थ्रीस्टार शीर्ष स्थानमा उक्लियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो

१२ पुस, काठमाडौं । थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार शीर्ष स्थानमा उक्लिएको हो । जितपछि थ्रीस्टारको ९ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको आरसीटीको २० अंक छ । एपीएफ भने ९ अंकका साथ १२ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले ८ औं मिनेटमा अग्रता लिएको थियो । विक्रम लामाको फि्र किकमा फेमीले गोल गरेका हुन् ।

खेलको २० औं मिनेटमा विजय गुरुङले थ्रीस्टारको अग्रता दोब्बर पारे । त्यसपछि पनि थ्रीस्टारले एपीएफको पोष्टमा निरन्तर आक्रमण गरिरहृयो । ७६ औं मिनेटमा सन्तोष सहुखलले गोल गरे पनि रेफ्रीले विक्रम गुरुङलाई फल गरेको भन्दै गोललाई मान्यता दिएनन् ।

अर्को खेलमा जाउलाखेल युथ क्लबले सरस्वतीलाई २-० ले पराजित गरेको छ । सरस्वतीले जाउलाखेललाई पहिलो हापसम्म रोकेको थियो । तर, ५१ औं मिनेटमा जुमाले जाउलाखेललाई अग्रता दिलाए भने ६७ औं मिनेटमा राज पौडेलले गोल गर्दै जाउलाखेललाई २-० को जित दिलाए ।

जितपछि जाउलाखेल ९ खेलबाट ११ अंकका साथ नवौं स्थानमा छ भने ८ अंक जोडेको सरस्वती १३ औं स्थानमा छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु