-माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं एमाले नेता
केही साताअघि प्रचण्डनिवासमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालवीच के सहमति भएको थियो भन्नेबारे गुप्त कुरो कोट्याउने क्रममा अनलाइनखबरसँग एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भट्टराई नेतृत्वको सरकार ढाल्नका लागि परिस्थिति ‘म्याचुअर्ड’ भइनसकेको दाबी गर्दै अब एकातिरबाट आन्दोलन थाल्ने र अर्कातिर राष्ट्रपतिले नयाँ सरकार बनाउने योजना प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री भट्टराईको ‘सम्मानजनक बहिर्गमन’को कुरो उठाउँदा नेता नेपालले भन्नुभयो- ‘बाहिर निस्कँदा फूलमाला लगाइदिनुपर्छ भने लगाइदिउँला, छाडेर आउनुभयो भने पहिलो भेटमा हात मिलाइदिउँला, माला लगाइदिउँला ।’
नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिनुभएको पछिल्लो समयसीमा पनि शनिबारबाट सकिँदैछ, यसवीचमा सहमति होला त ?
–मलाई त लाग्दैन, यति सजिलै एमाओवादीले सरकार छाड्छ ।
उसोभए बैसाखमा चुनाब हुने सपना अब नदेखे हुन्छ ?
–चुनाव गर्न चाहेको भए एमाओवादीले सजिलै निर्णय गर्ने थियो र चुनावलाई केन्द्रविन्दुमा राख्थ्यो । तर, अनावश्यक तपशीलका कुरामा लाग्नुले के देखिन्छ भने सिंगो एमाओवादी पार्टी र बाबुरामजीसमेत बैसाखमा चुनाव गराउने पक्षमा हुनुहुन्न । आफ्नो कुकर्म जनताको वीचमा नांगिने डरले उहाँहरु चुनावबाट डराउनुभएको छ र जसरी पनि समय घर्काउने काम भैरहेको छ । मलाई बैसाखमा चुनाव होलाजस्तो लाग्दैन ।
चुनाव गर्नेखालको प्रधानमन्त्री बन्यो भने अबको १५/२० दिनपछि सरकार परिवर्तन गरेर चुनावमा जान सम्भव होला कि नहोला ?
–निर्वाचन आयोगलाई पनि त समय दिनुपर्यो नि । अरु देशमा जस्तो ठ्याक्कै दुई महिनामा चुनाव गर्न सक्ने मेकानिज्म हाम्रो देशमा बनिसकेको छैन । मतदाता नामावली नै अपडेट गर्नुपर्ने छ । कानून बनाउनुपर्यो ।
विगतमा सहमतिका सक्रिय भूमिका खेल्ने तपाई अहिले किन निश्किय देखिनुहुन्छ नि ?
–बेलाबखत सक्रिय हुने हो, बेलाबखत निश्क्रिय । मेरो मान्यता के छ भने ताली दुईहातले मात्रै बज्छ । एउटा पक्षको मात्रै प्रयासले ताली बज्दैन । ताली बजाउनका लागि प्रेरित गर्न सक्ने स्थिति बन्छ भने प्रयास गर्ने हो, तर, अर्काे पक्षको मन मरेको छ वा उसको चाहाना नै छैन भने लाख प्रयत्न गरे पनि पार लाग्दैन । कहिलेकाँकी कुर्नुपर्ने पनि हुन्छ । कुनै पनि चिज ‘म्याचुअर्ड’ अवस्थामा नपुगी तपाइँले चाहना गरेर मात्रै हुँदैन । त्यसैले यी विषयलाई म निरीक्षण गर्छु र सहमति हुने परिस्थिति छ कि छैन भनेर हेर्छु । कहिलेकाँकी तपाईले मात्रै धेरै प्रयत्न गर्नुभयो भने अप्ठ्यारो हुन्छ । कुनै सामान किन्न जाँदा तपाईले बढ्ता जोड गर्नुभयो भने पसलेले भाऊ बढाइ दिन्छ । तपाईले वास्ता गर्नुभएन भने भाऊ आफैं घट्दै जान्छ । राजनीति पनि यस्तै हो ।
तत्काल सहमतिका लागि परिस्थित परिपक्व बनेको छैन भन्न खोज्नुभएको हो ?
–अहिले बाबुरामजी सहमतिमा आउनका लागि तदनुरुपको बाध्य परिस्थिति बनेको छैन र माओवादी पार्टी पनि बाध्य बन्नुपर्ने अवस्था छैन । वास्तवमा परिस्थितिले बाध्य पार्नुपर्ने हो, तर यो सबै गल्ती कमजोरी माओवादीले गर्दा भएको हो भनेर जनताले बुझ्न सकेका छैनन् । माओवादीमाथि जति दोष दिनुपर्ने हो र उनीहरुलाई आरोपित गर्नुपर्ने हो, त्यसका लागि जनतामाझ एक्स्पोज गर्न सकिएको छैन । यस्तो परिस्थिति बनेपछि मात्रै मैले वा हामीले गर्ने ‘स्ट्राइक’ प्रभावकारी हुन्छ र ठीक बेलामा ठीक ठाउँमा लाग्छ ।
त्यसोभए बाबुराम सरकार लामै समयसम्म रहन्छ ?
–अहिले केही समय यसैगरी चल्न सक्छ । देश डुब्यो भने पनि दोष हामीलाई मात्रै आउँदैन र अरु पार्टीमा पनि बाँडिन्छ भन्ने एमाओवादी पार्टीको बुझाइ छ । यही कारणले उसले गलत कुराहरु दशौंपटक भनिरहेको छ, जसको पर्याप्त खण्डन हुन सकिरहेको छैन ।
यहाँको भनाइले अब सहमतिको सम्भावना निकै टाढा छ भन्ने देखाउँछ तर केही दिनयता प्रचण्ड, तपाई र कृष्णप्रसाद सिटौला बसेर ८ बुँदे सहमतिपत्रको मस्यौदासमेत गर्नुभएको थियो रे, त्यसलाई प्रधानमन्त्रीले मान्नुभएन रे । के यो सत्य हो ?
–केही केही नेताहरुको कार्यशैलीका कारण मान्छेले पत्याइरहेका छैनन् । यो सबै माओवादीका नेताहरुवीच म कुटेजस्तो गर्छु, तँ रोएजस्तो गर् भन्ने नाटक पो हो कि भन्छन् मान्छेहरु ।
त्यो दिन प्रचण्डजी सहमत हुनुभएकै हो त ?
–सहमतै हुनहुन्थ्यो ।
के-के विषयमा भएको थियो सहमति ?
–प्याकेज, प्याकेज भनिन्छ नि । उहाँहरुले पनि भनिसक्नुभएको छ कि त्यो प्याकेज भनेको के हो भने बैसाख महिनाको चुनाव कहिले गर्ने ? ३० गते गर्नेे । दोस्रो, कति सदस्यीय गर्ने ? २ सय ४० सदस्यको प्रत्यक्ष चुनाव गर्ने, समानुपातिकमा मिलाउने । तेस्रो, संविधान संशोधन गरी मिलाउनुपर्ने प्रविधिक कुराहरु मिलाउने । सोही सिलसिलामा संवैधानिक निकायमा नियुक्तिका लागि सुनुवाइको व्यवस्था हटाउनेलगायतका ११ वटा विषयमा पार्टीहरुवीच सहमति गर्ने, क्याबिनेटले त्यसलाई अगाडि सार्ने र राष्ट्रपतिले बाधा अड्काऊ फुकाएर त्यसलाई एउटै प्याकेजमा संविधान संशोधन गर्ने सहमति भएको हो । चौथो, स्थानीय निकायको चुनाव पनि सँगै गरे हुन्छ भन्ने हाम्रो त्यसमा जोड थियो । त्यसैगरी विगतमा संवैधानिक समिति र विवाद समाधान उपसमितिमा पार्टीहरुका वीचमा जुनजुन सहमति भैसकेको छ, त्यसलाई पोको पार्ने, व्यवस्थित गर्ने र त्यसमा प्रतिवद्धता व्यक्त गर्ने सहमति भएको थियो । सहमति नभएका दुईवटा कुरा छन् । एउटा संघीयतामा नाम र संख्याको कुरा अनि अर्को शासकीय स्वरुपबारे कांग्रेसको आफ्नो केही रिजर्भेसन छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्रीको अधिकारका बारेमा पनि अलिकति टुंगो हुन बाँकी छ । यी टुंगो नभएका कुरालाई पछि टुंगो लगाउने गरी अहिलेको हकमा जति सहमति भएको छ, त्यसमाथि प्रतिवद्धता व्यक्त गर्ने भन्ने हामीवीच सहमति भएकै हो ।
तर, आफ्नो पार्टीको बैठकमा त प्रचण्डले भनिसक्नुभएको छ कि त्यो प्रस्ताव त सिटौलाजी र तपाईले राख्नुभएको मात्रै हो, उहाँका तर्फबाट ‘फाइनल’ भएको होइन ……..
–प्रचण्डजीकै प्रस्ताव हो त्यो । मेरो पनि हो, मैले पनि सातबुँदे राखेको थिएँ । मैले भनेको थिएँ, संविधानमा सहमति भैसकेका कुरालाई पहिले पोको पारौं, त्यसपछि चुनावमा जाऔं भन्ने मेरो प्रस्ताव थियो । यसमा म अहिले पनि अडिग छु । प्रचण्डजीले पनि यसलाई मान्नुभएको हो र मैले त्यसलाई व्यवस्थित गरेरमात्र प्रस्तावको रुप दिएको हुँ ।
के प्रचण्डले यसमा हामी दस्तखतै गछौं भन्नुभएको थियो र ?
–यसका निम्ति लिखितरुपमा तयार गर्न कृष्ण सिटौलाजीलाई जिम्मा दिइएको हो । तर, दोस्रोपटक बसेका बेलामा त बाबुरामजीले मान्दिँन भन्नुभएछ कि के भन्नुभएछ, त्यसपछि स्थिति उल्टियो ।
सहमति पनि त प्रधानमन्त्री काठमाडौंमै नभएका बेलामा गरिएको रहेछ ?
–पहिलो कुरो, बाबुरामजीमा सत्तालिप्सा देखियो । वहाँले सत्ताको व्यापक दुरुपयोग गरिराख्नुभएको छ । आर्थिक मामिलामा निर्णय गरेको गर्यै हुनुहुन्छ, नयाँ नियुक्तिहरु गरेको गर्यै हुनुहुन्छ । सत्ताको दुरुपयोग दुईकिसिमले हुन्छ, एउटा पैसामा हुने भ्रष्टाचार र अर्को आफ्ना मान्छेहरुको अयोग्य र नालायक भए पनि तिनीहरुलाई भर्ती गर्ने । देश डुब्ने कारण पनि यही हो ।
प्रधानमन्त्रीलाई बाहिर राखेर सहमति गर्न खोज्दा त्यसो भएको हो कि ? उहाँलाई विश्वासमा लिनुपर्दैन ?
–यो त उहाँहरुको पार्टीको कुरा हो, हाम्रो कुरा होइन । मैले प्रचण्डजीलाई पार्टीमा निर्णय गरेर आउनोस् पनि भनेको हुँ । बाबुरामजीलाई पनि यही भनें । हामी व्यक्ति-व्यक्तिको पछि जान सक्दैनौं । पार्टीको निर्णय चाहियो नि । एउटाले एउटा कुरो भन्ने, अर्काले अर्कै कुरो भन्ने अनि हामीचाँहि रनभुल्लमा पर्ने ?
यो स्थितिमा बाबुरामजीलाई कसरी बिदा गर्ने त ? उहाँको डिग्नीटी (आत्मसम्मान) को पनि त कुरो होला ….
–केको डिग्निटी ? छोड्छु भन्ने, अनि डिग्निटी खोज्ने ? डिग्निटी खोज्ने उहाँले हामीलाई मान्नुभो ? हाम्रो डिग्निटी राख्नुभो ? डिग्निटी खोज्ने मान्छेले अर्काको पनि डिग्निटी राख्नुपर्छ । जसले अरुलाई अपमानित गर्छ, उ पनि अपमानित हुनुपर्छ, उसलाई डिग्निटीबारे बोल्ने अधिकार छैन ।
प्रधानमन्त्रीको ‘ग्रेसफूल एक्जिट’ (सम्मानजनक बर्हिगमन) आवश्यक छैन ?
–केको ‘ग्रेसफूल’ ? हट्नु भनेको ग्रेसफूलै हो । बाहिर निस्कँदा फूलमाला लगाइदिनुपर्छ भने लगाइदिउँला । छाडेर आउनुभयो भने पहिलो भेटमा हात मिलाइदिउँला, माला लगाइदिउँला । खादा ओढाइदिउँला । राम्रो गर्नुभो भनेर भाषण गरिदिउँला ।
तपाईले पनि त राजीनामा दिएपछि ७ महिनासम्म प्रधानमन्त्री चलाउनुपरेको थियो, बाबुरामको र तपाईको उस्तै नियति होइन र ?
–मेरो र उहाँको परिस्थिति फरक छ ।
अहिले बाबुरामले नै सबथोक बिगारिरहेका रहेछन् तर प्रचण्डचाँहि बनाउनेतिर लागिरहेका छन् भन्ने निश्कर्ष हो ?
–प्रचण्डजी सहमति बनाउन खोज्दैछु भन्नुहुन्छ । उहाँ पार्टीमा शक्तिशाली हुनुहुन्छ भन्ने पनि सुन्छु । शक्तिशाली हुनुहुन्छ भने किन लत्रिइरहनुभएको छ ? किन निरीह हुनुहुन्छ ? यसले उहाँहरुवीच कतै नाटक त भैरहेको छैन भन्ने आशंका खडा गर्छ । माओवादीभित्रकै केही मान्छेको भनाइ के छ भने प्रचण्ड र बाबुरामजीवीचमा त्यस्तो केही पनि छैन, यो सबै प्रचण्डको प्रधानमन्त्री बन्ने खेलमात्र हो । प्रचण्डले कसैलाई प्रधानमन्त्री बन्न दिनुहुन्न पनि भन्छन् ।
माओवादीले भन्छन् कि तपाईहरु आफैं यसो भन्नुहुन्छ ?
–माओवादीभित्रका मान्छेले भन्छन् ।
तपाईको विश्लेषण चाँहि के छ ?
–नेताहरुले यति छिटो विश्लेषण र निश्कर्ष पेश गर्नु हुँदैन । मनमा रहेका कुराहरु आफ्नै मनमा राख्नुपर्छ ।
तपाईहरुले सहमति गर्नुभो, ड्राफ्ट पनि गर्नुभो, तर वीचैमा बिगि्रयो । बाबुरामका कारणले बिगि्रएको हो कि प्रचण्डका कारणले ?
–यो त बाबुरामका कारणले बिग्रिएको हो । बाबुरामजीको अहंकार र सत्तामोहका कारणले बिगि्रएको हो ।
तर, पत्रकारसँगको भेटमा त प्रधानमन्त्री तत्कालै बालुवाटार छाड्न इच्छा छ भन्नुहुन्छ त, कसरी सत्तालिप्सा भन्ने ?
–यो सब नाटक हो । उहाँको मुस्ताङ म्याक्स अनि दलितको बस्तीमा ५० लाख खर्च गर्ने घोषणा सबै नाटक हुन् । नातावादमा लाग्दिँन भन्ने, फेरि नातावादको डिफेन्ड गर्ने । पास भएकोलाई हटाइदिएको छ, फेल भएको छ, उसलाई राखेको छ । यो सब नाटक हो ।
बाबुरामलाई चाहिं अझै दबाव नपुगेको, प्रचण्डचाहिँ सहमतिमा आइसक्नुभएको रहेछ हैन ?
–पुगेको छैन । मेरो मनभित्र एकदम गढेको कुरो के हो भने चुनावमा जान माओवादी पार्टी तयारै छैन । प्रचण्डजी पनि तयार हुनुहुन्न जस्तो लाग्छ मलाई । तयार भएको मान्छेले एसर्ट गर्दैन ? म पनि पार्टीको प्रमुख भएर १५ वर्ष पार्टी हाँकेको छु । चाहना हुँदा मैले एसर्ट गरेको छु, चाहनै नहुँदा छाडिदिने गरेको छु । ज्ञानेन्द्रलाई फाल्ने संकल्प गरिसकेपछि मैले नमान्नेलाई पार्टीबाट हटाइदिन्छु भनें । लिडरसिपको कुरा गर्ने अनि लिडरसिपको खुबी देखाउन नसक्ने, यस्तो पनि हुन्छ ? पार्टी हाँक्ने मान्छेमा यो खुबी हुनुपर्छ ।
सहमतिको वातावरण भड्किएपछि प्रचण्डसँग फेरि सम्वाद भएको छ कि छैन ?
–भएको छैन । उहाँले पनि गर्नुभएको छैन, मैले पनि गरेको छैन । एउटाले वस्ता गरेन भने मेरो पनि वास्ता नगर्ने बानी छ । बिना निम्तोको पाहुना बन्ने मान्यतामा म छैन ।
अब सहमति भएन भनेपछि राष्ट्रपतिले के गर्नुपर्ला ? यहीँ अडिने कि अगाडि बढ्ने ?
–यो त राष्ट्रपतिको प्रतिष्ठाको विषय भैसक्यो । यसलाई अब धेरै लामो समयसम्म तन्काएर लानु हुँदैन । यदि बाबुरामजी मान्नुहुन्न भने राष्ट्रपतिले पार्टीहरुसँग परामर्श गरेर कदम चाल्नुपर्छ ।
कस्तो कदम ?
–नयाँ सरकार बनाउने बाटोमा जानु पर्यो नि । एउटा प्रधानमन्त्रीले हट्दिँन भन्दैमा ऊ बसिरहन पाउँछ ?
बाबुराम भट्टराई गोली खान तयार हुनुभयो भने नि ?
–गोली खानोस् । औषधीको गोली खाएर घरैमा बस्नोस् ।
राष्ट्रपतिबाट अर्को सरकार कसरी बन्छ ? मन्त्रिपरिषद्बाट नगई बाहिर पार्टीहरु बसेर राष्ट्रपतिले लालमोहर लगाउने ?
–राजनीतिक सहमति नै मुख्य कुरो हो । माओवादी पार्टी तयार छ भने कुनै समस्या हुँदैन । मधेसवादी दलहरु तयारै छन् । उपेन्द्र यादव शरतसिंह भण्डारी तयार हुनुहुन्छ । एउटा सेक्सनले मान्दैन भने मान्दैन ।
राष्ट्रपतिको नयाँ कदम भनेको राष्ट्रपतिले बाबुरामलाई हटाउने ?
–सकिन्छ भने सल्लाह गरेर तय गर्ने ।
आन्दोलन गर्ने कुरा कहाँ पुग्यो ?
–आन्दोलनमा त अब जानै पर्यो नि । आन्दोलनमा जानै पर्ने थियो । अहिले पनि जानैपर्छ ।
विपक्षीले आन्दोलन स्थगित गरेर गल्ती गरेछन् हैन ?
–मलाई त्यस्तै लाग्छ । आन्दोलन गर्नुपर्थ्यो, जनपरिचालन भैरहन्थ्यो । सभाहरु हुने थिए । नाराजुलुस घन्किने थिए । समाचारहरु बन्ने थिए । देशमा एउटा बेग्लै माहौल बन्ने थियो । के बिगि्रन्थ्यो आन्दोलनले ?
कांग्रेस सभापतिको भेलाले पनि आन्दोलनमा जाने भनेको छ तर, कहिलेबाट हुन्छ त आन्दोलन ?
–त्यही त । माओवादी पार्टीले देशै समाप्त पार्न लागिसके भन्ने मलाई परिरहेको छ ।
यो अलि बढी नै शंका भएन र ?
–केको होस् । सबै लक्षण यस्तै देखिन्छ । देशको भाग्यको साँचो अरुको हातमा छ भन्ने मान्छे प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । आफू चाबी विदेशीलाई सुम्पेर आउने अनि चाबी विदेशीका हातमा छ भन्ने । नेपालीहरुले निर्णय गरिसकेपछि हेरौं त कसले बाधा गर्दोरहेछ । पहिले सरकार बनाएर त हेर्नाेस् न कसले समर्थन गर्दोरहेनछ ।
सरकारलाई भारतपरस्त देख्ने त नेपालमा रोगै छ हैन र ? तपाईको सरकारलाई पनि त कठपुतली भनेकै हो ।
–यो त घटनाक्रममा आधारमा विश्लेषण गर्ने कुरो हो । विदेशीले साथ दियो दिएन भन्ने कुरा छाडौं, पहिले हामी आफ्नो काम गरौं ।
राष्ट्रपतिलाई कहिलेसम्म हेरेर बस्नुहुन्छ र त्यसपछि आन्दोलनमा कहिलेबाट जानुहुन्छ ?
–अब आन्दोलन । आन्दोलन । अब आन्दोलन गर्ने अनि जेजे कदम चाल्नुपर्छ सँगसँगै चाल्दै जाने । साइड बाइ साइड ।
आफू राजनीति गर्न नसक्ने अनि राष्ट्रपतिलाई राजनीतिमा तान्ने ?
–त्यसैले त मैले भनें, अब साइड बाइ साइड । काम त सबै गर्नैपर्यो । तर, मूल भनेको जनताको परिचालन नै हो । जनताको शक्ति नै हो । अब यसपटकको बैठकले आन्दोलनको निर्णय गर्छ ।
चुनावमा जाने त भन्नुहुन्छ, एमाले पनि फुटेको छ, ठूला भनिएका सबै दलहरुको स्थिति चुनावमा राम्रो हुँदैन भन्छन् नि मानिसहरु ?
–एमाले कसले फुट्यो भन्छ ? दुईचारजना मान्छे जाँदैमा पार्टी फुटेको हुँदैन । जनताले जे फैसला गर्छन् गरुन् न त । धेरैवटा पार्टीलाई जितायो भने भ्रष्टाचार बढ्छ, देश बर्बाद हुन्छ भन्ने हो भने जनताले कुनै एउटा पार्टीलाई बलियो बनाउँछन् ।
तपाईहरुले अघि सारेका उमेद्वार सुशील कोइरालाले चुनाव गराउन सक्नुहोला त ?
–सक्नुभएन भने हटाउने भन्ने सहमति छ । पहिले गिरिजाबाबुका पालामा पनि यस्तै सहमति भएको थियो । जेठमा चुनाव गराउन नसक्दा मैले गिरिजाबाबुलाई हट्नुस भनेकै हुँ, प्रचण्डले जोगाए । पछि मंसिरमा माओवादीले हटाउँ भनेका थिए मैले दिइँन ।
अहिले एमालेभित्र माओवादी परस्त सोचाइ छ कि छैन ? पहिले त झलनाथ खनाललाई नै यस्तो आरोप लाग्ने गर्थ्यो ?
–माओवादीलाई बुझ्ने विषयमा हाम्रो पार्टीभित्र बुझाइमा एकरुपता अहिले देखिएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिका लागि कांग्रेस, एमाले पनि यही सरकारमा आउनुपर्यो भनिरहनुभएको छ नि ?
–के यो माग पहिलोचोटि आएको हो ? पहिले पनि यस्तो माग आएको थियो । बाबुराम र प्रचण्डको इच्छा पूरा गर्नका लागिमात्रै त्यतिखेर हामीले ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीका रुपमा पठायौं र कांग्रेसले कृष्ण सिटौलाजीलाई पठाएको हो । यो नितान्त माओवादीको अहम्लाई तुष्टि गर्नका लागि गरिएको निर्णय थियो । हाम्रो मातहतमा आइदिनोस्, पछि तपाईहरुको मातहतमा हामीलाई आउन सजिलो हुन्छ भन्ने चाहना व्यक्त गरेको हुनाले उहाँको निजी इच्छालाई पूरा गर्नका लागि मात्रै हामी गएका हौं । तर, त्यहाँ जाँदाखेरिको हाम्रो तीतो अनुभव के छ भने त्यहाँ हाम्रो कुनै मर्यादा भएन । सहकर्मी दलप्रति कुनै मर्यादा राखिएन ।
यसो भन्ने आधार के छ ?
–उदाहरणका लागि जेठ १४ गते बाबुरामले बोलाएर म आफैं गएको थिएँ, इमर्जेन्सी लगाएर भए पनि संविधानसभालाई अगाडि बढाऔं भनेर बाबुरामजीले प्रस्ताव राख्नुभयो । शेरबहादुरजीले यो कुरा पहिलेदेखि नै भनिरहनुभएको थियो, हामी मानिरहेका थिएनौं । पछि हामीले मान्यौं । त्यसपछि मैले कांग्रेससँग कुरा गरें । बाबुरामजीसँग कुरा गर्नोस् भनेर मलाई कृष्ण सिटौलाजीले भन्नुभएको थियो । बाबुरामजीले कांग्रेससँग कुरा गर्नोस् भन्नुभयो । म सभामुखको च्याम्बरमा थिएँ, मैले फोनबाट कुरा गरें । उहाँ प्रधानमन्त्रीको च्याम्बरमा हुनुहन्थ्यो । उहाँले ल कांग्रेस नेताहरुलाई पनि सहमत गराएर ल्याउनोस्, हामी इमर्जेन्सी लगाएर संविधानसभाको म्याद बढाउँछौं भनेपछि मैले प्रस्ताव राखें, रामचन्द्र पौडेलजीले मान्नुभयो । सिटौलाजी, रामशरण महत र झलनाथ खनाल पनि मान्नुभयो र वहाँहरुसहित हामी प्रधानमन्त्री कार्यालयमा पुर्यौं । मैले नै वहाँहरुलाई जाऔं भनेर लिएर गएको थिएँ । जाँदाखेरि त्यहाँ बाबुरामजी हुनुहन्थेन । प्रचण्डजीमात्रै बस्नुभएको थियो, वहाँले सोझै प्रश्न सोध्नुभयो- तपाईहरु किन आउनुभएको ? यो प्रश्न सुन्नेबित्तिकै बाँकी नेताहरु अपमानित भएर तुरुन्तै फर्किइहाल्नुभयो । मैले त्यो ठाउँमा बस्नुभएकी हिसिला यमीलाई भनें- ‘बोलाउनोस् बाबुरामजीलाई । मलाई बोलाएर उहाँ बेपत्ता हुने ?’ उहाँले क्याबिनेट बैठकमा हुनुहन्छ भन्नुभयो । मैले भने बैठकमा भए पनि उहाँ आउनुपर्यो । तर, त्यहाँबाट हिँड्नुभएको हिसिलाजी बेपत्ता हुनुभयो । त्यसपछि बाबुरामजीको पीएलाई भनें, पीए पनि त्यहाँबाट गएपछि बेपत्ता भए । प्रचण्डजीले सोध्नुभो, तपाई यहाँ आउने कामै छैन, किन आउनुभएको ? उहाँ ढुक्क भएर खुट्टा हल्लाएर बसिरहनुभएको थियो । हामी यसरी अपमानित भएर फर्किएका हौं, यसमा अहिलेसम्म उहाँहरुले खुलेआमरुपमा कुनै आत्मालोचना गर्नुभएको छैन । यस विषयमा उहाँहरुले सार्वजनिकरुपमा माफी माग्नुपर्छ ।
दोस्रो कुरा संयुक्त सरकारको संस्कारको पालना गर्नुपर्दथ्यो । हाम्रोजस्तो पार्टी सरकारबाट हट्न लागिरहेको छ भने वहाँले नहट्नोस् भनेर आग्रह गर्नुपथ्र्यो । ईश्वर पोखरेललाई वहाँहरुले रोक्न सक्नुपर्थ्यो । प्रधानमन्त्रीले बैठक एकछिन स्थगित गर्न सक्नुहुन्थ्यो, मलाई फोन गर्न सक्नुहुन्थ्यो । हाम्रो पार्टी अध्यक्षलाई फोन गर्न सक्नुहुन्थ्यो । तर, प्रधानमनत्रीले हाम्रो कुनै आवश्यकता महसुस गर्न सक्नुभएन । समय थिएन भनेर गफ हाँकेर हुन्छ ? हामी पनि २१ महिना देशको प्रधानमन्त्री भएर बसेका छौं, क्याबिनेट कसरी चलाउनुपर्छ र क्याबिनेट कसरी रोकिन्छ, कसरी फकाइन्छ, हामीलाई सबै थाहा छ । क्याबिनेट चलेका बेला रोक्न सकिँदैन भनेर वहाँले मलाई बताइरहनुपर्छ ? नजानेको मान्छेलाई पो दशवटा गफ हान्न सकिन्छ । मुलुक चलाएर आएको मान्छेलाई त यस्तो कुरा सबै थाहा हुन्छ । तर, भट्टराईजीमा एमालेको कुनै काम छैन भन्ने दम्भ पलायो । अनि अहिले फेरि आफ्नो मातहतमा आउनोस् भनेर हुन्छ ? भर्खरै औंलो पोलेको छ, अनि भर्खरै भुङ्रोमा हात हाल्ने स्थिति बन्छ ? बन्दैन । तर, पहिलो कुरा वहाँ केयरटेकर भैसक्नुभो । त्यसैले पहिले त प्रधानमन्त्रीको पुनर्बहाली हुनुपर्यो । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने अनि हामीले पुरानो प्रधानमन्त्रीको मातहतमा जान मिल्छ ? यस्तो मूर्खतापूर्ण नाटक गरेर वहाँले यही सरकालाई टिकाउन र लम्ब्याउन खोजेको हो, चुनाव नहोस् भन्ने वातावरण बनाउन खोजेको हो, पुस महिना टार्न खोजेको हो, माघको महाधिवेशनका निम्ति तयारी गर्न खोजेको हो र चुनावबाट भाग्न खोजेको हो ।
एकपटक कुरो मिलेन भन्दैमा तपाई यसरी निश्क्रिय य बस्नुभन्दा अलि सक्रिय भैदिए कुरो मिल्थ्यो कि ?
–गर्ने के त ? त्यतिकै सुम्सुम्याएर पनि काम नलाग्दोरहेछ । फकाउनका लागि केटाकेटी पनि होइनन् । कत्ति सम्झाइसकें मैले । बाबुरामजीलाई मैले यहीं सम्झाएको छु, किन बस्नुहुन्छ ? छाड्नोस् न । मैले प्रधानमन्त्री छाडें, पार्टी महासचिव छाडें । छाड्ने मान्छेले के गरौं भनेर बाटा बाटामा सोध्दै हिँड्दैन । मैले कसैलाई सोधिँन । मलाई थाहा छ, सामुन्नेमा कसैले पनि छोडोस् भन्नै सक्दैनन् । देश डुबिरहेको छ, बर्बाद भैरहेको छ, आफूले परसम्मको कुरा हेर्नुपर्छ । बाबुरामजीको सत्ता लिप्सा देख्दा देशलाई जानीजानी बर्बाद पार्न खोजेको हो कि जस्तो लाग्छ है मलाई त । यो नेपाल राष्ट्रलाई तहस-नहस गर्नका लागि कतै एमाओवादी पार्टी त लागेको छैन ? मेरो मनमा कहिलेकाहीँ यस्तो पनि भावना आउँछ ।
ल गतिलो झापड़ हानेछन डाक्टर साब लाइ / तर टेर पुच्चर लाउने हैन यी भ्रम को खेती गर्ने ले /
चर्को मतभेद । तपाईलाई के लाग्छ?
55
39
[जवाफ फर्काउनुहोस्]
om nama sibaye Reply: December 27th, 2012 at 4:48 pm
maobadi party le garda nai aaja timi yaha 6au. natra uhile nai atmahatya garnu parne thiyau…. bado mahasachib ra pradhanmantri 6odeko dhaak lagau6 ….. ghokre thyak lagako kura janata lai thaha 6ain ra ??? bado furti lau6au….yasta bakamfuse kura ma nalagau ho hari om ji….
चर्को मतभेद । तपाईलाई के लाग्छ?
35
23
[जवाफ फर्काउनुहोस्]
shreeram Reply: December 28th, 2012 at 8:08 am
वर्तमान परिप्रेक्छ्येमा पुरे सरिर पनि-पानि भएको छ, नत श्रीमतीले पानि हालिन नत पसिना आयो, तपाइको सरकार मेरो सरकार मेरो सरकार तपाइको सरकार बनाउन र बाबुराम सरकार ढलाउनको निम्ति रामबरण लाइ दिल्ली पठाएका छौ,,, हा हा हा हा हा हा हो हो हो हा हा हा माकुने.
Well-loved. Like or Dislike:
26
4
[जवाफ फर्काउनुहोस्]
बाबुरामलाई सम्मान होइन घोक्रेठ्याक लगाएर निकाल्न परो,,,,comrade…
चर्को मतभेद । तपाईलाई के लाग्छ?
65
93
[जवाफ फर्काउनुहोस्]
amit Reply: December 27th, 2012 at 3:29 pm
k ko ghokrethak ni Mr. narayan timi jasta le ho des lai bagarne vaneko. k timi lai thaha 6 baburam jasto khubi vayako neta aru kohi 6an…? khali pm ko chair matra chahiyo vanne neta man par6 ki des lai kahi garau vanne neta lai support garnu hun6 1 patak b4 garnu ta..
चर्को मतभेद । तपाईलाई के लाग्छ?
40
29
[जवाफ फर्काउनुहोस्]
narayan Reply: December 28th, 2012 at 8:24 am
Amit……jau timi. baburamako pauma lampasara par…
Like or Dislike:
15
30
[जवाफ फर्काउनुहोस्]
SAMIR DC Reply: January 15th, 2013 at 12:38 pm
yes aakash ko tara jhari go ni baburam le kahile mare pachhi gar6?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
rituraj Reply: January 22nd, 2013 at 6:46 am
yo baburam ko pakshama okalat garne aajhai chhan haim yo des ma.ma makune ko supporter hoina tara baburam jasto je pani garna dus shas garne manche sattama rahanu muluk ko lagi ghatak cha.amale ko bamdev congress ko deuba ra yini ayoutai rahechan.ajha baburam ta maha……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
babram le nepali bhujdaina k yaslai ta hindi ma bhannu parcha ani matra janda6 …
Like or Dislike:
22
21
[जवाफ फर्काउनुहोस्]
rituraj Reply: January 22nd, 2013 at 6:41 am
sharai satik comment.thanks ganesh ji
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जुन दिन बाबुराम प्रधानमन्त्रि भा थिए त्यो समय कुनै दिन रास्त्रियता देशको स्वाधीनता र भ्रस्टाचार को बिसयमा सरकार भित्रै र आफ्नो पार्टी मा बिमति आए कुर्सि को मोह नगरी निर्णय गर्ने छन् भन्ने लाग्या थियो तर
आजभोली यो चाल हेर्दा देशको स्वार्थ नभएर आफ्नो स्वार्थ मा मरिहत्ते गर्ने यिनिलाई कुनै सम्मान को खाचो छैन ………
puspa rijal now in Norway
चर्को मतभेद । तपाईलाई के लाग्छ?
49
52
[जवाफ फर्काउनुहोस्]
सत्ताको दुरुपयोग दुईकिसिमले हुन्छ, एउटा पैसामा हुने भ्रष्टाचार र अर्काे आफ्ना मान्छेहरुको अयोग्य र नालायक भए पनि तिनीहरुलाई भर्ती गर्ने । देश डुब्ने कारण पनि यही हो । माकुने जी पनि राज्यकोषको लूटपाटमा कीर्तिमानी उत्पात मच्चाएरै डुंगडुंगती गन्हाएर निस्कनु भाको हो भन्ने कसलाई थाहा छैन र ?? गभर्नर बनाउँदाको आर्थिक चलखेल अनि आफ्नो नालायक भाइलाई हंगकंगको महावाणिज्यदूत बनाउदा को चलखेल कसैले बिर्संदैन | यी त तुच्छ दृष्टान्त मात्रै हुन् | काला पत्थरको काला कर्तूत अनि कोपनहेगनको लूटको धन पनि ताजै छन् | ज्ञानेन्द्र ले प्रेरणाको विहेमा राज्यकोष लुटे झै तपैंले पनि आफ्नी छोरी को विहेमा लुटे को धेरै भाको छैन माकुने जी !यस्ता त कति कति | अझ दीपक बोहोरासंगको सांठगांठको कुरा गर्ने हो भने त तपाइँ सूर्य बहादुर थापा भन्दा निकृष्ट दरिनु हुन्छ |त्यसैले तपाइँ आफू ठीक हुनुस् अनि मात्र बाबुरामलाई बेठिक भन्नुस|मेरो मतलब बाबुराम पनि ठीक हुन भन्ने होइन ! बाबुराम बेठिक हुन् भने तपाईं सय गुना बेठिक !!!!
Well-loved. Like or Dislike:
112
39
[जवाफ फर्काउनुहोस्]
rajan Reply: December 27th, 2012 at 8:54 pm
ye jesika u basterd still baburam lai samrthan garchhesh
चर्को मतभेद । तपाईलाई के लाग्छ?
13
38
[जवाफ फर्काउनुहोस्]
Dambar Reply: December 28th, 2012 at 8:20 am
rajan jasta sabhya sabda lekhna pani najanne haru chhan baburam ka birodhi haru. tyahi bhaera bakamphuse birodh le kehi hudaina
Well-loved. Like or Dislike:
25
3
[जवाफ फर्काउनुहोस्]
SAMIR DC Reply: January 15th, 2013 at 12:42 pm
hun6 timiharu ko mahan jana yudda ajha 20 years bho bhane desh europiasn mapdandama pug 6 .
Like or Dislike:
0
0
rituraj Reply: January 22nd, 2013 at 6:59 am
यो अलि घटिया कमेंट भयो / बाबुराम ले गरेको औटा राम्रो काम छ र ? अझ हिसिला को के कुरा ???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo makune le k vanna khojeko ho laaj navayako besaram,,, ramro kaam jati sab aafule gareko vando rahe6 arule gareko sab kam thik 6aina vanna laj lagdo rahena 6 yo sala makune lai.
Like or Dislike:
19
9
[जवाफ फर्काउनुहोस्]
kasto ketaketi jasto yo baburam des barbad huda pani uslai desh ko vanda kursi ko maya chha sala chor sambidhanik nikay rikta chhan teta chinta chhaina?? kursiko lagi marimetne neta le desh banaudainan baburam itihaskai nalayak pardhan mantri ho mero bichhar ma jethi sasulai khane paniko adakshaya ma niukti garera natabad ko prasta sandes diyko chha. rajniti sankat chulidai janu sambedhanik sankat chulidai janu riktata chhaunu le pani baburam desh parti ra janta parti utardai ra jimewar chhaina vanne prasta parchh. nepal jogaune aba eutai bikalpa senale sasan hatma linu parchha>
Like or Dislike:
4
17
[जवाफ फर्काउनुहोस्]
Madhav जीलाई देशको माया हुनु र स्याललाई कुखुराको भालेको माया हुनु एउटै कुरा हुन् !!
Well-loved. Like or Dislike:
41
18
[जवाफ फर्काउनुहोस्]
सुसील कोइरालालाई त साइड बाइ साइड थाङ्ग्नामा सुताइ छाडे। अब प्रधानमन्त्री मधब नेपाल हुनुपर्छ साइड बाइ साइड। कुर्सिमा बस्न कुनै भिजन वा एजेन्डा चाहिन्न।
Like or Dislike:
24
9
[जवाफ फर्काउनुहोस्]
Baburamji bhanda ahile desh chalaune koi chaina.. shushil koirala afnai swatha thik chaina desh ko k garnu hola ra..baburam aki sarkar ma sahamati garera yehi sarkar le chunav garaunu parcha.. ya ta baburam le garchan natra bhane kasaiko aas chaina malai
Like or Dislike:
20
10
[जवाफ फर्काउनुहोस्]
I agreed with Jesika…Everybody should watch their own face first on mirror before he/she tells about others’ face
Like or Dislike:
13
6
[जवाफ फर्काउनुहोस्]
अब त हैरानै भयो जसले जसको सरकार स्विकारे पनि हुन्छ|हैन भने तपाईहरु कहिलेसम्म यसरि लुछातानी गरिरहने हो?य बुद्दि भुतियका नेताहरु तिमाीहरुलाई अलिकति पनि सरम छैन?
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
your right comred……..
Like or Dislike:
9
11
[जवाफ फर्काउनुहोस्]
मान्छे को ठीक को बेठीक भन्ने कुरा दांजेर मात्र हुन्छ , बाबुराम मान्छे तुलनात्मक रुपमा सबै भन्दा राम्रा छन यस्मा कही doubt नगरे हुन्छ .
Well-loved. Like or Dislike:
36
12
[जवाफ फर्काउनुहोस्]
madhav jee tapaini mahakali sandhi ko rastra ghati ani mantri ko lagi dam chadhayara dhogne gareko ta birsana bhayana haruwa neta jee
Like or Dislike:
19
5
[जवाफ फर्काउनुहोस्]
madhav chor baburam lae gali garxa baburam jasto kaam garna ta talai aba 5o barsa lakg bauram nai desh chalaunu parxa
Like or Dislike:
23
7
[जवाफ फर्काउनुहोस्]
makune chor aafno aangko vaisi nadekhne aruko aangko jumro dekhne..? arulai naramro dekhna ta pahila aafu ramro hunu paro ne..? panimathiko ovano ban6s
Like or Dislike:
17
5
[जवाफ फर्काउनुहोस्]
22 MAHINAKO AAFNO KRIYAKALAP YINAMA HERAUN DIRGHAKALIN YOJANA SAFALHOLAKI FERI JANAMAT BABURAMLAI JANCHHAKI BHANNE BICHARCHHADI BABURAMHATAUNA JANAMAT LINUBES HOLA…
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
सवाल बाबुराम को ठाउ मा अर्को राम लै ल्याउने हैन | बाबुराम हटाएर अर्को मान्छे ल्यौदैमा देश ले निकाश पाउने हैन | सबैभन्दा पहिले अजेण्डामा सहमति हुनुपर्यो, संबिधान कसरि जारी गर्ने- संसदीय चुनाब गर्ने कि संबिधान सभा को ..संघियता को बहसले कुन दिशा ले लिने ? देश को आर्थिक सामाजिक रुपान्तरण को लागि कस्तो योजना बनाउने..त्यसमा सहमति गर्ने अनि त्यो कार्यन्वयन गर्न सक्ने सक्ष्यम व्यक्ति को नेतृत्वमा चुस्त मंत्रिपरिसाद बनाएर अगाडी बढ्ने..सवाल यो हो..हैन भने हिजो तिमि माकुने चुनाब हरेर पनि नैतिकता लाइ तिलान्जली दिदै सत्ताको सम्भोग गर्नु सम्म गर्योउ..अहिले बाबुराम हटाएर पिण्ड खाने बेलाको खोत्तर बुढोलाई राखेर पनि केहि हुने वाला छैन..तिमीहरु पालैपालो नेपाल आम लाइ बलात्कार गर्ने बाहेक केहि जानेका छैनौ..बुद्दि र भिजन छ भने निश्चित अजेण्डा मा सहमति गरेर अघि बाधा हैन भने बाबुराम राजिनामा गराउनुको कुनै अर्थ छैन ||
Well-loved. Like or Dislike:
30
3
[जवाफ फर्काउनुहोस्]
Madhav kamred, tapai,KP Oli ra bidhya kati samma thik hunu hunchha bhanne kura hami sabai Nepali janatalai thaha chha. dherai khoknu pardaina.
Like or Dislike:
22
4
[जवाफ फर्काउनुहोस्]
Nepal ko raj niti bujhnai nasakne. Kasko kura thik kasko kura bethik.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
madhav जीलाई देशको माया हुनु र स्याललाई कुखुराको भालेको माया हुनु एउटै कुरा हुन् ..हैन भने हिजो तिमि माकुने चुनाब हरेर पनि नैतिकता लाइ तिलान्जली दिदै सत्ताको सम्भोग गर्नु सम्म गर्योउ..अहिले बाबुराम हटाएर पिण्ड खाने बेलाको खोत्तर बुढोलाई राखेर पनि केहि हुने वाला छैन
Well-loved. Like or Dislike:
25
3
[जवाफ फर्काउनुहोस्]
makune le afu pradhanmantri huda k kam garnu vayo bhanda sarkar ra satta lambaune kam gare bhanera partikriya dinthyo testa le dr. baburam ji lai satta lipsa gareko vanne. dr. baburam ji le jati nepal ama lai banaune kam kasaile garna sakeko chaina nepal ko itihasa ma, sabai bhanda na daraune neta ra sahi samae ma sahi dicision garna sakne neta ho dr. baburam ji.chunab garaun sakne neta dr. baburam bhanda aru kohi chaina.mero bichar ma.
Like or Dislike:
13
1
[जवाफ फर्काउनुहोस्]
k ko ghokrethak ni Mr. narayan timi jasta le ho des lai bagarne vaneko. k timi lai thaha 6 baburam jasto khubi vayako neta aru kohi 6an…? khali pm ko chair matra chahiyo vanne neta man par6 ki des lai kahi garau vanne neta lai support garnu hun6 1 patak b4 garnu ta..
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
गलत भनिएका मानिसहरुको आलोचना उनिहरु भन्दा झन गलत मानिसबाट भयो भने सुन्न पनी लाज लाग्दो रहेछ / सांचो अर्थमा भन्ने हो भने नेपालमा गणतंत्र ल्याउन माधवको भन्दा बाबुराम को योगदान ठुलो छ / यस्को मतलब बाबुराम दूधले नुहाएको मानिस चाई पक्कै होइनन तर माधव जस्तो राजनितिकरूप ले दिशा बिहीन ब्यक्ति आजको दिन सम्म बाबुराम होइनन / बिगतमा माधव नेपाल को अदुर्दर्सिता को कारण मुलुक ले पटक पटक धोका खायको छ / कहिले रा प्र पा को पुच्छर बनेर सरकारमा जाने , कहिले राजाको दरबारमा प्रधान मंत्रीको लागि निबेदन हाल्ने, कहिले दाम राखेर राजलाई ढोग्ने, कहिले पर्तिगमन आधा सच्चियको हिसाब निकाल्ने र पर्तिगमन बिरोधी जनता को संघर्स लाई धुलिसात पार्ने जस्ता कलंकित काम आज को दिन सम्म बाबुराम बाट भए का छइनन / यदि भए भने उ पनी इतिहास मा कलंकित हुने छ / तर, आजको दिनमा हेर्ने हो भने माधव जस्तो बाबुराम भई सकेको छईन /
Well-loved. Like or Dislike:
25
1
[जवाफ फर्काउनुहोस्]
madhav nepal pm huda c.d.o. kuttne mantri lai barkhasta garna sakenan,suntali dhami balatkrit vain,vailai china ko m.b.dut banaye teha vanda k nai garun tani…….ahile aayera galliko kukur bina artha vaukna jhai vukchhan…
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
sathi haru bastab ma vanda baburam jasto right person koi xaina desh ma tessai pm banxu vanne neta yo desh ma kaame xaina…aja ko situation ma aaunu sab neta ko dosh ho kasai lai choko vanna meldaina…desh lai eauta sahe bato ma laijanu xa vane hitler jasto baburam vaye hunxa atleast jabarjasti dessko lage kei garera ta marxa ….congress and uml nai desh begarne ho..baburam lai chunab garna deu,budjet layera kate garna sakxa ane po ramro na ramro mulyankan garna sakinxa…chunab garxu vanda bill pass garna na dene budget pass garna na dene ane kei garna sakena vanne ….k gurantee xa congress lay matra chunab garna sakxa ane aaru lay sakdaina ..teso vaye aba harek chunab congress ko thekka ho…uml ta aarko chunab ma madeshi dal vanda pachadi hunxa,,,na kei aim xa na kunai ajenda,,6 jasto yeta na uta ko vanne lay sahe vanthyo uml chakka ho yo vanne manxe sahe ho
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
aja hamile babu ram jasto pm payeko chha tyo nai hami nepali haruko gaurab ko kura ho? aru neta ma pm hune gunu hunu paryo ni so je garchha baburam le garchha aru le dekhai sakyo. ahile kati kura change vayeko chha jasle chhoto samay ma kati paribartan vayeko chha nepal thaha nai hola ni. for example bato banaune kaam . ahile samma kun chai pm le aateko thiyo yasto kaam ra bhrata chari lai gel chalan. really babu ram is great person our nepal
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
अहिले बाबुराम हटाएर पिण्ड खाने बेलाको खोत्तर बुढोलाई राखेर पनि केहि हुने वाला छैन
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
huna ta aba aafu PM huda kumlyayeko siddhina laagyo kyare aba pheri suru garnu paryo ni ta ki kaso ?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Jesika n amit ji ko kurama ma pani suport gar6u hai.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
baburam nai desko nalaya pm ho
Like or Dislike:
1
6
[जवाफ फर्काउनुहोस्]
राजाको पाउमा दाम चडायर ढोग भेटी गर्दा नपायको कुर्ची तेही माओवादी र अझै प्रचन्डको आशिर्बादले पायेका थियौ अझै उनिहरुलाई नाई भुक्छस! आफू भुस्याहा र खाते भएएको थाहा छैन् फुर्ती लाई अरुलाई भुक्छ!आफुले प्रम बनेर के के न गर्या जस्तो के के न खुल्क्याको जस्तो छोरीको बिहे गर्यौ, भाइ लाई हन्कङको ब्यापारी दुत बनायौ आनि सगरमाथा नर्वे कताकता भिडलियर घुम्यौ मोज गरेउ आनि भ्याट छल्ने ब्यापारीलाई छुट दियो सहयोग गर्यौ अरु के खुल्क्यायौ? तिमीहरू जस्ता नालायक घाडो भन्दा त बाबुराम हज्जार गुणा उचित र सक्षम छन्! नालायक अरुलाई पनि गर्न नदिने न आफू नै केही गर्न सक्छ्यौ मात्र आफूले भाग नपायको मा भुक्च्यौ! तिमिलाइ प्रम बन्दा खासमा प्रचन्डले नियुक्ती दियको थियो र बन्यौ, चुनाव हारेको मान्छेलाई टिपेर ल्याइ प्रम बनाइदियो अहिले उनिहरुलाई नै ….
Like or Dislike:
13
4
[जवाफ फर्काउनुहोस्]
kurio thik ho
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
अब बिदेसको सन्दर्वमा जून नेताले संबिधान बिघटन गर्यो तेसैले पुर्नार्स्थापना गर्नु पर्छ। तर हाम्रो देशमा परधानमंत्री को हुने बारेमा होड़ बाजी भयछ यस्तो अबस्तामा कसरी देशको बिकाश हुन्छ?माकुने को भासन त अरुलाई नाखसाली कुरै निस्कन्न। उसलाई त नेता हैन कमेंटरी man भन्नु पर्छ। हाम्रो जुनै पनी नेता को आफ्नो देश पट्टी माया, कसरी देशलाई बिकाश गर्ने, कसरी देशलाई सीछित गर्ने, कसरी रोजगारीको बाटो निकाल्नी, यसको बारेमा मतलबै छैन। खाली यकले अक्रोको दोष दियछ यति मात्रै हुन्छ . हाम्रो नेताको भासन सुन्न पनी दिक्क लागेर आउछ. कहैलेकाही त positive कुरा पनी गरन हो..हो..हो…किन बबुरामलाई गर्न सकेन भनेर कुरा कात्छौ। तिमीले गरेर देखाउन? तिमिनी प्रधानमंत्री भयकै हो ………..कुरा हैन काम गर्नु पर्यो। खोई रोजगार हामीलाई? यस्ता मुला नेतालाई कुन जनताले चुने खोई मत अचम्म परेछु…
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
baburam sanga tulana garna layek ka timi haru hainau…..
gyanelai mohor rakhera dhogne makune timharu ko budhi ani kangress ka apanga haruko karan yo des barbad bhayeko ho timile jati bhane pani baburam sanga tulana garna suhaune man6e prachanda nai pani hun jasto lagdai na malai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सानै देखि देस बनाउने मा ममा थियो ठुलो धोको
हिसिला लाई दिय जिम्मा बान्न धनको बलोयो पोको
नाताबाद र भ्र्स्ताचारमा मलाई पनि रहर थियन हजुर
कार्यकर्ता र राजनीति बचौनुलाई मान्नु हुन्न ठुलो कसुर
गयकै त छुनि यक्लै आखिर गाउ पहाड र गरिबको झुपडीमा
समृद् जिबन दियर होइन लायाउनु पर्छ लेखेर खोपडीमा
मार्क्सले समाज फ्रयदाले परिवार धर्मले भाग्यलाई लायो दोस
सबैको निचोड अर्कालाई दोस दिनुथियो बल्ल पो आयो मेरो होस
साचै आस्थानिष्ठा लगनसिल भाही कम गर्ने हो भने जहाँ
स्वयम् परिवार देस समाज कहाँनिर विफल हुनपर्छ यहाँ
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo khel chahi UML amale le sikaeko ho hai.pahile prachandale rajinama dida “aafai khusile rajinama gareko ho ” bhandai ghorle syal karaejasto hasekai ho, aba ahile “phool mala lagaidiula hat milaula bhandai” bhandai rohibaschha. gatichhada haru…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Laj saram nabhaeko makune thukka
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
baluwatar ma bolaera tapai lai bolaekai chhaina bhannu kati beimani .yo ta out of deplomacy ,out of mind ,carzy ,nonsence.
ek patak pm bhaeko respective personalities lai to bidhi aapahelaha desko aapaman ho .kura systemko ho .sabai sathiharule bichara garnu hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]