१३ पुस, काठमाण्डौं । नेवार समुदायले आज योमरी पुन्हीं तथा ज्यापु दिवस मनाइरहेका छन् । यमरी पून्ही, नेपाल संवत्को तिथिअनुसार थिंलाथ्व पूणिमालाई नेवारी समुदायले महत्वका साथ लिंदै आएका छन् । मंसिर महिना भित्र थिंला पुन्हीमा धान सुकाएर भकारी, कुछीमा भरिसकिएको हुन्छ र सो भकारी तथा कुछीको धानमा कमी नआओस् भनी धनधान्यपूर्णर् भइरहोस् र खानका लागि कहिले पनि दुःख नहोस् भनी आजको दिन योमरीसमेत राखी पुजा गर्ने परम्परा छ ।
चार दिनपछि योमरीलाई त्यहाँबाट निकाली पराई घर गइसकेका चेलीबेटीलाईसमेत बोलाई खुवाउने गरिन्छ ।
नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पिठोबाट रोटी बनाई चाकु, खुवा, मास अदुवा, तील, लगायत विभिन्न मसला राखी त्रिकोण आकारको या लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ ।
आजैको दिन ज्यापू दिवस पनि मनाइंदै छ । ज्यापु समुदायहरुले आजै राजधानीमा र्यालीको आयोजना गरेका छन् ।
ramroo click
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
वाह ! क्या राम्रो!!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
very nice…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kasto ramro..
Nepal Multi-Cultural country bhako le katti ramailo..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Culture anusar sabai bhanda mitho swadilo khana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ahaa gayou balaau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]