifiri rumjatar vane jhai….

    Like or Dislike: Thumb up 6 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 27 December, 2012, 11:44

    Saroj khanala aiala aayara dhrai buddijibi banna na khoj uti bela bhagara lukis ra aaila ameirca ko card millo bhandaima nepal ma aayara ma aasto nenpal usto bhanee talai kunai adhikar chaina bhanchan ane kukhla ram ram bagalima chura bhanja jasto na gar … ja jasto cha nepal ra nepali filmi thik cha ra hune cha pani taro jhuto aaswas la kahi hune wala chaina ra hunna pani … ta american hos ne aba kina chiplo parchas

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • madhav wrote on 27 December, 2012, 13:29

    goddam

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • milan tamang wrote on 2 January, 2013, 6:22

    हो सरोज दाईको कुरा ठिक हो,नेपाली भएर नेपालीको अस्तित्‍व नचिन्ने भए पछि कसरी देश उमोलाग्छ त|

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Dhruba rai wrote on 13 January, 2013, 12:07

    Saroj dai ko kura 1 dam sai ho ahile nepali filmi ko quality hoyna Quintity matra badhi vhaya ko 6 .

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 23 January, 2013, 11:40

    Kina aam Neapli lai soonaunai parchha ki ma KFC ma Manager chhu yo chhu tyoh chhu bhanera… Hamilai pani thaha chha ko katti pani ma chha bhanera.. Nepali kalakaar le America gayera kk kaam garchhan bhanera pani thaha chha…Sabai kalakaar ma dollar ko vook hunchha ek choti America chhirne ani ootai haraune…..

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • abhisodh Jr. wrote on 21 February, 2013, 15:55

    दर्शकले सरोज खनाललाई सम्झिए कि बिर्सिएजस्तो लाग्छ ?

    अहिलेसम्म सम्भिmरहनुभएको छ मलाई दर्शकले । मलाई एकदमै खुशी लाग्यो । धेरै दर्शकले तपाई गएपछि नेपाली सिनेमा नै हेर्न छोडे पनि भन्नुभयो, मेरो आँखा पनि रसाए । kun chahi murkha le yeslai samjhe6,,,,,, hami pani sunauna….hahahahahaha…..America ma tyo time ma luker basne chor lai kasaile samjhin6..wahiyat..aab green card payo..furti lagau6

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु