भैरहवा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

भैरहवा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

१२ पुस, काठमाडौं । क्षेत्र नम्बर ४ भैरहवा टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा क्षेत्र नम्बर १ विराटनगरलाई ८२ रनले पराजित गर्दै भैरहवा ४ खेलबाट ६ अंकका सात समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

यससँगै सेमिफाइनल समिकरण पुरा भएको छ । क्षेत्र नम्बर ३ काठमाडौंलाई ६१ रनले पराजित गर्दै समूह ए को विजेता बनेको एपीएफले समूह बीको उपविजेता क्षेत्र नम्बर ८ पोखराको सामना गर्नेछ भने भैरहवाले समूह बीको विजेता क्षेत्र नम्बर ६ बैतडीसँग खेल्नेछ ।

पुल्चोकमा पहिले व्याटिङ थालेको भैरहवाले सुवास प्रधानको अर्धशतकको मदतमा १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनायो । उसका लागि म्यान अफ दि म्याच प्रधानले ५४ रन बनाए । विराटनगरका राजकुमार प्रधानले ५ विकेट लिए भने मंजित श्रेष्ठले २ विकेट आफ्नो नाममा लेखाए ।

१ सय २३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरका ब्याट्सम्यान भैरहवाको कसिलो बलिङका अगाडी टिक्न सकेन । उसका लागि मनोज मंगलले १२ र यन्नी पुनले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । १४ दशमलव २ ओभरमा ९ विकेट गुमाएर ४० रन मात्र जोडेपछि विराटनगरले खेलको नजिता भैरहवालाई सुम्पियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु