नर्बेमा एनडिएफ शाखाको अध्यक्षमा पोखरेल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नर्बेमा एनडिएफ शाखाको अध्यक्षमा पोखरेल

 ओश्लो । नर्वेमा नेपाल लोकतान्त्रिक मञ्च (एनडिएफ) शाखा गठन गरिएको छ । ओस्लोस्थित रेष्टुरेण्ट इन्डियन हाउसमा मंगलबार सम्पन्न भएको भेलाले सुवास पोखरेलको संयोजकत्वमा एनडिएफ नर्बे शाखा गठन भएको हो ।

 भेलाले पार्टीको व्यवस्थापन र जिम्मेवारी समेत लिएको छ । नेपालीहरुको उत्साहजनक उपस्थितिमा गठन भएको मञ्चमा अध्यक्ष सुवास पोखरेल, उपाध्यक्ष रत्नप्रसाद सापकोटा, उपाध्यक्ष, कुमार पण्डित,महा सचिव सुवास मैनाली, सचिव गोविन्द खनाल, कोषाध्यक्ष हरीप्रसाद शर्मा, सदस्यहरु निलेश खड्का, महेश भटर्राई, विराट पुरी, देवेन्द्र कुँवर, ज्ञानेन्द्र खरेल, एलिना पोखरेल र संजिव ढुंगेल रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा बुद्धि बन्जाडे र लव महत रहेका छन् ।

बर्तमान परिवेशमा लोकतन्त्रलाई मलजल गर्नको लागि प्रवासमा भएका नेपालीहरु पनि एक जुट भएर लाग्नु पर्ने स्थितिको महसुस भएकाले मञ्चको स्थापना गर्नुपरेको अध्यक्ष पोखरेलले बताए । नेपालको राजनितिमा संकटकालीन स्थिति आइरहेको अवस्थामा हरेक नेपालीहरुले आफ्नो तर्फाट राज्य प्रति गर्नुपर्ने कर्तव्य पुरा गर्नको लागि लाग्नुपर्ने उपाध्यक्ष सापकोटाको भनाई थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु